-
२०८२ श्रावण २२, बिहिबार
धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी
भादगाउँ, भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि ९स्वाःस्वाः० अजिमालाई जल चढाइ पूजा चढाए दम रोग निको हुने धार्मिक विश्वास रहेको छ । अहिले पनि स्थानीयहरु स्वाःस्वाः आउँदा औषधिले काम नगरेपछि स्वकी अजिमा पूजा गर्ने परम्परा कायमै छ । तर स्वकी अजिमा हिटी पूरै झारपातले पुरिएको अवस्थामा छ । भक्तपुर नगरपालिका–१ कै वासिकचा हिटी धार्मिक रूपले पवित्र मानिन्छ । यो हिटीमा...
-
२०८२ श्रावण २२, बिहिबार
कीर्तिपुर सिनेप्लेक्समा अर्को नयाँ हल
कीर्तिपुर/नेपाल राष्ट्रभर मनोरञ्जनात्मक सिनेमा भवनमध्ये टप १० मा पर्नसफल सिनेमा भवन कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्सले फेरि अब अर्को एक नयाँ हलको निर्माण कार्य सम्पन्न गरेको छ । सिनेप्लेक्स स्रोतका अनुसार हाल सजावटका कार्य भइरहेको र यही श्रावण महिनाको अन्तिम साता वा भाद्र महिनाको पहिलो हप्ता नयाँ हलको उद्घाटन हुने जानकारी दिइएको छ । जानकारी अनुसार कीर्तिपुर सिनेप्लेक्सको नयाँ हलमा...
-
२०८२ श्रावण २१, बुधबार
कलाकार उत्तम केसीको गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ सार्वजनिक
करिब चालिस वर्ष अगाडि अभिनय यात्रा शुरु गर्नु भएका वरिष्ठ कलाकार उत्तम केसीले झण्डै दुई सयको हाराहारीमा ठूलो पर्दा तथा सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किसक्नुभएको छ । ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’लगायत का उहाँका गीतहरु श्रोता/दर्शकमाझ लोकप्रिय...
-
२०८२ श्रावण २०, मंगलबार
याम प्रसाद निउरे र देबि घर्तिको आवाजमा "रानिहार " सार्वजनिक
हिन्दुहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गरेको अवसर पारेर कलाकारहरूले तीज विशेष गीतहरू धमाधम सार्वजनिक गर्न थालेका छन्। यस वर्ष सार्वजनिक तीज गीतहरूमध्ये एक सशक्त र प्रभावशाली सिर्जना "चोली फाटेकोमा" आफ्ना दर्शक श्रोता माझ पस्केका सर्जक याम प्रसाद निउरे यसै तिजमा फेरि नयाँ तिज कोशेली रानीहार मा आफ्नो सिर्जना संगै आवाज पनि दिएर गायकको परिचय बोकेर दर्शक श्रोतामाझ आइपुगेका छ्न् । गहिरो...
-
२०८२ श्रावण २०, मंगलबार
कलाकार संघद्वारा चलचित्र विकास बोर्ड तथा सेन्सर बोर्ड सदस्यलाई बधाई कार्यक्रम
काठमाडौँ। नेपाल चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरूलाई आज एक औपचारिक समारोह मार्फत बधाई तथा सम्मान प्रदान गरेको छ। संघले उक्त समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, बिरेन्द्र प्रसाद भट्ट र गणेश प्रसाद सुवेदी तथा चलचित्र जाँच समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर राज गिरी र भीमा मैनालीलाई सम्मानित गरेको छ ।...
-
२०८२ श्रावण १९, सोमबार
लक्की सांस्कृतिक साँझमा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठलाई सम्मान
चितवन। मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रम सम्पन्न भएको छ । भरतपुर-९, संगमटोल, चितवनमा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टको हलमा 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रम सम्पन्न गरेको हो । लक्की मिडिया हाउसका महाप्रबन्धक...
-
२०८२ श्रावण १९, सोमबार
मातृभाषाको संरक्षण, प्रवद्र्धन र विकासको लागि सचेतना जगाउन प्लेकार्ड प्रदर्शन
नेवाः ग्वाहालि पुचः र नेवाः मिसा ग्वाहालि पुचःले गुंला पर्वको बखत स्वयम्भू महाचैत्य दर्शन गर्नआउने स्थानीयबासीको सन्दर्भ मिलाएर भगवानपाउ क्षेत्रमा मातृभाषाको संरक्षण, प्रवद्र्धन र विकासको लागि सचेतना जगाउन प्लेकार्ड प्रदर्शनी गरेका छन् । प्लेकार्डमा “हाम्रा बालबालिकालाई नेपालभाषा सिकाऔं, नेवार भएकोमा गर्व गरौं’, मातृभाषाको संरक्षणले सहअस्तित्व कायम गर्दछ जस्ता नारा लेखिएका थिए । प्लेकार्ड...
-
२०८२ श्रावण १९, सोमबार
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उपाधि जितेका खेलाडीहरूलाई सम्मान
काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँमा खेलकुदका विभिन्न विधाका विजेताहरूलाई सम्मान र दीक्षित गरिएको छ । नरहरिपुर शाखा कराते डोजोले चन्द्रागिरिको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उपाधि जितेका खेलाडीहरूलाई सम्मान तथा डोजोमा भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई दीक्षित गरिएको हो । सम्मानित हुनेहरु मध्ये क्ल्याप पुल–अपमा गिनिज वल्र्ड रेकर्ड...
-
२०८२ श्रावण १९, सोमबार
इनडोर फिल्म स्टुडियो ‘सिनेपा: ' निर्माणको लागि बोलपत्र आह्वान
चलचित्र विकास बोर्डले वनेपा नगरपालिका–१०, जनगाल, काभ्रेपलाञ्चोकमा निर्माण गर्न लागिएको अत्याधुनिक इनडोर फिल्म स्टुडियो ‘सिनेपा: को लागि दोस्रो फेजको निर्माणको लागि बोलपत्र आह्वान गरेको छ। आज (२०८२ साउन १८) गोरखापत्र दैनिकको पृष्ठ १० मा प्रकाशित सूचनामार्फत इच्छुक निर्माण कम्पनीहरूलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीबाट प्रस्ताव पेश गर्न आह्वान गरिएको हो। बोलपत्र विवरणअनुसार, स्टुडियो निर्माणको ठेक्का...
-
२०८२ श्रावण १८, आइतबार
नेपालभाषा एकेडेमी ले शुरु गर्यो अग्रज सम्पर्क अभियान
नेपालभाषाको साहित्य तथा वाङ्गमय क्षेत्रमा सक्रिय प्राज्ञिक संस्था नेपालभाषा एकेडेमीले यस यस क्षेत्रका अग्रज साहित्यकारहरुसित सम्पर्क बढाउने अभियान आरम्भ गरेको छ । विशेष गरी घरबाट निस्कन असमर्थ हुनुभएका जेष्ठ एवम् अग्रज साहित्यकारहरुलाई उहाँहरुको घरमै पुगी भेट्नुका साथै उहाद्दहरुको कुरा सुन्ने र एकेडेमीको क्रियाकलापका बारेमा जानकारी दिने कार्य भएको कुरा एकेडेमीका सदस्य सचिव महेन्द्र गोपाल...
-
२०८२ श्रावण १७, शनिबार
राजेश हमाललाई कलाकार संघको मानार्थ सदस्यता
चलचित्र कलाकारहरुको एक मात्र छाता संगठन नेपाल चलचित्र कलाकार संघले बिशिष्ट चलचित्रकर्मी अभिनेता राजेश हमाललाई मानार्थ सदस्यताको परिचय पत्र प्रदान गरेको छ । नेपाल चलचित्र कलाकार संघले विधानमा व्यवस्था भए अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त व्यक्तित्वहरुलाई प्रदान गरिने मानार्थ सदस्यता विशिष्ट चलचित्रकर्मी तथा लोकप्रिय अभिनेता श्री राजेश हमाललाई प्रदान गरेको हो। शुक्रबार आयोजित...
-
२०८२ श्रावण १६, शुक्रबार
सञ्चारकर्मीलाई साक्षी राख्दै चलचित्र ‘चिट्ठी’को “सिन्दुरको रंग” बोलको गीत सार्वजनिक
एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सन्चारकर्मि कमला जोशी निर्माता रहेको नेपाली चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरले एक समारोहका बीच सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकारहरूको उपस्थितिमा उक्त गीतको सार्वजानिक गरिएको थियो । उक्त चलचित्रको प्रदर्शन भदौ २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशव्यापी रुपमा हुने भएको छ...


