STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ आषाढ ९, सोमबार

    लिम्बु फिल्मले जित्यो आदिवासी चलचित्र महोत्सव

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्रले मनोरञ्जन प्रदान गर्नुका साथै भाषा, कला र संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ। आइतबार  चलचित्र विकास बोर्डको सभाहलमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवको पाँचौँ संस्करणको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आफ्नो भाषाका चलचित्र, साहित्य र सङ्गीतका गतिविधि बढाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “हामी सबैको भाषा नेपाली हो...

  • २०८२ आषाढ ९, सोमबार

    इरानमा आणविक बम हानेपछि ट्रम्पले दिए यस्तो चेतावनी

    वासिङ्टन डिसी - इरानको आणविक स्थलहरूमा आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। यस सम्बोधनमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद दिएका छन्। ट्रम्पले सम्बोधनका क्रममा धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी रहेको पनि बताए । उनले भने, ‘अब इरानले शान्तिको बाटो रोज्नुपर्छ। यदि उनीहरूले त्यसो गरेनन् भने, भविष्यका आक्रमणहरू अझ...

  • २०८२ आषाढ ८, आइतबार

    पशुपतिको शव दाह मेसिन खरिदमा झण्डै साढे १० करोड भ्रष्टाचार, १४ जनाविरुद्ध मुद्दा

    काठमाडौं - पशुपति आर्यघाटको विद्युतीय शव दाह मेसिन खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । मुद्दा दायर गरिएकाहरूमा थापासहित, कोषका तत्कालीन निमित्त सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन उपनिर्देशक सिताराम रिसेल,...

  • २०८२ आषाढ ८, आइतबार

    विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमतामा प्रेस काउन्सिल अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौं - मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो । ७ वैशाखमा अध्यक्ष नियुक्त भएका उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वैशाखमा विशेष अदालतमा...

  • २०८२ आषाढ ८, आइतबार

    कीर्तिपुरको मेडिकल क्षेत्र विकासका लागि कीर्तिपुर मेडिकल संघ स्थापना

    कीर्तिपुर मेडिकल संघको प्रथम साधारण सभा सम्पन्न कीर्तिपुर/कीर्तिपुर मेडिकल संघको प्रथम साधारण सभा कीर्तिपुर नगरपालिका वडा नं. ९ नगाउँस्थित बाघभैरव ब्यांक्वेटमा असार ७ गते शनिबार सम्पन्न भएको छ ।  औषधी व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको उक्त साधारणसभामा कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता विशिष्ट अतिथिको रुपमा उपस्थित भएकी थिइन् ।  अतिथिको...

  • २०८२ आषाढ ७, शनिबार

    करुणामय मानव विकास संघ द्वारा जेहेन्दार छात्रवृत्ति प्रदान

    सामाजिक सेवामा सकृय संस्था  करुणामय मानव विकास संघले विभिन्न स्थानका ८७ जना गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । काभ्रेको बनेपास्थित जनज्योति मावि जनागालमा सम्पन्न भएको कार्यक्रममा सामुदायिक विद्यालय, उच्च मावि तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, ड्रेस, जुत्तालगायतका सामग्री वितरण गरेको हो ।  समाजिक सद्भाव कायम राख्दै करुणा र नैतिकता जागृत गर्न संघले करिव दुई...

  • २०८२ आषाढ ४, बुधबार

    जेष्ठ नागरीकहरूलाई स्वनिर्भर बनाउने उद्देश्यले सीप विकास तालिम सम्पन्न

    न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।  सो कार्यक्रम मा बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्य, स्थानिय वडा अध्यक्ष रमेश थापा श्रेष्ठ र नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले ४२ प्रशिक्षार्थीहरूलाई...

  • २०८२ आषाढ ३, मंगलबार

    छक्का पन्जा सिरिजका संगीतकार को संगीतमा लसता जोशी

    छक्का पन्जा सिरिज चलचित्र का लोकप्रिय संगीतकार दीपक शर्माको संगीत रहेको " भेट्दिन राती रातीमा" बोलको गीतको म्युजिक भिडियो मङ्गलबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । लसता जोशी र सुभास मण्डल को स्वर रहेको सो गीतको रचनाकार पनि दीपक शर्मा नै हुनुहुन्छ । सार्वजनिक गरिएको भिडियो मा नेपालभाषाको मनोरन्जन क्षेत्रका लोकप्रिय नायिका भिन्तुना जोशीको साथमा यसराज गराचको अभिनय रहेको छ । यो भिडियो को...

  • २०८२ आषाढ ३, मंगलबार

    धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न अदालतको आदेश

    काठमाडौं जिल्ला अदालतले धवलशमशेर राणालाई ३ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ।  जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा महामन्त्री राणालाई छोड्न आदेश दिएको हो। गत चैत १५ को तीनकुने घटनाका अभियुक्त राणा आज (सोमबार) नै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। बकपत्र सकिएलगत्तै राणा इजलासमा थुनछेक बहस सुरु भएको थियो। ५० जना प्रतिवादीमध्ये राणा...

  • २०८२ आषाढ ३, मंगलबार

    कलंकीमा स्कुलको भ्यान दुर्घटना: ९ वर्षकी बालिकाको मृत्यु, ७ जना घाइते

    काठमाडौँको कलंकीमा स्कुलको माइक्रो भ्यान दुर्घटना भएको छ। सोमबार दिउँसो १२ः५० मा काठमाडौँ महानगरपालिका १४ स्थित इडिफाइ इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्र विद्युतीय माइक्रो भ्यान स्कुलकै गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो।  दुर्घटनामा सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षकी सोनाक्षी यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर भएकी उनलाई सहिद मेमोरीयल अस्पतालमा उपचारको लागि लगिएको थियो। १३ः३६...

  • २०८२ आषाढ ३, मंगलबार

    परराष्ट्रमन्त्री आरजु राणाले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे इजरायली राजदूतसँग लिइन् जानकारी

    काठमाडौं - परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छिन्।  सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री डा राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए। त्यस अवसरमा मन्त्री डा राणाले...

  • २०८२ आषाढ ३, मंगलबार

    कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलनमा

    काठमाडौं - सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलन गरेका छन्। कर फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी र कालिगड संघर्ष समिति सोमबार विरोधमा उत्रिएका हुन्।  बजेटमार्फत सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत करले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन्। उल्लेख गरेका थिए। 

Pages