STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ जेठ १५, बिहिबार

    मन्त्री लेखकको राजीनामा मागेसँगै प्रतिनिधिसभा बैठक बस्न सकेन, भोलि सम्मको लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक सूचना टाँस गरेर भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आशङ्का गर्दै विपक्षीले मन्त्री लेखकको राजीनामा र छानबिन समिति नबनेसम्म बैठक बस्न नदिने बताउँदै आएका छन् ।

  • २०८२ जेठ १५, बिहिबार

    आवेशमा आएर दुई बालिकासहित महिलाको हत्या

    काठमाडौं - रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजन चोकमा एक महिलासहित उनका दुई छोरीको गएराति विभत्स हत्या भएको छ ।  प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटना हत्या अभियुक्त र मृतकबीचको पुरानो सम्बन्धसँग जोडिएको पाइएको जनाएको छ । हत्यामा संलग्न व्यक्ति सुजन कोइराला ३४ वर्षीय दीपा बस्यालका पूर्वपति हुन्। पाल्पाको प्रभाव–११ घर भएका कोइराला र दीपाबीच एक दशकअगाडि सम्बन्ध विच्छेद भएको थियो । डिभोर्सपछि...

  • २०८२ जेठ १५, बिहिबार

    टुँडिखेल आसपासमा एमालेलाई कार्यक्रम गर्न अनुमति, राजावादीद्वारा रत्नपार्कमा भेला हुन आह्वान

    काठमाडौं - गणतन्त्र दिवसका अवसरमा भोलि बिहीबार नेकपा ९एमाले० ले काठमाडौंको टुँडिखेल वरिपरि कार्यक्रम गर्न अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालयबाट टुँडिखेल आसपासका सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रका सांस्कृतिक कार्यक्रमहरू गर्न भनेर अनुमति लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले  बताए । गणतन्त्र दिवसकै दिनबाट राजावादीहरूको संयुक्त मोर्चाले पनि राजसंस्थाको पक्षमा...

  • २०८२ जेठ १४, बुधबार

    महानगरको बैठक ५ महिनादेखि ठप्प, बजेट प्रभावित हुने

    काठमाडौँ - सोमबार काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले मेयर बालेन्द्र शाहसँग महानगरपालिकाको कार्यपालिका बैठक बोलाउन माग गरे । महानगरका ४२ कार्यपालिका सदस्यमध्ये ४१ जनाले कार्यपालिका बैठक बोलाउन माग गरेका हुन् । त्यसरी माग गर्नेमा मेयर बालेनबाहेक सबै छन् । पछिल्लोपटक काठमाडौँ महानगरपालिकाको बैठक नबसेको साढे ५ महिनाभन्दा धेरै समय भयो । २०८१ मंसिर २३ मा कार्यपालिकाको पछिल्लो बैठक बसेको...

  • २०८२ जेठ १४, बुधबार

    काठमाडौँमा दोलखा नेवार भाषामा नाटक ‘मिसामी’

    काठमाडौँ - काठमाडौंको रङ्गमञ्चमा पहिलोपटक दोलखा नेवार भाषामा नाटक मञ्चन भएको छ । डा. श्याम जोशीद्वारा दोलखा नेवार भाषामा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको हो । न्यूयोर्क विश्वविद्यालय आबु धाबीमा सन्दर्भ सामाग्रीका रूपमा रहेको ५० वर्षअघि लिखित यस नाटककलाई न्युयोर्क विश्वविद्यालय आबुधाबीकै सहकार्यमा दोलखा भाषा संरक्षण अभियानअन्तगर्त दस्ताबेजीकरणका...

  • २०८२ जेठ १४, बुधबार

    भारतमा एकै परिवारका सात जना कारभित्र मृत भेटिए

    काठमाडौं - भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन्। पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बीबीसी हिन्दीलाई बताएकी छन । उनले भनेन् कि ‘प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ’। समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादूनका एकै परिवारका सदस्य थिए। मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले भने, “हामीलाई ओजस...

  • २०८२ जेठ १४, बुधबार

    राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिन्छ : कमल थापा

    काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् ।  जेठ १५ राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै थापाले आफूहरूका लागि पात्र भन्दा पनि राजसंस्था महत्त्वपूर्ण रहेको बताए ।  उनले संविधानले कुनै पनि राजनीतिक दल र दलका गतिविधिहरूलाई प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरेको...

  • २०८२ जेठ १४, बुधबार

    नेपालमा भित्रियो कोरोना भाइरस, सातजना भेटियो संक्रमित

    काठमाडौं - पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएको छ । भारतमा पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि सातजना संक्रमित भएका छन् । तत्कालको परीक्षण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक...

  • २०८२ जेठ १४, बुधबार

    गृहमन्त्रीको राजीनामा अडान कायमै

    काठमाडौं - विपक्षीहरूको अवरोधका कारण स्थगित संसद् खुलाउने प्रयास सफल हुन सकेको छैन । सत्ता र प्रतिपक्षीबीच सहमतिको प्रयास गर्न सभामुख देवराज घिमिरेको पहलमा बैठक बसेको छ । बैठकमा सभामुख, उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी छन् । तर, सबै आआफ्नो अडानमा कायम रहेकाले सहमति जुट्न सकेको छैन । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश...

  • २०८२ जेठ १४, बुधबार

    भोलिसम्मलाई प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं - प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई सारिएको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएका छन् । विपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए । तर, दुवै पक्ष आफ्नो अडानबाट...

  • २०८२ जेठ १४, बुधबार

    गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं - नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ ।  प्रदर्शनमा सहभागीहरूले नालायक प्रधानमन्त्री राजीनामा दे, नालायक गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, मानव तस्कर सरकार मुर्दावाद आदि लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

  • २०८२ जेठ १३, मंगलबार

    कान्सको रेड कार्पेटमा नायक प्रदिप खडका र उद्योगपति वरुण चौधरी

    यस वर्षको विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभल माअभिनेता प्रदीप खड्का तथा चलचित्र एक्लो का निर्माता प्रदीप शाही पनि सहभागिता जनाएको कुरा चर्चाको विषय भइरहेको बेला नेपालको प्रतिष्ठित एलजी सिने सर्कल अवार्ड का आयोजक संस्था सिनेमा सर्कल नेपाल का संरक्षक तथा चौधरी ग्रुप का प्रबन्ध निर्देशक वरुण चौधरी  पनि यस वर्षको कान्स फिल्म फेस्टिभलमा सहभागी भएको कुरा प्रकाशमा आएको छ । उद्योगपति चौधरीले सामाजिक...

Pages