STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ कार्तिक २४, सोमबार

    डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता”सार्वजनिक

    विगत ४२ बर्ष मानसिक स्वास्थ्य क्षेत्रसहित ५२ बर्षदेखि चिकित्सा क्षेत्रमा सक्रियवरिष्ठ मनोचिकित्सक तथा नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा. निराकारमान श्रेष्ठको पुस्तक सङ्घर्षबाट सफलता – जीवनका अनुभव र अनुभूतिहरु सार्वजनिक भएको छ ।  डा. श्रेष्ठले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनका उतारचढाव समेटेर आफ्नो आत्मकथा पुस्तकमा उतार्नुभएको हो । पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ बालरोग तथा...

  • २०८२ कार्तिक २३, आइतबार

    चलचित्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    राष्ट्रिय चलचित्र दिवस–२०८२ को अवसरमा चलचित्र विकास बोर्डबाट आयोजना गरिएको रक्तदान कार्यक्रम अाइतबार  सम्पन्न भएको छ । यो सामाजिक कार्यक्रमले नेपाली चलचित्र क्षेत्रको मानवीय र जिम्मेवार पहिचानलाई उजागर गरेको छ। रेडक्रस केन्द्रीय रक्तसञ्चार संगको सहकार्यमा सञ्चालन भएको सो रक्तदान कार्यक्रममा एकैपटक १२ जनाले रक्तदान गर्ने  व्यवस्था मिलाइएको थियो भने  २०० भन्दा बढि चलचित्रकरूमीको उपस्थिति रहेको...

  • २०८२ कार्तिक २२, शनिबार

    ‘चलचित्र पत्रकार’ लोकार्पणमा चलचित्र पत्रकारिताबारे बहस

    नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार’ पुस्तक शुक्रबार लोकार्पण गरिएको छ । चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित सो पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी), चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, निर्माता सङ्घका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष...

  • २०८२ कार्तिक २२, शनिबार

    चलचित्रकर्मिहरु र निर्माताहरूको मन्त्री खरेलसँग भेट

    नेपाली चलचित्र उद्योगको दिगो विकास र प्रवर्द्धनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको आयोजना तथा  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्वमा शीर्ष कलाकार, निर्देशक, निर्माता तथा संघसंस्थाका प्रतिनिधिहरूले  मन्त्री खरेलसँग मन्त्रालयमा भेटघाट गरी विभिन्न ठोस प्रस्ताव पेस गरेका छन्। भेटमा चलचित्रलाई मनोरञ्जन मात्र नभई रोजगार, पर्यटन र राष्ट्रिय पहिचानको अभिन्न अंगका रूपमा...

  • २०८२ कार्तिक १९, बुधबार

    बरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान ।

    नेपालको गीतसंगीत क्षेत्रका वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण गरिएको छ । बुधबार अनामनगर स्थित डालो रेष्टुरेन्टमा सम्पन्न एक विशेष समारोहबीच  उहाँलाई मिलाप मासिकको कात्तिक अङ्कको अावरण अंकित सम्मान अर्पण गरिएको हो ।  मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहाल, विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका...

  • २०८२ कार्तिक १९, बुधबार

    नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

    काठमाडौं - आइसीसी विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट क्षतिमा २३९ रन जोड्यो । बलियो स्कोरतर्फ लम्किँदै गर्दा दुईवटा रनआउटले नेपालको गतिमा ब्रेक लगाइदिएको थियो । राम्रो लयमा देखिएका आसिफ शेख र दीपेन्द्रसिंह ऐरी रनआउट भएका थिए । आउट हुनुअघि आसिफले ३४ रन र दीपेन्द्रले ३७ रन जोडेका थिए । नेपालका लागि भीम सार्कीले...

  • २०८२ कार्तिक १९, बुधबार

    सहकारी ठगको तीनपुस्ते सम्पत्ति छानबिन गरिने

    काठमाडौं - सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रकम ठगी गरी कानुनी छिद्रको फाइदा उठाउँदै उम्किने सञ्चालकहरूमाथि कडा कानूनी कारबाहीको तयारी थालिएको छ । सहकारी ठगीमा संलग्न सञ्चालक र उनीहरूका तीन पुस्तासम्मको सम्पत्ति छानबिन गरी बचत फिर्ता गराउने प्रावधानसहितको कानूनको मस्यौदा तयार पारिएको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तयार पारेको उक्त मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...

  • २०८२ कार्तिक १९, बुधबार

    प्रधानमन्त्रीमा कार्की नियुक्त विरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकियो

    काठमाडौं - प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदीसहितको संवैधानिक इजलासमा पेसी तोकिएको हो ।  गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा...

  • २०८२ कार्तिक १९, बुधबार

    राहदानी विभागमा थेगिनसक्नु भीड

    काठमाडौं - त्रिपुरेश्वरस्थित राहदानी विभागमा यतिबेला राहदानी बनाउनेहरूको ठूलो घुइँचो देखिएको छ। जेनजी आन्दोलन र दसैँ–तिहारलाई मुख्य कारण मान्दै विभागका अधिकारीहरूले भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको बताएका छन्। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भीड बढ्नुका मुख्य तीन कारण रहेको बताएका छन्। पहिलो, जेनजी आन्दोलनका क्रममा करिब ६ हजार राहदानी जलेर...

  • २०८२ कार्तिक १९, बुधबार

    नेपाल-भारतबीच विद्युत आदानप्रदान र नयाँ अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी सातबुँदे सहमति

    काठमाडौं - नेपाल-भारतबीच विद्युत् आदानप्रदान, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा सातबुँदे सहमति भएको छ।  नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव तथा भारत सरकारको केन्द्रीय विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर भगवान् सहाय बैरवाको सहअध्यक्षतामा भएको बैठकले सातबुँदे सहमति गरेको हो ।  यस्तो छ सहमतिमा जुटेको ७ बुँदाहरु १....

  • २०८२ कार्तिक १९, बुधबार

    काठमाडौँका यी १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

    काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो। मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका...

  • २०८२ कार्तिक १८, मंगलबार

    हितेन्द्रको रिटमा कारण देखाउ आदेश

    काठमाडौं - सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको भन्दै दायर भएको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । । सरकारलाई विपक्षी बनाएर शाक्यले सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको...

Pages