STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हितेन्द्रको रिटमा कारण देखाउ आदेश

Janjati Khabar – Janjati Khabar | २०८२ कार्तिक १८, मंगलबार

काठमाडौं - सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको भन्दै दायर भएको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । ।

सरकारलाई विपक्षी बनाएर शाक्यले सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै आफूलाई पुनर्बहालीको माग सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनलाई अघिल्लो सरकारले ४ वर्षको लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारका ऊर्जा मन्त्री कुलमान घिसिङले शाक्यलाई सरुवा गरेका थिए ।

प्राधिकरणबाट सरुवा गरेर शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेको थियो । आन्दोलनपछि गठन भएको सरकारले सुनुवाइको सामान्य मौका समेत नदिई जिम्मेवारीबाट हटाई अन्यत्र जिम्मेवारी तोकेको भन्दै न्यायको लागि हितेन्द्र सर्वोच्च अदालत गएका थिए ।शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास हो।

अभियानले जारी गरेको विज्ञप्तिमा माओवादी आन्दोलनपछि नेपालमा कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको र नेताहरू सत्ता तथा स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको उल्लेख छ। शर्माले माओवादी शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक घुम्ती भने पनि त्यसपछि दलाल पुँजीवादको संसदीय प्रणालीमा भासिँदा आन्दोलनको आत्मा कमजोर भएको बताएका छन्।

विज्ञप्तिमा लेखिएको छ, ’हाम्रो नेतृत्वले नीतिहीनतालाई नै नीति बनायो। क्रान्तिकारी आदर्श र जीवन मूल्यहरू क्षय हुँदै गए। अब नयाँ पुस्तालाई वैचारिक शस्त्र र शास्त्रसहित सुसज्जित गर्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्छ।’

शर्माले नेपालका मजदुर, किसान, उत्पीडित जाति, लिङ्ग र क्षेत्रका जनताको पक्षमा बोल्ने नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याएका छन्। उनका अनुसार हालका मुख्य दलहरू जनताको दृष्टिमा विश्वास गुमाइसकेका छन् र नयाँ पुस्ताले इतिहासको भार वहन गर्न तयार हुनुपर्छ।

अभियानले नेपाललाई स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य बनाउने लक्ष्य राखेको छ। शर्माले विश्व पुँजीवादका सिक्रीहरू तोड्दै “नेपाली विशेषतायुक्त समाजवाद” निर्माणमा जोड दिएका छन्।

शर्माले सबै वाम, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकजुट हुन आह्वान समेत गरेका छन्। ’यो देशलाई निराशाबाट आशातर्फ लैजान, समानता र स्वाधीनताको मार्गमा अघि बढाउन, नयाँ पुस्ताको हातमा भविष्य सुम्पनु हाम्रो साझा जिम्मेवारी हो’, विज्ञप्तिमा भनिएको छ । 

Categorized in राष्ट्रिय