STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ आषाढ २२, आइतबार

    पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको घुइँचो

      पर्वत, हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ । महत्त्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ,...

  • २०८२ आषाढ २२, आइतबार

    त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

    कीर्तिपुर, कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी...

  • २०८२ आषाढ २२, आइतबार

    देखेको हैदराबाद, भोगेको नेपाल

    टिकाराम सुनारकाठमाडौँ, २२ असारः भारतको दक्षिण–मध्यभागमा अवस्थित तेलङ्गना राज्य सन् २०१४ जुन २ मा जन्मिएको हो । त्यहाँका २९ मध्ये कान्छो यस प्रदेशले स्थापनाको छोटो समयमै हासिल गरेको विकास र त्यसको गति धेरैका लागि प्रेरणाको विषय बनेको छ । यसको स्थापना पाँच दशक लामो सङ्घर्षपछि भएको थियो, तर एक दशकमै त्यो सङ्घर्षको अभिष्ट पूरा गर्न देखाएको तदारुकता हाल भारतभित्रै उदाहरणीय बनेको छ । यहाँको समावेशी...

  • २०८२ आषाढ २२, आइतबार

    मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम

    वीरगञ्ज ,मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् । यस अवसरमा आज वीरगञ्ज महानगरका विभिन्न ठाउँबाट घण्टाघरचोकमा आएर मुस्लिम समुदायका युवाले लाठ्ठीका विभिन्न कला प्रदर्शन गरेका छन् । नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सा जिल्लामा विभिन्न प्रकारका कला प्रस्तुत गरेर मोहर्रम पर्व मनाइरहेको बताउनुभयो । “मुस्लिम समुदायले विगतमा मोहर्रम अर्थात् दाहा...

  • २०८२ आषाढ ११, बुधबार

    बालुवा, ढुंगा झिक्न वा बहाब क्षेत्र सफा गर्न कीर्तिपुर र ललितपुर सक्षम छ : नेकपा माओवादी केन्द्र कीर्तिपुर

    कीर्तिपुर/ललितपुर महानगरपालिका १८ वडा र कीर्तिपुर नगरपालिका ६ वडाबीच सीमानाको रुपमा रहेको ऐतिहासिक चोभार गल्छी न्हसिकापको दायाँबायाँका चट्टान ढुंगाहरु काटेर विष्फोट गराएर बागमती खोला फराकिलो गर्ने निर्णय नेपाल सरकार गृहमन्त्रालय एवं शहरी विकास मन्त्रालयले गरेको समाचार बाहिरिएको छ । सरकारको यो निर्णयलाई विरोध गर्दै नेकपा माओवादी केन्द्र कीर्तिपुर नगर समितिले एक प्रेस विज्ञप्ति सार्वजनिक गरी चोभार...

  • २०८२ आषाढ ११, बुधबार

    बिहिबार कीर्तिपुरमा लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध सचेतना कार्यक्रम

    कीर्तिपुर/जुन २६ तारिख बिहिबार लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा कीर्तिपुरमा ऐक्यबद्धता जनाउने कार्यक्रमको रुपमा सचेतना कार्यक्रम हुने भएको छ । जुन २६ तारिख असार १२ गते बिहिबार विहन ८ बजे कीर्तिपुर नगरपालिका १० वडास्थित लोकतान्त्रिक चोकमा उक्त सचेतना कार्यक्रमको आयोजना हुने जानकारी दिएको छ र सम्पूर्णमा उपस्थितिको लागि आह्वान पनि गरिएको छ ।  हरेक वर्षको जुन २६...

  • २०८२ आषाढ ११, बुधबार

    ज्योतीराज राइको ‘नाकछोङ’ अर्गानिक फष्टलुक्स

    काठमाडौँ । नेपाली फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा)को फष्टलुक्स हालै सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रचार पनि थालेको हो । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको उक्त फिल्मको फष्टलुक्समा मुख्य कलाकार भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ । पोस्टरको पृष्टभूमिमा देखिएको काठमाडौँ सहर र बिजुवा पनि समेटिएको छ । पोस्टरले गहिरो विषयवस्तु प्रस्तुत गरेको अनुमान...

  • २०८२ आषाढ १०, मंगलबार

    कोरोनाबाट नेपालमा एक महिलाको मृत्यु, पछिल्लो २४ घण्टामा ८ जना नयाँ सङ्क्रमित थपिए

    काठमाडौं - कोरोना भाइरस सङ्क्रमित इलामकी ३९ वर्षीया एक महिलाको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।  उनको भर्ना भएको दुई घण्टाभित्रै मंगलबार बिहान मृत्यु भएको नोबेल अस्पतालका सूचना अधिकारी नवीन दाहालले जानकारी दिए । ती महिलालाई बिर्ता सिटी अस्पतालमा गरिएको प्रारम्भिक एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि गम्भीर अवस्थामा नोबेल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको...

  • २०८२ आषाढ १०, मंगलबार

    ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

    काठमाडौं - ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३ को लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।    महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन्।  चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार  विनियोजन गरिएको छ।  नगरलाई समृद्धि र शुसासन सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार,...

  • २०८२ आषाढ १०, मंगलबार

    द्वन्द्वग्रत इरानबाट २ नेपालीको उद्धार

    द्वन्द्वग्रत इरानबाट २ नेपालीको उद्धार भएको छ। भारतको सहयोगमा इरानको मसदबाट उद्धार गरिएका दुई नेपाल आज भारतको राजधानी नयाँ दिल्ली पुगेको त्यहाँस्थित नेपाली दूतावासले बताएको छ।  उद्धार हुनेमा गणेश पोखरेल र सुमन गैरे रहेका छन्। उनीहरुलाई नेपाली दूतावास र भारतीय विदेशमन्त्रालयका अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए। उनीहरू आजै बुटवलका लागि प्रस्थान गरेको दूतावासले बताएको छ। इरानमा कुल १६ नेपाली...

  • २०८२ आषाढ १०, मंगलबार

    अमेरिका अध्ययनमा जाने विद्यार्थीको भिसा गर्यो अस्थायी रूपमा बन्द

    काठमाडौं - अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो । अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको अलजजिराले जनाएको छ । समाचारमा...

  • २०८२ आषाढ १०, मंगलबार

    ललितपुरमा १६ वडाका महिलाहरुलाई उद्घोषण प्रशिक्षण

    ललितपुर महानगरपालिका १६ वडाको तत्वावधानमा महिला केन्द्रित उदघोषण तालिम सम्पन्न भएको छ । वडाका अध्यक्ष निर्मलरत्न शाक्यले उदघोषण तालिममा सहभागी प्रशिक्षार्थीहरुमा आएको परिवर्तनले आफू उत्साहित भएको बताउनु भएको छ । ललितपुर महानगरपालिका १६ वडाको आयोजनामा भएको १५ दिने उद्घोषण तथा ३ दिने प्रस्तावना, प्रतिवेदन लेखन प्रशिक्षणको समापन समारोहमा उहाँले यस्तो धारणा राख्नु भएको हो ।  यस वडाका महिला सदस्य...

Pages