STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाललाई ‘चलचित्रकर्मी त्रिदेवी सम्मान’

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ २१, बुधबार

चलचित्र बिकास बोर्ड को प्रेक्षालयमा सम्पन्न एक समारोह मा नेपालकै पहिलो चलचित्र ‘आमा’का तीन अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाललाई ‘चलचित्रकर्मी त्रिदेवी सम्मान’ अर्पण गरिएको छ । साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ उहाँहरूलाई उक्त सम्पन्न अर्पण गरिएको हो । सो रिवार्ड समारोहमा विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत रहनुभएको थियो सभापतित्व आयोजक संस्था सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाहले गर्नुभएको थियो ।

समारोहमा बिशिष्ट गायिका एवम् गीतकार चन्द्रकला शाहलाई दीर्घ साधना कलाकारिता सम्मान अर्पण गरिएको थियो । सो अवसरमा सङ्गीतकार चेतन राई, सञ्चारकर्मी सोनित राज ढुङ्गेल, गायिका अनिता कुँवर, सञ्चारकर्मी तुल सिंह रनपछाई, मिसेज नेपाल रेश्मा घिमिरे, गीतकार/गायक सुवास कार्की , सङ्गीतकार मदन नेपाली, गायक धनराज चुनारा, बालकलाकार आरिया शाही, गोकर्णेश्वर नगरपालिका प्रशासकिय अधिकृत याम नारायण गौली सम्मानित हुनुभएको थियो ।

कार्यक्रममा लोकदोहोरी शब्दमा ‘ज्यानै फाल्दिन्छु’ बाट सागर रेग्मी, यसै गीतबाट मोडल पुरुष अभिनयतर्फ अशोक पौडेल र महिलातर्फ निरुता साही तथा दोहोरी निर्देशकमा श्रृजन बराल गरी चार विधामा अवार्ड प्रादन गरिएको थियो ।

यस्तै, ‘बेसारे माया’ गीतमा लोकदोहोरी उत्कृष्ट लयको लागि शान्त शिशिर र महिला मोडल नृत्यको लागि सञ्चिता साहीले जुरी अवार्ड प्राप्त गर्नुभयो । लोक दोहोरी विधातर्फ नै गायकमा रामप्रसाद अवस्थीले ‘तिम्रो खाँचो’ गीतबाट, गायिकामा सीमा थापाले ‘दमौलीमा गेट’ गीतबाट, मोडल पुरुष नृत्यतर्फ विमल अधिकारी ‘म बाँचेकी तिम्रो लागि’ गीतबाट, महिला तर्फको मोडलमा अस्मीता पुरी ‘फूलमाया’ गीतबाट अवार्ड विजेता घोषित हुनुभयो ।

आधुनिक गीततर्फ शब्दमा डा. ओमकृष्ण प्रसाईं ‘पिता’ गीतबाट, सङ्गीतमा केशव सापकोटा ‘झेलीमाया’बाट गायकमा डेविट शंकर ‘जुनकिरी’ गीतबाट, गायिकामा प्रतिमा केसी ‘खाली खुट्टा’ गीतबाट, मोडल पुरुषतर्फ श्रीदेव भट्टराई ‘जहिले देखी नजर जुध्यो’ गीतबाट, महिला मोडलमा दीपा शाही ‘कस्ती थिए कस्ती भए’ गीतकाट, महिला मोडलकै जुरी अवार्डमा ‘सपना जनक मेरो मान्छे’ गीतबाट, पुरुष मोडलको जुरी अवार्ड विजेन्द्र नौवागे ‘म तिमीलाई मन पराउछु’ गीतबाट एवम् आधुनिक गीत निर्देशकमा सियोन श्रेष्ठ ‘सत्य राम कसम’ गीतबाट उत्कृष्ट अवार्ड विजेता घोषित हुनुभएको थियो ।

उत्कृष्ट छायांकारमा ‘मेरी बाठी माया’ले गीतबाट अजय रेग्मी, सम्पादनमा राजेशकुमार ‘बाँच्दीन म’ गीतबाट र एरेन्जरमा विष्णु तामाङ ‘पालेदाई’ गीतबाट अवार्ड विजेता घोषित हुनुभएको थियो ।

दीपज्योती थापाले सहजिकरण गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रमका निर्देशक शान्तिप्रियले राख्नुभएको थियो ।

Categorized in साहित्य-कला