STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ श्रावण १५, बिहिबार

    विकास बोर्डले प्रदान गर्यो छात्रवृत्ति र दक्षता प्रमाण पत्र

    चलचित्र विकास बोर्डको आयोजनामा भएको "ड्रोन दक्षता प्रमाणपत्र तथा छात्रवृत्ति वितरण समारोह २०८२" विहिबार सम्पन्न भएको छ । उक्त समारोहमा ड्रोन क्यामेरा सम्बन्धी कार्यशालामा सहभागी भएका २५ जनालाई दक्षता प्रमाणपत्र प्रदान गरियो। त्यसैगरी, चलचित्र अध्ययनरत अन्य २२ जना विद्यार्थीहरूलाई पनि प्रति विद्यार्थी रु ५०,०००।– का दरले जम्मा ११ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरियो। सो समारोहमा दक्षता प्रमाण पत्र...

  • २०८२ श्रावण ११, आइतबार

    शताब्दियौं पहिलाको पौभा चित्र इतुम्बहाल फर्काइयो

    वि सं २०३७ सालमा हराएको १५–१८ औँ शताब्दीको इतुंबहालका तीन बहुमूल्य पौभा चित्र पहिलेकै यथास्थनमा फर्काइएका छन् । श्री केशचन्द्र महाविहारको करिब ५५० वर्ष पुराना चित्रकलामा ‘चिन्तामणि लोकेश्वर’, ‘केशचन्द आजु भैरव दर्शन गरिरहेको’ तथा ‘गगनसिं र उहाँका दुई श्रीमती’ रहेका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल राष्ट्रिय सङ्ग्रहालयको हलमा अमेरिकाबाट फिर्ता भएका ती पौभा श्री भाष्करदेव...

  • २०८२ श्रावण ११, आइतबार

    चलचित्र ‘चिट्ठी’को मोशन पोस्टर सार्वजनिक

    सन्चारकर्मि माधब राज खरेलको निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ यही भदौ २० गते  अर्थात सेप्टेम्बर ५, २०२५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको छ भने  यो चलचित्रको पोष्टर हालै सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोस्टरका साथ साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक...

  • २०८२ श्रावण ११, आइतबार

    भक्तपुरको प्रतिष्ठित साहित्यिक पुरस्कार मानन्धर र असंबरेलाई अर्पण

    भक्तपुरको प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले वर्षेनी प्रदान गरिंदै आएको जरिमैंया साखः लुमन्ति सिरपा र कुमार साखः लुमन्ति हःपाः सिरपा शनिबार एक कार्यक्रममा प्रदान गरिएको छ । नेपालभाषाको साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने एक जना महिला साहित्यकारलाई प्रदान गरिने जरिमैंया साखः लुमन्ति सिरपा यस वर्ष सुलोचना मानन्धर धिताललाई प्रदान गरिएको छ  । यस्तै गरी एक जना पुरुष...

  • २०८२ श्रावण १०, शनिबार

    थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

    कञ्चनपुर, १० साउन : कञ्चनपुरका थारु समुदायका मौलिक पहिचान बोकेका छतरी(छाता) हराउँदै जान थालेको छ । थारु समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ । जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गर्नुहुन्छ । “बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा...

  • २०८२ श्रावण १०, शनिबार

    समाजवादको नेपाली बाटोः सङ्घीय समाजवाद

     राजेन्द्रप्रसाद श्रेष्ठ  १. विषयप्रवेश पार्टी नीति तथा कार्यक्रम पार्टीले सार्वजनिकरूपमा घोषणा गरेका आफ्ना लक्ष्यहरूको योग हो, जसको आधारमा पार्टीको चरित्र निरुपण हुन्छ र जनता पार्टीमा गोलबन्द हुन्छ । यो पार्टीले सार्वजनिकरूपमा फहराइरहेको नीति र कार्यक्रमको वैचारिक ध्वजा हो । पार्टी नीति राजकीय तथा सार्वजनिक मामिलामा देशको वस्तुगत परिस्थितिअनुरूप विकसित सैद्धान्तिक निष्कर्ष हो भने कार्यक्रम...

  • २०८२ श्रावण ८, बिहिबार

    कीर्तिपुर पांगाका यारिस महर्जन पौडी प्रतियोगितामा प्रथम

    कीर्तिपुरमा तेस्रो नगरब्यापी खुल्ला पुरुष पौडी प्रतियोगिता सम्पन्न कीर्तिपुर नगरपालिका वडा नं.३ र खासी बजार क्लबको संयुक्त आयोजनामा बुधबार कीर्तिपुर नगरपालिका ३ वडा खासीबजारस्थित भिं पुखूमा ऐतिहासिक गथांमुगः च¥हेको उपलक्ष्यमा तेस्रो नगरब्यापी खुल्ला  पुरुष पौडी प्रतियोगिता सम्पन्न भएको छ । उक्त पौडी प्रतियोगितामा कीर्तिपुर नगरपालिका ८ वडा पाँगाका  यारीस महर्जन प्रथम भएका छन् भने राकेश श्रेष्ठ...

  • २०८२ श्रावण ७, बुधबार

    “साँच्चै पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने हो भने हामी सच्चिन जरुरी छ” – एमाले युवा नेता डा. सुरेन्द्र मानन्धर

    एमालेका युवा नेता डा. सुरेन्द्र मानन्धरको सुझाव अध्यक्ष ओलीलाई नेकपा एमालेका केन्द्रीय सुदस्य युवा नेता एवं कानूनविद् डा. सुरेन्द्र मानन्धरले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य नेताहरुलाई सुझाव पेश गर्नुभएको छ ।नेकपा एमाले केन्द्रीय कमिटीको नवौं बैठकका सन्दर्भमा युवा नेता डा. मानन्धरले उक्त सुझाव पेश गरेका हुन् । युवा नेता डा. मानन्धरले पार्टी अध्यक्ष लगायत अन्य...

  • २०८२ श्रावण ७, बुधबार

    लिम्बु भाषाको चे चलचित्र हङकङ लगायत विभिन्न देशमा देखाइने

    लिम्बु भाषाको चलचित्र 'चे' हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा सो चलचित्र प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो | सो पत्रकार सम्मेलनमा याक्थुङ मुन्चइत चोक सयङ हङकङले  प्रदर्शन गर्ने तयारी गरिरहेको हङकङका वरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङले जानकारी दिए  |...

  • २०८२ श्रावण ७, बुधबार

    सुलोचना मानन्धर र विजयरत्न लाई भक्तपुरमा सम्मान

    नेपालको एेतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरको प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरले वर्षेनी प्रदान गरिँदै आएको पुरस्कार जरिमैंया साखः लुमन्ति सिरपा यस लर्ष सुलोचना मानन्धर धिताललाई प्रदान गरिने भएको छ । नेपालभाषाको साहित्यिक क्षेत्रमा अतुलनीय योगदान दिंदै आएका एक नारी स्रस्टा लाई प्रदान गरिने यो पुरस्कारको साथसाथै सोही संस्थाले एक पुरुष साहित्यकारलाई दिइने  कुमार साखः हःपाः सिरपा यो...

  • २०८२ श्रावण ६, मंगलबार

    तिज लक्ष्यित नयाँ गीत सार्वजनिक

    हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीतसंगीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा सञ्जु न्यौपाने र पुस्कल शर्माको स्वरमा ‘निलो आकशैमा बादलु’ बोलको तीज गीत दर्शक, श्रोता समक्ष आएको छ । रमेश परियारको शब्द, संगीत रहेको गीतको भिडियोमा लोमाश शर्मा, आशा भुसाल, सञ्जु न्यौपाने, सन्तोष पाण्डे लगायतका कलाकारको अभिनय छ ।  चक्रबहादुर बरालले खिचेको भिडियोमा सम्पादन, कलरिङ विष्णु खड्का,...

  • २०८२ श्रावण ६, मंगलबार

    आशिष्मा नकःमिले जितिन् लाखे आजुबाट स्कटल्याण्डमा अवार्ड

    आदिवासी जनजाति चलचित्रको ईतिहासमा बेलायतको शहर स्कटल्याण्डको राजधानी, एडम्बरामा सम्पन्न Nepal Indigenous Film Festival - NIFF 2025 मा  नेपालभाषाको चलचित्र  " लाखे आजु "बाट आशिष्मा नकःमिले बेस्ट एक्ट्रेसको अवार्ड जित्न सफल भएकि छन् ।    बेलायतमा पहिलो पटक बेलायतका लागि नेपाली राजदुत महामहिम चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यता तथा एडिनबराका संसद सदस्य  फेजल चौधरीको बिशेष आतिथ्यतामा मा नेपाल...

Pages