लिम्बु भाषामा ‘ए फुंङ्..’ सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण ४, आइतबार
अहिले संगीत संगीत क्षेत्रमा म्युजिक भिडियोको वर्चस्व बढ्दै गइरहेको छ । हरेक गीतको भिडियो सार्वजनिक भइरहेको छ । नेपाली भाषाका गीतहरु लगायत नेपालभाषा , तामाङ्ग भाषा लगायतका भाषाहरु मा पनि म्युजिक भिडियोको प्रचलन अहिले बढिरहेको छ । यसैक्रममा वरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा बनेको लिम्बु भाषाको एउटा गीत ‘ए फुंङ्..’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्टमेन च्यानलबाट सार्वजनिक भएको छ । यसमा विवस बेनामको शब्द, मनि ताम्लिङ्गको संगीतमा मनि ताम्लिङ्ग र दिपा सुहाङ्गको मिठो स्वर संग्रहित छ । सुमन थाम्सुहाङग र नविना सम्वाहाम्फेको मुख्य भूमिका रहेको भिडियोमा बिजेता लिम्बु, सोनिया लाबुङ्ग, निरा नेम्बाङ्ग आदिको पनि अभिनय देख्न सकिन्छ ।
अमेरिकाको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो सम्राट कार्कीले खिचेका हुन् भने सम्पादन मन्दिल श्रेष्ठ, कलरिङ्ग बिनय कंसाकारको रहेको छ ।
Categorized in साहित्य-कला

