-
२०८२ जेठ २३, शुक्रबार
माधवलाई भ्रष्टाचार मुद्दा लागेसँगै एमाले र एकीकृत समाजवादीका नेताबिच आरोप–प्रत्यारोप
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्दा दायर गरेसँगै राजनीति तरङ्गित भएको छ । बिहीबार अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध योग पिठको ३१३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त...
-
२०८२ जेठ २३, शुक्रबार
केपीे ओलीले मेरो राजनीति ‘करियर’ सिध्याउन लागे : माधव नेपाल
काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागेको प्रतिक्रिया दिएका छन् । अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘मेरो नियत भ्रष्टाचार गर्ने होइन, म बाट भ्रष्टाचारका लागि आदेश दिने काम भएको छैन’,...
-
२०८२ जेठ २१, बुधबार
निर्माता संघ र डीसीएन बीचको सम्झौताले निर्मातालाई लाभ हुने
नेपालका चलचित्र निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघ र सिनेमा हल व्यवसायी कम्पनी डिजिटल सिनेमा नेपालबीच भीपीसी शुल्क २५ प्रतिशत घटाउने समझौता सम्पन्न भएको छ । यो समझौता अनुसार आगामी साउन महिनादेखि घरेलु चलचित्रको लागि लागू हुनेछ। निर्माताले लामो समयदेखि माग गर्दै आएको यो निर्णयले वार्षिक ५० लाखभन्दा बढी मुनाफा हुने अध्यक्ष खड्काले बताए । चलचित्र निर्माता संघ र डिजिटल सिनेमा नेपाल (...
-
२०८२ जेठ २१, बुधबार
भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाललाई ‘चलचित्रकर्मी त्रिदेवी सम्मान’
चलचित्र बिकास बोर्ड को प्रेक्षालयमा सम्पन्न एक समारोह मा नेपालकै पहिलो चलचित्र ‘आमा’का तीन अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाललाई ‘चलचित्रकर्मी त्रिदेवी सम्मान’ अर्पण गरिएको छ । साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ उहाँहरूलाई उक्त सम्पन्न अर्पण गरिएको हो । सो रिवार्ड समारोहमा विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा पूर्व गृहमन्त्री शक्तिबहादुर...
-
२०८२ जेठ २१, बुधबार
रामजी भण्डारीलाई ‘त्रिमूर्ति सम्मान’
नेपाली भाषासाहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुमुखी योगदानको स्मृति, सम्मान र अनुसन्धानको उद्देश्य ले स्थापित त्रिमूर्ति निकेतनको उद्यान, भवन, पुस्तकालय र सालिकको संरक्षणमा पुर्याएको विशिष्ट योगदानका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई ‘त्रिमूर्ति सम्मान’ प्रदान गर्ने भएको छ । त्रिमूर्ति...
-
२०८२ जेठ २०, मंगलबार
प्रियंका कार्कीको म्युजिक भिडियो ' सबैलाई छोडेर’ सार्वजनिक
गायन क्षेत्रमा लामो समयदेखि सकृय लोकप्रिय गायक सज्जु मानन्धरको स्वरमा २५ वर्ष अघि सार्वजनिक भएको गीत ‘सबैलाई छोडेर’ पुन: नयाँ स्वाद र स्वरुपमा रिलिज गरिएको छ। विशिष्ट गीतकार/कवि दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा सोमबार काठमाण्डौको रञ्जना सिनेप्लेक्समा सम्पन्न एक भव्य समारोहमा सो गीतको भिडियो रिलिज गरिएको हो । भिडियो दिल बहादुर मानन्धरले आफ्नी स्वर्गीय पत्नी गणेश देवी मानन्धरको स्मृतिमा प्रस्तुत...
-
२०८२ जेठ १९, सोमबार
सार्वजनिक भयो ‘ख्याल ख्यालैमा हरायौ’
नेपालको गीत संगीत क्षेत्रमा चर्चित सञ्जिवकुमार पौडेल र मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल ख्यालैमा हरायौ’ सार्वजनिक भएको छ । खगेन्द्र दाहालको शब्द, सञ्जिवकै सङ्गीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीले अभिनय गरेका छन् । प्रकाश खड्का र टिमको सिनेमेटोग्राफी...
-
२०८२ जेठ १८, आइतबार
राजावादीद्वारा सोमबार उपत्यका बन्द घोषणा
काठमाडौं - राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि उपत्यका बन्दको घोषणा गरेको छ । संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपकबहादुर सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा राजावादी समूहले नेपाल बन्दको घोषणा गरेको हो । ‘प्रहरी हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा...
-
२०८२ जेठ १८, आइतबार
काठमाडौंमा थपिए तीन निषेधित क्षेत्र
काठमाडौं । राजावादी आन्दोलन चर्किएसँगै प्रशासनले निषेधित क्षेत्र पनि थपिरहेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन स्थानलाई निषेधित क्षेत्र तोकेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्र निषेधित क्षेत्रमा परेका छन् । बढीमा दुई महिना यो निषेधाज्ञा जारी रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी...
-
२०८२ जेठ १८, आइतबार
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा
काठमाडौँ - राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए । प्रदर्शनकै क्रममा पक्राउ परेका राप्रपाका सांसद दिपक सिंहसहित सात जनालाई जिम्मा जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए । आइतबार...
-
२०८२ जेठ १८, आइतबार
कुबेर डंगोललाई राष्ट्रिय चलचित्र फोटो पत्रकारिता पुरस्कार
फिल्म पत्रकारितासँगै फोटो पत्रकारितामा सकृय कुबेर डंगोललाई राष्ट्रिय चलचित्र फोटो पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । स्टारवान इन्टरटेनमेन्टले आयोजना गरेको पाँचौं नेपाल म्युजिक एन्ड फेसन अवार्डमा डंगोललाई १५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिएको हो । उनलाई शनिबार पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उक्त पुरस्कारले सम्मान प्रदान गरेका हुन् । डेढ दशकदेखि...
-
२०८२ जेठ १८, आइतबार
मध्यपुरका युवाहरु कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै
भक्तपुरको मध्यपुर थिमिस्थित पाचो धिमे खलःले तीन महिने धिमे बाजा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कला, संस्कृति तथा परम्परागत बाजा जगेर्ना र संरक्षण गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण दिइएको आयोजकले बताएको छ । कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद माननीय दुर्लभ थापाले धर्म, संस्कृति र कलालाई संरक्षण गर्ने अभियानमा जुटेका युवाहरुलाई आभार व्यक्त गर्दै आवश्यक...


