STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ आश्विन २८, मंगलबार

    क्रोधकला शिरोमणि कालु कुमालेको जीवनीमा आधारित म्युजिक भिडियो सार्वजनिक

    क्रोधकला शिरोमणिका रुपमा सुप्रसिद्ध प्राज्ञ कालु कुमाले कुम्हा: ज्यूको ९३ औं वर्ष प्रवेशको अवसरमा  क्रोधकला शिरोमणि फाउन्डेसनको प्रस्तुति स्वरुप "शान्त स्वभावका" शिर्षककाे म्युजिक भिडियो सोमबार एक समारोहमा प्रिमियर गरिएको छ । किर्तिपुर सिनेप्लेक्स हलमा सम्पन्न सो समारोहमा  क्रोधकला शिरोमणि कालु  कुम्हा: लाई समान गर्नु हुँदै कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्ण मान डंगोलले उहाँ नेपालको मुर्तिकला...

  • २०८२ आश्विन २६, आइतबार

    यूएईसँगको खेलमा नेपाललाई १ रनको रोमाञ्चक जित

    काठमाडौं - आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए । एक समय ८२-१ को बलियो अवस्थामा रहेको यूएईमाथि त्यसपछि नेपालले...

  • २०८२ आश्विन २६, आइतबार

    चार जेनजी मन्त्रीहरूको नाम टुंगो लाग्यो

    काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । शुक्रबार साँझ प्राप्त जानकारी अनुसार, मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ । जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु...

  • २०८२ आश्विन २६, आइतबार

    एक्कासी टाउको दुख्ने र वान्ता हुने भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौं - स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । शनिबार शीतल निवासमा जेनजी प्रतिनिधिसँगको वार्ताका क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । यससँगै राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग सोमबारमात्रै वार्ता गर्ने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए । शनिबार जेनजीका...

  • २०८२ आश्विन २६, आइतबार

    नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ३१ महिला र १४ पुरुष पक्राउ

    काठमाडौं - नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी...

  • २०८२ आश्विन २३, बिहिबार

    जेनजी अभियन्ता डा. निकोलस भुसाल माइतीघरबाट पक्राउ

    काठमाडौं - माइतीघर मण्डलामा आन्दोलन गर्न गएका जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् । जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन । जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो...

  • २०८२ आश्विन २३, बिहिबार

    क्षतिग्रस्त बीपी राजमार्ग अनुगमन गर्दै कुलमान

    काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीपहिरोले विनाश गरेको बीपी राजमार्गको अनुगमन गरेका छन् । मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको प्राविधिक टोली लिएर घिसिङ अनुगमनमा पुगेका हुन् । उनले आज रोशीको बाढीले बितण्डा मच्चाएको चौकीडाँडा क्षेत्रको निरीक्षण गरे । त्यहाँको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन बनाएर सञ्चालन गर्न लागिएको छ । संघीय...

  • २०८२ आश्विन २३, बिहिबार

    माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा

    काठमाडौं - माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन...

  • २०८२ आश्विन २३, बिहिबार

    छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँ जात्रा सुरु

    काठमाडौं- ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोल टोलमा रथ (खट) घुमाएर बुधबार हाँडीगाउँको जात्रा मनाइएको छ । विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडादसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा मनाइँदै आएको छ । विश्वकर्माले बनाएका यी त्रिदेवको एकै पटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा...

  • २०८२ आश्विन २३, बिहिबार

    माइतीघरमा गर्ने भनिएको जेनजीको प्रदर्शन स्थगित

    काठमाडौं - जेनजी आन्दोलनसँग सम्बन्धित एउटा समूह NTEK–Z ले भोलि राजधानीको माइतीघरमा गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित भएको छ। संस्थाका केन्द्रीय पदाधिकारीहरुको बुधबार बसेको बैठकले आन्दोलनमा अराजक तत्वहरू प्रवेश गर्न सक्ने र अप्रिय घटना हुन सक्ने आशंकाका कारण भोलिको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाइएको छ । बैठकपछि सो समूहले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'विभिन्न किसिमका...

  • २०८२ आश्विन २३, बिहिबार

    मलेसियालाई हराउँदै नेपालले जित्यो महिला टी-२० शृंखला

    काठमाडौं - अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो।  योसँगै नेपालले ३.२ ले सिरिज जितेको हो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्‍यो।  यसअघि नेपाल दोस्रो र चौथो खेलमा ६ विकेटले विजयी भएको थियो। पहिलो खेलमा भने नेपाल ३ रन र तेस्रो...

  • २०८२ आश्विन १४, मंगलबार

    वेस्ट इन्डिजविरुद्धको शृंखला नेपाललाई, नेपाली क्रिकेटकै ऐतिहासिक जित

    काठमाडौं - लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ । दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पारेको हो । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज १७ ओभर १ बलमा ८३ रनमा समेटियो ।नेपालको जितमा आदिल आलमले उत्कृष्ट बलिङ गरे। लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका आदिलले पहिलो खेलमै आफूलाई प्रमाणित...

Pages