STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कांग्रेसका जिल्ला सभापतिहरुले तोडे अनशन

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १३, आइतबार

काठमाडौं - क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडेका छन् । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए ।

सबै माग पूरा भइसकेको भन्दै जिल्ला सभापतिहरुलाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेपछि रिले अनशनमा बसेका जिल्ला सभापतिले अनशन तोडेका हुन् । शनिबार बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जिल्ला सभापतिहरूको माग सम्बोधन गर्ने निर्णय गरेको थियो ।

मंगलबारदेखि सुरु भएको पौडेल पक्षका जिल्ला सभापतिहरुको रिले अनशन अन्तर्गत शनिबार काठमाडौं, उदयपुर र संखुवासभाका जिल्ला सभापति रिले अनशनमा थिए ।

क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका लागि बनाइएको दोहोरो मापदण्ड हटाई एउटै बनाउनुपर्ने र क्रियाशील सदस्यता विवाद मापदण्ड अनुसार अन्त्य गर्नुपर्ने उनीहरुको माग छ ।

Categorized in राजनीति