STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ आश्विन ३१, शुक्रबार

    “ओलीको असक्षमता र असफलता : अरुलाई दोष दिएर उम्कन खोज्नु गलत पाईला” – डा. सुरेन्द्र मानन्धर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं केन्द्रीय कमिटीको बैठक असोज २९ गतेदेखि चलिरहेको छ भने आज असोज ३१ गते शुक्रबार समापन हुँदैछ ।  एमालेको उक्त दशौं केन्द्रीय कमिटीको बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य कीर्तिपुर निवासी डा. सुरेन्द्र मानन्धरले आफ्नो धारणा एवं राजनीतिक मत प्रस्तुत गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिएर एमालेका सहयोद्धाहरुलाई विश्वास...

  • २०८२ आश्विन ३०, बिहिबार

    ओली–लेखक, सुदन–बालेनविरुद्धको उजुरीमा तत्काल कारबाही अगाडी नबढ्ने

    काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनमा दमन गरेको भन्दै परेको उजुरी तामेलीमा राख्ने तयारी भएको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले उजुरी दर्ता गरेर तत्काल पक्राउ गर्न भनेपनि सुरक्षा प्रमुखहरूले तत्काल यसो गरे शान्ति सुरक्षाको अवस्था बिग्रने अडान लिएका थिए। ‘सुरुमा उहाँहरू उजुरी दर्ता गरेर तत्काल कारबाही अगाडी...

  • २०८२ आश्विन ३०, बिहिबार

    पेट्रोलको मूल्य घट्यो

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको छ। बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको निगमले जनाएको छ। निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटेको छ। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका...

  • २०८२ आश्विन ३०, बिहिबार

    नेपाल टी–२० विश्वकपमा छनोट, ओमान ३८ रनबाट पराजित

    काठमाडौं - नेपाल र ओमानले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् । ओमानमा जारी एसिया, इस्ट एसिया क्षेत्र विश्वकप छनोट प्रतियोगितामा शीर्ष दुईमा रहने पक्का भएसँगै नेपाल र ओमान विश्वकपमा पुगेका हुन् । नेपाल लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक विश्वकपमा पुगेको हो । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । त्यसपछि सन् २०२४ मा अमेरिका र...

  • २०८२ आश्विन २९, बुधबार

    काठमाडौं महानगरमा एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान

    काठमाडौं - काठमाडौं महानगरपालिकाभित्र एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान गर्न शुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट उक्त प्रणाली जडान प्रारम्भ गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा ०९-लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै बुधवार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ...

  • २०८२ आश्विन २९, बुधबार

    अमर कलाकार स्वतन्त्र संसार महर्जनको आत्मकथा " झीरमा उनेको मान्छे" लोकार्पण हुने

    आफ्नो कलाकारिता प्रतिभा प्रस्तुत गर्दै जीवनमा गन्तव्य तिर यात्रारत कलाकार स्वतन्त्र संसार महर्जन दैवको लीला अपरम्पार भने जस्तै गत असार २८ गते  अकस्मात् यो संसारबाट बिदा भए । आफ्नो जीवनकालमा कथं एउटा असाध्य रोगसंग जुझिरहेका स्वतन्त्र संसार महर्जन कलाकारिताको उन्नयन  ह्वील चेयर र सहयोगीको सहयोग मा निरन्तर कलाकारिता क्षेत्रमा समर्पित व्यक्तित्व थिए भने स्वतन्त्र संसार महर्जनले  संसार क्रियसन्स नेपाल...

  • २०८२ आश्विन २९, बुधबार

    'त्रिनेत्रधारी’ शिवभजन लिएर आइन निता आचार्य

    'त्रिनेत्रधारी’ बोलको शिवभजन लिएर गायिका निता आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । भक्तिपूर्ण भावनाले भरिएको यस भजनमा गायिकाको भक्ति, समर्पण र भावप्रवण प्रस्तुतिले गीतलाई अझ मार्मिक र प्रभावशाली बनाएको छ । गोविन्द राईको निर्देशन तथा कोरियोग्राफी रहेको भजनको छायांकन र सम्पादन अञ्जय खड्काले गर्नुभएको हो । भिडियोमा गायिका निताका साथमा बालकलाकार महर्षि घिमिरेको समेत अभिनय देख्न सकिन्छ । महर्षि...

  • २०८२ आश्विन २९, बुधबार

    कांग्रेसको नेतृत्वको कार्यकारी भूमिकाबाट शेरबहादुर देउवाको बिदाइ

    काठमाडौँ - दशक लामो कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवा औपचारिक रुपमा मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट बिदा भएका छन् । आगामी १५ औं महाधिवेशनमा विधानले उनलाई उम्मेदवार हुन दिनेछैन तर देउवा स्वयंले भने केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मंगलबार अब आफू उम्मेदवार नहुने घोषणा गरे । पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्न देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापतिको...

  • २०८२ आश्विन २९, बुधबार

    जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाहीको मागसहित सर्वोच्चमा १४ रिट

    काठमाडौं - भदौ २३ मा जेनजी आन्दोलनमा दमन गर्नेलाई फौजदारी अनुसन्धानमा ल्याएर कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा १४ वटा रिट पेस भएका छन् ।  सर्वोच्चमा आएका १४ वटा रिटमध्ये १० वटा संसद् विघटन, अन्तरिम सरकार गठन असंवैधानिक भएको भन्दै रिट पेस भएका छन् । चारवटा रिट भने मौलिक हकसँग सम्बन्धित रहेको र रिट दर्ताबारे छलफल भइरहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।  युवराज...

  • २०८२ आश्विन २८, मंगलबार

    वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दुर्गा प्रसाईंको दाबी

    काठमाडौं - राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन्। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशमा राजाको आवश्यकता अपरिहार्य रहेको बताए। 'राजा भनेको सबैलाई जोडेर राख्ने हो,' उनले भने, 'धर्म भनेको देशको संविधान जस्तै हो। हामीलाई यस्तो संविधान चाहिँदैन।' उनले वर्तमान...

  • २०८२ आश्विन २८, मंगलबार

    विपिन जोशीको मृत्यु भएको पुष्टि, शव हस्तान्तरण गरिने

    काठमाडौँ - हमासद्वारा मारिएका विपिन जोशीको शव आजै हस्तान्तरण गरिने भएको छ । हमासको सशस्त्र शाखा कसम ब्रिगेडले आज चार जना बन्दीको शव हस्तान्तरण गर्ने बताएको छ । हमासको उक्त सशस्त्र समूहले एक विज्ञप्ति जारी गर्दै विपिन मृतक बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी, र डेनियल पेरेजको रूपमा गरेको छ। विज्ञप्तिमा उनीहरूको शव आज हस्तान्तरण गरिने बताइएको छ। यसअघि हमासले गाजामा रहेका सबै २० जना जीवित...

  • २०८२ आश्विन २८, मंगलबार

    चाडपर्वमा उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको निर्देशन

    काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालीहरूको महान चाड तिहार र छठ पर्वलाई लक्षित गर्दै बजारमा हुने गतिविधिहरूलाई स्वच्छ र पारदर्शी बनाउन अनुगमनमा कडाइ गर्ने भएको छ।  विभागले चाडपर्वका अवसरमा उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा मूल्य स्थिरता कायम राख्न प्रयासरत रहेको बताएको छ। विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बजारमा माग र आपूर्तिबिच सन्तुलन कायम गरी मूल्य स्थिरता...

Pages