-
२०८२ श्रावण ५, सोमबार
चर्चित सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले दिए ६० वटा स्कृप्ट
नेपाली चलचित्र उद्योगका प्रख्यात सिनेमाटोग्राफर, निर्माता तथा निर्देशक पुरुषोत्तम प्रधानले सोमबार चलचित्र विकास बोर्डलाई एकैपटक आफुले काम गरेका ६० वटा चलचित्रहरूका पटकथा (स्क्रिप्ट) औपचारिक रूपमा हस्तान्तरण गरेका छन्। यस अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पुरुषोत्तम प्रधानको यो योगदानलाई "नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार" भनेर सम्मान गरे। उनले भने, "...
-
२०८२ श्रावण ५, सोमबार
सन्चारकर्मि गीता अधिकारीको शब्द रचना रहेको गीत रेकर्ड
सन्चारकर्मिबाट गीतकार बन्नु भएकि गीता अधिकारीको शब्द रचना रहेको नयाँ गीत हालै रेकर्ड गरिएको छ । गीतकार अधिकारी को एक दर्जन भन्दा बढी गीत श्रोता/दर्शकमाझ आइसकेका छन् । ‘एउटा माटो, प्रकृति र किसानका गीत ल्याउने मन थियो, संगीतकार जीवनजीमार्फत यो आउन सफल हुँदैछ’, गीतकार अधिकारीले भन्नुभयो, ‘गीतमा कृषकको मिहिनेत, प्रकृतिको लय र ‘असार’को रसपान मिसिएको छ ।’माटोको सुवास, खेतबारीको हरियाली र किसानको...
-
२०८२ श्रावण ५, सोमबार
गीता, जीवन र स्मिता 'असार मास’ ल्याउँदै
माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भिजेको गीत- ‘असार मास’ सार्वजनिक हुने भएको छ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा लोकप्रिय गायिका स्मिता प्रधानको स्वर, सञ्चारकर्मी एवम् गीतकार गीता अधिकारीको शब्द र संगीत संयोजन राजु कार्कीले गरेका छन् । गीत रेकर्डपछि गायिका प्रधानले...
-
२०८२ श्रावण ५, सोमबार
साहित्यकार भुषणप्रसाद श्रेष्ठ र “सर्जक एवं सिर्जना” कार्यक्रम सम्पन्न
नेपालभाषा साहित्य जगतमा सक्रिय प्राज्ञिक संस्था नेपालभाषा एकेदेमिको आयोजनामा शनिबार कीर्तिपुर नेपालभाषा एकेदमिको हलमा सर्जक एवं सिर्जनाको चौथो श्रृंखलाको कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार एवं गजलकार भुषणप्रसाद श्रेष्ठका साथ भएको सर्जक एवं सिर्जना कार्यक्रममा नेपालभाषा साहित्यका विभिन्न विधामा ७० वटा संग्रह एवं चार गीति क्यासेट सार्वजनिक गरिसक्नुभएका बरिष्ठ गजल एवं साहित्यकार भुषणप्रसाद...
-
२०८२ श्रावण ४, आइतबार
लिम्बु भाषामा ‘ए फुंङ्..’ सार्वजनिक
अहिले संगीत संगीत क्षेत्रमा म्युजिक भिडियोको वर्चस्व बढ्दै गइरहेको छ । हरेक गीतको भिडियो सार्वजनिक भइरहेको छ । नेपाली भाषाका गीतहरु लगायत नेपालभाषा , तामाङ्ग भाषा लगायतका भाषाहरु मा पनि म्युजिक भिडियोको प्रचलन अहिले बढिरहेको छ । यसैक्रममा वरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा बनेको लिम्बु भाषाको एउटा गीत ‘ए फुंङ्..’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्टमेन च्यानलबाट सार्वजनिक भएको छ ।...
-
२०८२ श्रावण ४, आइतबार
चलचित्र विकास बोर्डले गरे आर्थिक सहयोग
नेपाल सरकार चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्र कल्याकारी कोष सञ्चालक समितिले नेपालका केही कलाकर्मिहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । समितिको मिति २०८२।०३।२७ मा गरिएको निर्णयअनुसार, चलचित्रकर्मीहरूप्रति सम्मान र सहानुभूति प्रकट गर्दै औषधि उपचार र अन्य खर्च वापत केही चलचित्रकर्मी तथा परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो । जस अनुसार विशिष्ट नृत्य गुरु भैरव बहादुर थापालाई नगद रु. १,००,...
-
२०८२ श्रावण ४, आइतबार
पुष्कर र सुनिताको मायाँमा
मेलिना राइको चर्चित गीत मैले सुनें तिम्रो खबर गीतका संगीत संयोजक चर्चित गायक तथा संगीतकार पुष्कर सुनुवारले सुनिता राईसंग गाउनु भएको नयाँ आधुनिक गीत ‘तिम्रो मायामा’ हालै सार्वजनिक भएको छ । देवेन्द्र बरालको शब्द, पुष्कर सुनुवारको संगीत र एरेञ्ज रहेको यस गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीको रहेको छ । यस गीतको भिडियोमा छायांकन मरुभूमि नारायण, सम्पादन मोहन सुनुवारको छ भने सुनिता राई र पुष्कर...
-
२०८२ श्रावण १, बिहिबार
“जाउॅंला कैलाशैमा” बोलको शिव भजनसार्वजनिक
शिव महिमागानकोलागि प्रख्यात साउन महिनाको आरम्भ संगै एउटा नयाँ शिव भजन प्रकाशमा आएको छ । “जाउॅंला कैलाशैमा” बोलको यो भजन हालैमात्र सार्वजनिक भएको हो । अहिलेका यूवा पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईको स्वर, सङ्गीत र एरेन्ज रहेको शिव भजनमा सामुहिक स्वर सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के।सी। र नितु पौडेलको रहेको छ । मनोज परियारको मिक्सिङ्ग माष्टरिङ्गमा ‘आफ्नो मन’ स्टुडीयोमा...
-
२०८२ श्रावण १, बिहिबार
कर्मचारीको महँगी भत्ता ५ हजार पुर्याउन अर्थ मन्त्रालयको निर्देशन
काठमाडौं - नयाँ आर्थिक वर्षको पहिलो दिन बिहीबारदेखि कर्मचारीको महँगी भत्ता मासिक ५ हजार पुगेको छ । अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै बजेटको व्यवस्था अनुसार कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्याउन निर्देशन दिएको हो । ‘आर्थिक वर्ष २०८२\८३ को बजेट वक्तव्यको बुँदा नं. ३४९ बमोजिम सबै राष्ट्रसेवकहरूका लागि साउन १ गते देखि लागू हुने गरी महँगी भत्ता बापत मासिक पाँच हजार रुपैयाँ...
-
२०८२ श्रावण १, बिहिबार
कामनपाको छात्रवृत्ति प्रवेश परीक्षाका लागि १६ हजार विद्यार्थी छनोट
काठमाडौं - काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षाका लागि १६ हजार १३७ विद्यार्थी छनोट भएका छन् । ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्येबाट यी विद्यार्थी छनोट भएका हुन् । पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा...
-
२०८२ श्रावण १, बिहिबार
बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १९ हजार ५५० रुपैयाँ
काठमाडौं - सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक निर्धाण गरेको हो । मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार चालु आव (१ साउन) देखि लागु हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि भएको हो । समितिले सरकारलाई सिफारिस गरेपछि न्यूनतम पारिश्रमिक बढेको हो ।...
-
२०८२ आषाढ ३०, सोमबार
गालय् वन लाई राष्ट्रिय पुरस्कार
विजय बराल र उपासना सिंह ठकुरी सर्वोत्कृष्ट ठहर नेपाल सरकार चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कर–२०८१ समारोहमा नेपालभाषाको चलचित्र " गालय् वन " सर्वोत्कृष्ट अादिवासी चलचित्र पुरस्कार जित्न सफल भएको छ । सोमवार राष्ट्रपति भवनमा सम्पन्न पुरस्कार समारोहमा गालय् वन लाई सम्माननीय राष्ट्रपति राम चन्द्र पौडेलबाट यो पुरस्कार प्रदान गरिएको हो । बोर्डका अध्यक्ष दिनेश डिसि सभापति...



