STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ आश्विन १४, मंगलबार

    काठमाडौंको भीमसेनस्थानमा आगलागी

    काठमाडौँ - काठमाडौंको भीमसेनस्थानमा सोमबार बिहान आगलागी भएको छ । बिहान ३ बजेदेखि घरमा आगलागी सुरु भएको  हो ।  दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले आगो निभाइरहेका छन् । आगलागीको कारण खुलिसकेको छैन  ।

  • २०८२ आश्विन १४, मंगलबार

    पाटनमा दुर्लभ महान् कथिन चीवरदान उत्सव हुने

    बुद्ध जयन्ती हिरक समारोह मुल समिति-२५७० को तत्वावधानमा ललितपुर जिल्लाको पाटन नागबहालमा दुर्लभ महान् कथिन चीवरदान उत्सव हुने भएको छ । यस्तो खालको दुर्लभ महान् कथिन चीवरदान नेपाल मै दोश्रो पटक हुन लागेको हो ।  यो उत्सवमा एकै दिन कपास काट्ने देखि लिएर कपडा बुनेर  चीवर  तयार गरी अष्ट परिकारकासाथ भिक्षुगनलाई दान प्रदान गरिने जानकारी आइतबार पत्रकार सम्मेलनमा दिएको छ । त्रिपिटक विशारद श्रद्धेय भिक्षु...

  • २०८२ आश्विन १३, सोमबार

    देउवाका सालोको घरमा सिआइबीको छापा

    काठमाडौं - कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ । सीआईबीबाट खटिएको टोली एवं स्थानीय प्रहरीको सहयोगमा जावलाखेलस्थित राणाको घरमा प्रहरी घेराबन्दी गरेर सामानहरू खानतलासी र बरामद गर्ने काम भइरहेको पारिवारिक स्रोतले बताएको छ । राणा पूर्वप्रधानमन्त्री देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् । आरजु राणाले...

  • २०८२ आश्विन १३, सोमबार

    केपी शर्मा ओली र रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जना विदेश जान नपाउने भएका छन्।  विदेश जान रोक लगाइएकामा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल छन्। जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग गरेका कारण अनुसन्धानको दायरामा रहेको भन्दै न्यायिक जाँचबुझ आयोगले उनीहरूको यात्रा सीमित...

  • २०८२ आश्विन १३, सोमबार

    परदेसिन वाध्य बनेकाहरुको पिडा बोकेको ‘झ्याँदी खोला’ को भिडियो सावैजनिक

    परदेसिन वाध्य बनेकाहरुको पिडालाई गीतको माध्यमबाट सन्देश दिने प्रयास गरिएको एउटा गीतको भिडियो हालै सार्वजनिक गरिएको छ ।  युवाहरु किन विदेश पलायन भइरहेका छन् ? यो विषयमा सरकारले धेरै वकालत त गर्छ, चर्को भाषण पनि गर्छन् । तर, यो समस्या दीर्घकालीन रुपमा कसरी निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै पनि गम्भीर भएर सोच्न सकेको देखिंदैन । फलस्वरुप उर्जाशील दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुना त्रिभुवन...

  • २०८२ आश्विन १२, आइतबार

    वेस्ट इन्डिजलाई हराउँदै नेपालको ऐतिहासिक जित

    काठमाडौं - नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए।...

  • २०८२ आश्विन १२, आइतबार

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डले जानकारी दिएको छ ।   परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन...

  • २०८२ आश्विन १२, आइतबार

    जेनजी आन्दोलनमा २३ सय जना घाइते भएको तथ्यांक, घाइतेलाई परिचयपत्र दिइने

    काठमाडौं - भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभर करिब २३ सय जना घाइते भएको प्रारम्भिक तथ्यांक निकालिएको छ। गृह र स्वास्थ्य सचिवसहितको टिमले देशभरबाट संकलन गरेको विवरणका आधारमा यो तथ्यांक निकालेको उच्च स्रोतले जनाएको छ। त्यस्तै यी घाइतेहरूको उपचार गर्न सरकारले 'डेडिकेटेड' अस्पताल तोक्ने भएको छ। यसबारे भने शनिबार गृह मन्त्रालयले नै विज्ञप्ति जारी गरी जानकारी दिएको छ। स्रोतका अनुसार काठमाडौंमा...

  • २०८२ आश्विन १२, आइतबार

    युलेन्स स्कुलको अध्यक्ष पदबाट आरजुले दिइन् राजीनामा

    निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। त्यसयता उनलाई अभिभावकले अध्यक्षबाट राजीनामा दिन दबाब दिइरहेका थिए। यस क्रममा राणाले शुक्रबार अध्यक्ष पदबाट राजीनामा दिएको युलेन्स फाउन्डेसन स्रोतले शनिबार जानकारी दियो। ‘...

  • २०८२ आश्विन ७, मंगलबार

    भक्तपुरकै अगुवा सामाजिक संस्था न्ह्यज्या खलःको स्थापना दिवस सम्पन्न

    भक्तपुर जिल्ला कै सबभन्दा जेठो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले ६४ औंं स्थापना दिवस भव्य रुपमा मनाएको छ । यसै सन्दर्भमा  खलःले प्रत्येक वर्ष बडा दशैंको घटस्थापनको दिन साहित्यिक र सांस्कृतिक कार्यक्रम कार्यक्रम गर्दै आएको छ ।  कार्यक्रममा साहित्यकार कृष्णमोहन जोशीको ‘मुक्तिको लागि’ नामक कविता संग्रह विमोचन गरिएको छ । शैक्षिक, राजनीतिक, सांस्कृतिक र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले साढे...

  • २०८२ आश्विन ७, मंगलबार

    अर्को एउटा गीतमा ‘दशैंको टिका’

    नेपालीहरुको महान चाड दशैं आउँदा दशैं सम्बन्धी गीतहरु बजार मा आउने क्रमले तीब्रता लिने गर्दछ । गीतमा दशैं झल्काउन विशेषत टिकाको ठुलो महत्व हुने गर्दछ ।  यसै क्रममा नेपाली चलचित्र क्षेत्रमा एकताका हाउडे , छिमेकि लगायतका फिल्म बनाएका  निर्माता तथा अभिनेता ईश्वर थापा विदेशी भूमिमा रहेर पनि नेपाली कला संस्कृती संरक्षणमा सदैव सकृय रहदैआउनु हुने व्यक्तित्व हुनुहुन्छ । यसैक्रममा नेपालीहरुको महान पर्व बडा...

  • २०८२ आश्विन ७, मंगलबार

    नेपालभाषाको पहिलो म्युजिकल भिडियोका रुपमा जयश्री हारतीमां आउने

    नेपालभाषाको सांगीतिक क्षेत्रमा परम्परागत सांगीतिक धरोहर दाफालाई आधार मानेर तयार गरिएको ‘जयश्री हारति मां’ दाफा म्युजिकल भिडियो प्रदर्शनी हुने भएको छ। घिङताङ दाफा समाज, नेपालको प्रयासमा बनेको यस भिडियो को लम्बाइ ४५ मिनेट रहेको छ । भिडियोको निर्माण तथा परिकल्पना शारदा डंगोलले गर्नुभएको हो। निर्देशन दर्शन वीर शाक्यले गर्नुभएको यस प्रस्तुतिलाई पूर्णतया दाफा गीतमै आधारित गरी तयार गरिएको छ। ‘जयश्री...

Pages