STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

इरानमा आणविक बम हानेपछि ट्रम्पले दिए यस्तो चेतावनी

Janjati Khabar – Janjati Khabar | २०८२ आषाढ ९, सोमबार

वासिङ्टन डिसी - इरानको आणविक स्थलहरूमा आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। यस सम्बोधनमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद दिएका छन्।

ट्रम्पले सम्बोधनका क्रममा धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी रहेको पनि बताए । उनले भने, ‘अब इरानले शान्तिको बाटो रोज्नुपर्छ। यदि उनीहरूले त्यसो गरेनन् भने, भविष्यका आक्रमणहरू अझ ठुला र सजिलो हुनेछन्।’

इरानको आणविक स्थलहरूको बारेमा कुरा गर्दै ट्रम्पले भने, ‘मानिसहरूले वर्षौँदेखि यी ठाउँहरूको नाम सुन्दै आएका थिए किनभने त्यहाँ खतरनाक र विनाशकारी योजना तयार भइरहेको थियो। म संसारलाई भन्न चाहन्छु कि आज रातिका आक्रमणहरू पूर्ण रूपमा सफल भएका छन्।’

ट्रम्पले इरानलाई चेतावनी दिँदै भने, ‘या त अब शान्ति हुनेछ, नत्र इरानले विगत आठ दिनमा देखेको भन्दा धेरै ठुलो त्रासदीको सामना गर्नेछ।’

‘राष्ट्रपति ट्रम्प र म प्रायः भन्छौँ, शक्ति मार्फत शान्ति। पहिले शक्ति आउँछ र त्यसपछि शान्ति आउँछ।’

यसअघि, ट्रम्पले अमेरिकाले इरानका तीन आणविक स्थलहरूमा आक्रमण पूरा गरिसकेको जानकारी दिएका थिए। यी आक्रमणहरू फोर्डो, नातान्ज र इस्फहानमा लक्षित थिए। इरानले पनि यी आक्रमणहरूको पुष्टि गरेको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘हामीले फोर्डो, नातान्ज र इस्फहानका तीन इरानी आणविक स्थलहरूमा सफलतापूर्वक आक्रमण गरेका छौँ। सबै विमानहरू अब इरानी हवाई क्षेत्रबाट बाहिर छन्। सबै विमानहरू सुरक्षित रूपमा अमेरिका फर्किरहेका छन्।’

ट्रम्पले लेखेका छन्, ‘हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई छ। संसारमा अरू कुनै सेना छैन जसले यो गर्न सक्थ्यो। अब शान्तिको समय हो।’

अमेरिकी आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि बयान दिएका छन् । उनले भने, ‘राष्ट्रपति ट्रम्प र म प्रायः भन्छौँ, शक्ति मार्फत शान्ति। पहिले शक्ति आउँछ र त्यसपछि शान्ति आउँछ।’

Categorized in अन्तर्राष्ट्रिय