STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ भाद्र २६, बिहिबार

    नयाँ नेतृत्व टुङ्गो लगाउन जंगीअड्डामा आज निर्णायक वार्ता

    काठमाडौं - अन्तरिम  सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश...

  • २०८२ भाद्र २६, बिहिबार

    प्रधानसेनापतिसँगको भेटपछि हर्क साम्पाङले भने - नेतृत्व लिन म रेडि छु

    धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जेनजीले भनेजस्तै अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्। सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेर निस्किनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै 'म त रेडि नै छु।' 

  • २०८२ भाद्र २६, बिहिबार

    जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्‍यो, हजारबढी घाइते

    काठमाडौं - जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३० पुगेको हो । समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ६१ जना घाइते उपचाररत छन् । मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६,...

  • २०८२ भाद्र २६, बिहिबार

    सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ भन्दै भद्रकालीस्थित जंगीअड्डा पुगे युवाहरू

    काठमाडौँ - सेनासँग जेनजीको वार्ता चल्दै गर्दा भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विषयमा असन्तुष्टि पोखेका छन् ।  उनीहरुले जेनजीको नेतृत्व बालेन शाह र हर्क साम्पाङ जस्ता युवा गर्नुपर्ने माग गरेका हुन् । जेनजीहरुको तर्फबाट नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशील कार्कीको नाम अगाडि आएपनि उनीहरुले बालेन र हर्क जस्ता युवाहरू अगाडि आउनुपर्ने धारणा...

  • २०८२ भाद्र २६, बिहिबार

    जेनजी प्रतिनिधिको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं, कार्की तयार, बालेनको पनि समर्थन

    काठमाडौं - जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ । एक उच्च सैनिक अधिकृतले भने, ‘उहाँहरूले सम्माननीयज्यूको नाम लिनु भएको छ, यद्यपि अझै अर्को समूहसँग समेत कुरा भइरहेको छ ।’ सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ । बुधबार दिनभर जनेजी युवाले...

  • २०८२ भाद्र २५, बुधबार

    नयाँ नेतृत्वका लागि सुशिला कार्कीलाई बालेन्द्र शाहको समर्थन

    काठमाडौं - आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन् । जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् । बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव...

  • २०८२ भाद्र २५, बुधबार

    प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश कार्की सिफारिस, जेनजीले अघि सारे साझा माग

    काठमाडौँ - डिस्कोर्डमा प्रायः दिनभर चलेको जेन जी युवाहरूको छलफलबाट आगामी अन्तरिम सरकारको नेतृत्वमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्ने सहमति जुटेको छ । भोटिङ पोल मार्फत सर्व स्वीकार्य नेतृत्वको रूपमा कार्कीको नाम टुङ्ग्याइएको हो । जेन जी आन्दोलनकर्मीहरूले आजै कार्कीको नाम प्रधान सेना पति समक्ष सिफारिस गर्ने बताइएको छ । प्रधान सेनापतिले देशको अन्तरिम प्रधानमन्त्री नियुक्तिका...

  • २०८२ भाद्र २५, बुधबार

    झलनाथ पत्नी बोल्नसक्ने अवस्थामा

    काठमाडौं । जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइदिएका थिए । त्यसवखत झलनाथ घरबाहिर थिए भने पत्नी रविलक्ष्मी घरमै थिइन् । घरबाट समयमै बाहिर...

  • २०८२ भाद्र २५, बुधबार

    जेनजीको एउटा समूह वृहद भर्चुअल वैठकमा

    काठमाडौं - राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले जेन जीहरू आफ्नो एजेन्डाहरू बनाउन भर्चुअल छलफलमा जुटेका छन् । डिस्कोर्डमा ३२ सय भन्दा बढी युवाहरू एजेण्डामाथि छलफल गरिरहेका हुन् । छलफलमा उनीहरूले अब कसरी अगाडि बढ्ने रु शासकीय स्वरूप कस्तो हुने रु कार्यकारीको शासन अवधि कति हुने रु भन्ने लगायतका विषयमा छलफल गरिरहेका छन् । यस्तै, उनीहरूले वार्ताका लागि कसलाई पठाउने, नेतृत्वमा कसलाई...

  • २०८२ भाद्र २५, बुधबार

    प्रधानसेनापतिसँग सैद्धान्तिक कुरा नमिलेपछि जेनजीसँग सहमति जुटेन

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापतिसँगको जेन जीका प्रतिनिधिको पछिल्लो छलफलमा सहमति नजुटेको बताइएको छ। प्रधानसेनापतिसँगको छलफलबाट बाहिर निस्केको भन्दै जेन जी प्रतिनिधि रक्षा बमले केही सैद्धान्तिक कुरा नमिलेको बताएकी छन्।  म आजको छलफलबाट बाहिर निस्किसकेँ है, उनले भनेकी छन्, हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ। यसअघि गए राति पनि उनै बमसहित जेन जीका ९ प्रतिनिधि र...

  • २०८२ भाद्र २५, बुधबार

    सुन्धारा कारागारबाट ३३ सय कैदी फरार, टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पनि भागे

    काठमाडौं - सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बतायो । त्यसैगरी महिला बन्दी गृहमा एक सयको हाराहारीमा कैदीबन्दी छन् । सेन्ट्रेल कारागारमा भने करिब ३ सयको हाराहारीमा कैदी रहेका छन् । भद्र बन्दीगृहमै रहेका टोपबहादुर रायमाझी पनि भागेको स्रोतले...

  • २०८२ भाद्र २५, बुधबार

    टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा ३ दिन नि:शुल्क

    काठमाडौं । नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो । नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउनका लागि प्रदान गरिएको जानकारी दिए । यो सुविधाका लागि ग्राहकहरूले डेटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी र भ्वाइस कल सेवा...

Pages