STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ कार्तिक २३, आइतबार

राष्ट्रिय चलचित्र दिवस–२०८२ को अवसरमा चलचित्र विकास बोर्डबाट आयोजना गरिएको रक्तदान कार्यक्रम अाइतबार  सम्पन्न भएको छ । यो सामाजिक कार्यक्रमले नेपाली चलचित्र क्षेत्रको मानवीय र जिम्मेवार पहिचानलाई उजागर गरेको छ।

रेडक्रस केन्द्रीय रक्तसञ्चार संगको सहकार्यमा सञ्चालन भएको सो रक्तदान कार्यक्रममा एकैपटक १२ जनाले रक्तदान गर्ने  व्यवस्था मिलाइएको थियो भने  २०० भन्दा बढि चलचित्रकरूमीको उपस्थिति रहेको कार्यक्रमले सहभागिता, समन्वय र सामाजिक उत्तरदायित्वप्रतिको उद्योगको प्रतिबद्धता प्रष्ट देखाएको छ।

कलाकार, निर्देशक, निर्माता, प्राविधिकदेखि चलचित्र पत्रकारसम्मको सक्रिय उपस्थितिले कार्यक्रमलाई चलचित्र समुदायको साझा उत्सव बनाइदिएको थियो ।

कुनै चलचित्र महोत्सवभन्दा पनि बढी उत्साह देखिएको यस रक्तदान कार्यक्रमले “नेपाली चलचित्रकर्मी पर्दामा मात्र होइन रियल लाइफमा पनि नायक बन्न सक्छन्” भन्ने सन्देश  पुऱ्याइदिएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले रक्तदान कार्यक्रममा “चलचित्रकर्मीहरूको सामाजिक सहभागिता नै हाम्रो वास्तविक शक्ति हो। र रक्तदानजस्तो मानवीय कार्यले चलचित्र क्षेत्रको राष्ट्रिय योगदानलाई अझ मजबुत बनाएको छ।” भन्ने उदगार पोख्नु भयो । बोर्डले आगामी दिनहरुमा पनि चलचित्रकर्मिहरुको स्वास्थ्य संग सम्बन्धित यस्ता प्रभावकारी सामाजिक गतिविधिलाई निरन्तरता दिने घोषणा गरेको छ।

Categorized in सिनेमा