relans
ni new 83
nib 2082 5

बरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान ।

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ कार्तिक १९, बुधबार

नेपालको गीतसंगीत क्षेत्रका वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण गरिएको छ । बुधबार अनामनगर स्थित डालो रेष्टुरेन्टमा सम्पन्न एक विशेष समारोहबीच  उहाँलाई मिलाप मासिकको कात्तिक अङ्कको अावरण अंकित सम्मान अर्पण गरिएको हो ।  मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहाल, विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह, अग्रज पत्रकार सानु श्रेष्ठ, टिका गोपाल एम क्रियशन अध्यक्ष गीता सिंह, पत्रकार किशन अर्याल, अनुप सिंह लगायतको आतिथ्यतामा उक्त  सम्मान अर्पण गरिएको थियो । कार्यक्रमको सहजिकरण निर्देशक माधव खरेलले गर्नु भएको थियो ।

Categorized in साहित्य-कला
ppp 2