-
२०८२ जेठ १६, शुक्रबार
चितवनमा हुने लक्की फिल्मी अवार्डको मनोनयन सार्वजनिक
लक्की मिडिया हाउस चितवनको आयोजनामा हुँदै आइरहेको 'लक्की फिल्मी अवार्ड’ को दोस्रो संस्करण यही असार ८ गते हुने भएको छ । सो पुरस्कार समारोह मा प्रतिस्पर्धामा रहेका चलचित्र मध्ये पुरस्कार कोलागि मनोनयनमा पर्न सफल भएकाहरुको सूची सार्वजनिक गरिएको छ। २०८० साउनदेखि २०८१ असारसम्म प्रदर्शनमा आएका चलचित्र मध्येबाट जुरीहरूले उत्कृष्ट पाँचको मनोनय छनोट गरेका हुन् । ‘लक्की फिल्मी अवार्ड’ का नामबाट मिडिया...
-
२०८२ जेठ १६, शुक्रबार
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुग्याे
काठमाडौँ - सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ पुर्याएकाे छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार पुर्याउने जानकारी दिए । कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्रीको भनाइ...
-
२०८२ जेठ १६, शुक्रबार
सुन बिक्रीमा सबै ग्राहकले २ प्रतिशत तिर्नुपर्ने
काठमाडौँ - सुन पसलबाट कुनै ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क लाग्ने भएको छ ।सरकारले आर्थिक विधेयकमार्फत सुनको बिक्री गर्दा विलासिता करका लागि तोकिएको सीमा हटाउँदै सबैलाई कर लाग्ने व्यवस्था गरेको हो । यसअघि १० लाख रुपैयाँ वा सोभन्दा धेरै मूल्यको सुन बिक्री गर्दा मात्रै यस्तो शुल्क लाग्दै आएको थियो । अब जति सुन बिक्री गर्नुपर्दा पनि सो बराबरको शुल्क लाग्ने व्यवस्था गरिएको छ । ...
-
२०८२ जेठ १६, शुक्रबार
विद्युतीय भुक्तानी कारोबारको कर खारेज
काठमाडौँ - सरकारले विद्युतीय भुक्तानी कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ। बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले गत वर्षदेखि सरकारले समाशोधन गृह (क्लियरिङ हाउस) ले गरेको कारोबारमा दिँदै आएको भ्याट छुट हटाएसँगै सबै प्रकारको विद्युतीय कारोबार १३ प्रतिशत भ्याट लाग्दै आएको थियो ।...
-
२०८२ जेठ १६, शुक्रबार
वृद्ध भत्ताको उमेर ७० वर्ष ,दुर्गम र लक्षित वर्ग जेष्ठ नागरिकको हकमा ६८ वर्ष कायमै
काठमाडौं - सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन् । यसअघि यस्तो भत्ता ६८ वर्ष उमेर पुगेकाहरूले पाउँदै आएका थिए । सरकारले आर्थिक वर्ष २०५१/५२ देखि वृद्ध भत्ताको नामले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको...
-
२०८२ जेठ १६, शुक्रबार
एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा
काठमाडौँ - सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको छ । बोर्डले परीक्षाको लागि प्रश्न पत्र तयार पार्ने र नतिजा सञ्चालनको काम गर्दै आएको छ ।...
-
२०८२ जेठ १६, शुक्रबार
राजावादी आन्दोलनको पहिलो दिन
काठमाडौँ - राजावादी समूहले बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र फर्काउने उद्देश्यका साथ राजावादी समूहले बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । जसअनुसार पहिलो दिनको प्रदर्शन राजधानीको शान्तिबाटिका क्षेत्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको राप्रपाका प्रवक्ता सगुन लावतीले बताए । उनले आन्दोलन निरन्तर हुने जानकारी दिँदै आज पहिलो दिनको आन्दोलनमा संयुक्त जनआन्दोलन समितिका...
-
२०८२ जेठ १६, शुक्रबार
जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ, आइतबार भोटो जात्रा
ललितपुर - रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर आज जावलाखेल पुर्याइएको छ । बिहीबार अपराह्नदेखि रथ तान्न सुरु गरेर साँझ जावलाखेल पुर्याइएको हो । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । बिहीबार जावलाखेल पुर्याएसँगै अब आइतबार भोटो जात्रा मनाइनेछ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो...
-
२०८२ जेठ १५, बिहिबार
बागमती सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत
काठमाडौं - बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । संविधान प्रदत्त तथा कार्य विस्तृतीकरण प्रतिवेदनमा उल्लिखित प्रदेशको एकल अधिकार कार्यान्वयनमा विशेष जोड दिएको उनले संसदमा प्रस्तुत गरेको सरकारको नीति कार्यक्रममा...
-
२०८२ जेठ १५, बिहिबार
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड
काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब...
-
२०८२ जेठ १५, बिहिबार
प्रमाण नभएको उच्च अदालतको फैसलापछि आलम रिहा
हत्या अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएर जन्मकैद सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमले उच्च अदालतबाट सफाइ पाएका छन्। उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएलगत्तै उनी ललितपुरको नख्खु कारागारबाट रिहा पनि भइसकेका छन्। उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो। यसअघि...
-
२०८२ जेठ १५, बिहिबार
भोलि नयाँ बजेट आउँदै: निजामती कर्मचारी, शिक्षक र प्रहरीको तलब बढ्ने
काठमाडौं - भोलि नयाँ बजेट आउँदैछ । १८ खर्ब ६३ करोडको सिलिङ रहेको यसपटकको बजेटमा कर्मचारीको तलब बढाउनुपर्ने दबाब र बाध्यतामा छन् अर्थमन्त्री विष्णुप्रसाद पौडेल । ३ वर्षदेखि तलब नबढेको अवस्था, कानूनी व्यवस्था साथै सामान्यतया २/३ वर्षमा तलब समायोजन हुने परम्पराले कर्मचारी पनि तलब बढ्ने आशमा छन् । तलब बढे निजामती कर्मचारी, शिक्षक र प्रहरीलगायत करिब ५ लाख लाभान्वित हुनेछन् । उनीहरूको तलबभत्तामा...



