-
२०८२ भाद्र २७, शुक्रबार
संसद् विघटनको कारण हुन सकेन सहमति
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका निम्ति निरन्तर परामर्शमा जुटेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका निम्ति उनी शुक्रबार (भदौ २७) परामर्शमा जुटेका हुन् । राष्ट्रपति, प्रधानसेनापति र आन्दोलनकारी जेन-जीका प्रतिनिधि भएको वार्तामा कार्की र सुदन गुरुङले संसद् विघटन गर्नैपर्ने अडान राखेका छन् । तर प्रधानमन्त्रीको शपथ गराएर या त्यसपछि भन्ने...
-
२०८२ भाद्र २७, शुक्रबार
दुई दर्जन होटेलमा क्षति, कुल २५ अर्बको क्षति भएको प्रारम्भिक अनुमान
काठमाडौं - होटल संघ नेपाल (हान)ले यसै हप्ता भएको सफल परिवर्तनकारी आन्दोलनको क्रममा झण्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको जनाएको छ। संकलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा ठूलो क्षति भएको...
-
२०८२ भाद्र २७, शुक्रबार
नेपाली सेनाले बरामद गर्याे १३५ थान हतिहार
काठमाडौं - नेपाली सेनासहितका सुरक्षाकर्मीले विभिन्न स्थानबाट अहिलेसम्म १३५ थान हतियार बरामद गरेको छ। गएको बुधबार भएको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार सेनाले बरामद गरेको हो। त्यसैगरि झापाको भद्रपुर नगरपालिका-८ स्थित हस्पिटल चोकमा फेला परेको शंकास्पद बस्तुलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ। काठमाडौंको महाराजगञ्ज इलाकाबाट विभिन्न मोवाइल तथा विदेशी मुद्रासहित दुई जना शंकास्पद...
-
२०८२ भाद्र २७, शुक्रबार
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
काठमाडौं - जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए । बाल सुधार गृहमा...
-
२०८२ भाद्र २७, शुक्रबार
जेन–जी युवा पुस्ताको आन्दोलनबाट देशमा परिवर्तन आएकै हो !
जेन–जी, मात्र समयावधि मात्र हो । नबुझेर कसैले “जेन–जी” लाई पार्टीको रुपमा लिए । जेन–जी युवा पुस्ता अर्थात् जेनेरेशन जेड । सन् १९९७ देखि २०१२ को अवधिमा जन्मिएका युवा पुस्ता । पूर्ण रुपमा डिजिटल युगमा जन्मेका डिजिटल नाटिभ्स । मोबाइल, इन्टरनेट, सामाजिक संजाल नै दैनिक जीवनको हिस्सा । विविधता, समावेशीता तथा सामाजिक न्यायमा बढी सजग पुस्ता । भाद्र २३ गते सोमबार देशभर भएको जेन–जीको प्रदर्शनको मात्र...
-
२०८२ भाद्र २७, शुक्रबार
मध्यरातको सहमति : सुशीला कार्की सरकार प्रमुख बन्ने
काठमाडौँ - शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे । यसअघि जेन-जी समूहकाेतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशाेकराज सिग्देल , सुशीला...
-
२०८२ भाद्र २७, शुक्रबार
ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा महाराजगञ्जमा दीप प्रज्वलन गरिएको छ। विहीबार साँझ मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र उनीहरूको योगदानको कदर गर्न सर्वसाधारण भेला भएका थिए। दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले मृतकहरूको तस्बिर राखी मैनबत्ती बालेर मौन धारण गरेका थिए। उनीहरूले आन्दोलनका क्रममा भएका मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको...
-
२०८२ भाद्र २६, बिहिबार
भोलि बिहान ११ बजेदेखि निषेधाज्ञा, राति कर्फ्यू
काठमाडौं - नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ । सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ । बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत...
-
२०८२ भाद्र २६, बिहिबार
पाँचखालबाट नेपाली सेनाको टोली काठमाडौं पठाइयो
काठमाडौं - काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौं पठाइएको छ । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौं पठाइएको हो । काठमाडौंमा गत सोमबार र मंगलबार भएको ध्वंसात्मक प्रदर्शनका कारण नेपाली सेनाले सुरक्षा नेतृत्व हातमा लिएको थियो । अहिले पनि राजधानी लगायत देशभर निषेधाज्ञा चलिरहेको छ । यसैबीच...
-
२०८२ भाद्र २६, बिहिबार
देशभर पेट्रोलियम पदार्थको स्टक पर्याप्त
काठमाडौं - देशभर पेट्रोलियम पदार्थ स्टक पर्याप्त रहेको नेपाल आयल निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार स्टक पर्यात रहेको छ । उनले भने, सोमबारबाट सुरु भएको जेनजी आन्दोलन चर्किएपछि भारतीय नाकामा कडाइ गरेको थियो । तर पाइपलाइनबाट भने आपूर्ति नरोकिएको उनको भनाइ छ । ‘आज बिहानैदेखि भन्सार नाकाबाट पेट्रोलियम पदार्थ बोकेका गाडीहरू छुट्न थालेका छन्,’। पाइपलाइनबाट पनि...
-
२०८२ भाद्र २६, बिहिबार
कारागार विभागले भन्यो : भागेका कैदीबन्दी तत्काल फर्किनू
काठमाडौं - कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दी र बालबन्दीहरूलाई तत्काल सम्पर्कमा आउन सूचना जारी गरेको छ । विभागले जेनजी आन्दोलनका नाममा भएको प्रदर्शनका दौरान देशभरका कारागार कार्यालय तथा बालसुधार गृहबाट भागेका कैदीबन्दी र बालबन्दीलाई फर्किन भन्दै अन्यथा कारबाही हुने चेतावनी दिएको छ । विभागका निर्देशन चोमेन्द्र न्यौपानले बिहीबार एक सूचना जारी गर्दै भागेका त्यस्ता कैदीबन्दी र बालबन्दी अर्को...
-
२०८२ भाद्र २६, बिहिबार
काठमाडौं तीनकुनेमा दुई जना मृत फेला
काठमाडौं - काठमाडौंको तीनकुनेमा दुई जना मृत भेटिएका छन् । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । मृतक दम्पतीको परिचय खुलेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने जिल्ला प्रहरी परिसर...


