-
२०८२ भाद्र २९, आइतबार
प्रधानमन्त्री कार्कीलाई बदलाको भावनाभन्दा माथि उठेर काम गर्न सुनिता डंगोलको सुझाव
काठमाडौँ - काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएकी छिन् । साथै उनले बदलाको भावनाभन्दा माथि उठेर काम गर्न पनि सुझाव दिएकी छिन् । उनले भनेकी छिन्–'यो तपाईँका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेन जी लगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरूप...
-
२०८२ भाद्र २९, आइतबार
सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
रास्वपाकी पूर्वसहमहामन्त्री एवं निवर्तमान सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । संचारमाध्यमलाई उनले यस्तो भनेकी छन्: कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो,...
-
२०८२ भाद्र २९, आइतबार
जेन–जीको नेता दाबी गर्ने सुधन गुरुङको पत्रकार सम्मेलनमा लफडा
जेन–जी आन्दोलनका बारेमा काठमाडाैंको रिपोर्टस् क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भाँडभैलो मच्चिएको छ । आफूलाई आन्दोलनको अगुवा दाबी गरेका सुधन गुरुङले पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकारहरूसँग चर्काचर्की परेपछि सुरु भएको विवाद कुटाकुटमा परिणत भएको हो । गुरुङलाई जेन–जी आन्दोलन 'हाइज्याक' गरेको आरोप लागिरहेको छ ।
-
२०८२ भाद्र २९, आइतबार
जेन–जीद्वारा ध्वस्त कीर्तिपुर नगरपालिका संचालन हुने, लुटपाटका सामाग्री फिर्ता गर्न आह्वान
जेन–जी युवा पुस्ताको आन्दोलनका क्रममा भाद्र २४ गते मंगलवार तोडफोड एवं आगलागीका कारण ध्वस्त भएको कीर्तिपुर नगरपालिका पुनः संचालन गरी विभिन्न सेवाहरु प्रदान गर्ने जानकारी कीर्तिपुर नगरपालिकाले दिएको छ । कीर्तिपुर नगरपालिकाले आकस्मिक सेवा संचालन सम्बन्धमा शीर्षक राखी भाद्र २९ गते आइतबार एक पत्र सार्वजनिक गरी उक्त जानकारी दिएको हो । सार्वजनिक भएको पत्रमा भनिएको छ, “मिति २०८२ भाद्र २३ र २४ गतेका दिन...
-
२०८२ भाद्र २८, शनिबार
काठमाडौँमा कर्फ्यु र निषेधाज्ञा हट्यो
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको हो । विज्ञप्तिमा सुरक्षा संवेदनशीलताको आधारमा भदौ २६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै रहेको जनाइएको छ ।
-
२०८२ भाद्र २८, शनिबार
जेल फर्किन रवि लामिछानेसहितका कैदीबन्दीलाई ताकेता
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका कैदीबन्दीलाई कारागार फर्किन नख्खु कारागार ललितपुरले सूचना जारी गरेको छ । रास्वपा सभापति लामिछानेको हकमा पनि सोही सूचना लागू हुने जानकारी कारागार स्रोतले जनाएको छ । नख्खु कारागारबाट जेन–जी आन्दोलनका क्रममा १ हजार २ सय ८० कैदीबन्दी फरार भएका थिए । यद्यपि लामिछानेले आफू कारागारबाट निस्किन नचाहँदा नचाहँदै पनि भीड बढेपछि...
-
२०८२ भाद्र २८, शनिबार
“जेन–जी युवापुस्ताको बलिदान र योगदानले देशमा परिवर्तन आएको छ”, बालेन भन्छन्
काठमाडौं/जेन–जी युवापुस्ताको बलिदान र योगदानका कारण देशले परिवर्तन पाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले बताएका छन् । मेयर बालेनले जेन–जी युवापुस्ताको योगदान अमूल्य रहेको पनि उल्लेख गरेका छन् । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेनले यस्तो लेखेका हुन् । मेयर बालेनले जेन–जी युवापुस्ताको योगदानले...
-
२०८२ भाद्र २८, शनिबार
कार्की प्रम भएलगत्तै प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन्। प्रधानमन्त्री कार्कीले विघटनको सिफारिस गरेपछि राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि चुनाव मिति तोकेका छन्। कार्कीलाई युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त गरिएको थियो र उनले पहिलो मन्त्रिपरिषद् बैठकबाट संसद् भंग गरेकी हुन्। राष्ट्रपति रामचन्द्र...
-
२०८२ भाद्र २७, शुक्रबार
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
काठमाडौँ - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,...
-
२०८२ भाद्र २७, शुक्रबार
सुशीला कार्कीलाई प्नधानमन्त्री बनाएपछि माओवादीको भर्त्सना
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रमुख सुशीला कार्कीलाई बनाएकोमा नेकपा माओवादी केन्द्रले भर्त्सना गरेको छ । सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथ लिने तयारी गरिरहेको बेला शुक्रबार माओवादी केन्द्रकाे पदाधिकारीको भर्चुअल बैठकले भर्त्सना गरेको हो । 'जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत सरकार प्रमुख...
-
२०८२ भाद्र २७, शुक्रबार
संविधानको धारा ६१ अनुसार सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् । नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा...
-
२०८२ भाद्र २७, शुक्रबार
अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई बनाउने सहमति, आजै शपथ
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो ।...


