STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ भाद्र २४, मंगलबार

    स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

  • २०८२ भाद्र २४, मंगलबार

    राष्ट्रपतिको बोहराटारस्थित घर तथा गगन थापाको घरमा आगजनी

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा पनि आगजनी भएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन्। सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन भएको...

  • २०८२ भाद्र २४, मंगलबार

    हिल्टन होटलमा आगजनी

    काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् । प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा...

  • २०८२ भाद्र २४, मंगलबार

    प्रधानमन्त्री ओलीको बालकोटको घरमा आगजनी

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ ।  प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष समेत रहेका ओली निवासमा मंगलबार आगजनी गरेका हुन्।  प्रदर्शनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी चौकी, पार्टी कार्यालयमा निशाना बनाउँदै आएका छन् । उनीहरुले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, सञ्चारमन्त्री...

  • २०८२ भाद्र २४, मंगलबार

    एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड

    काठमाडौँ - प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।  ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।

  • २०८२ भाद्र २४, मंगलबार

    प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।  ‘कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो’, ओलीले मंगलबार जारी गरेको अपिलमा भनिएको छ, ‘उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक...

  • २०८२ भाद्र २४, मंगलबार

    च्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड

    काठमाडौँ - प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।  ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।

  • २०८२ भाद्र २४, मंगलबार

    प्रचण्ड निवासमा आगजनी

    काठमाडौँ - ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को  निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।  सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ । 

  • २०८२ भाद्र २४, मंगलबार

    बानेश्वरमा संसद भवन अगाडि बिहानैदेखि प्रदर्शन सुरू

    काठमाडौं - मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि केही मानिसहरू भेला भएका छन्। संसद भवनको मूल गेट अगाडि भेला भएका मानिसहरूले नाराबाजी समेत गरे। काठमाडौं प्रहरीले केही मानिसहरू अवस्था बुझ्न मात्रै जम्मा भएको भनेको छ। काठमाडौंको अन्य क्षेत्रमा पनि प्रदर्शन सुरू भएको छ। काठमाडौं महानगरमा पर्ने चक्रपथभित्रका भूभागहरुमा प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेको छ। ललितपुर र भक्तपुरले...

  • २०८२ भाद्र २४, मंगलबार

    काठमाडौं र ललितपुर क्षेत्रभित्र कर्फ्यु

    काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु...

  • २०८२ भाद्र २४, मंगलबार

    सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

    काठमाडौं - सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई...

Pages