STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ भाद्र २४, मंगलबार

    पशुपतिनाथमा अराजक समूह पुगेपछि खटियो सेना

    काठमाडौं - पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको अनलाइनखबरसँग पुष्टि गरे। जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्। एक जेनजी प्रदर्शनकारीले भने, ‘खासमा यति धेरै आगजनी राति अबेरसम्म यस्तो स्थिति बनाउने हाम्रो...

  • २०८२ भाद्र २४, मंगलबार

    अन्तर बिद्यालय गायन प्रतियोगितामा आयन थापा प्रथम

    राजधानिमा सम्पन्न ११ औं उपत्यकाब्यापी अन्तरबिद्यालय एकल गायन प्रतियोगितामा रिलायन्स को. एड. स्कुलका आयन थापा प्रथम भएका छन् । काठमाडौं उपत्यकाका ३४ बिद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त गायन प्रतियोगितामा आफ्नो उत्कृष्ट गायकीमार्फत आयन थापाले प्रथम स्थान हासिल गरेका हुन् भने कोटदेवी पब्लिक स्कुलका समिपन राई द्वितीय र अमर ईङ्गलिस स्कुलका जेसिका श्रेष्ठ तृतीय भएका थिए ।  गीत रचना तर्फ...

  • २०८२ भाद्र २४, मंगलबार

    जेनजीलाई वार्तामा आउन राष्ट्रपति पौडेलको आह्वान

    काठमाडौं -  राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्।  मंगलबार जारी अपिलमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका हुन्। उनले जेन्जीका प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्तामार्फत् मार्ग खोज्न सकिने विश्वास व्यक्त गर्दै...

  • २०८२ भाद्र २४, मंगलबार

    आगजनीमा परी झलनाथ पत्नी रविलक्ष्मी चित्रकार घाइते, अवस्था चिन्ताजनक

    काठमाडौं - प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सघ्त घाइते भएकी छन् । उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्‍याइएको खबर प्राप्त भएको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

  • २०८२ भाद्र २४, मंगलबार

    राष्ट्रपति भवन र पूर्व राष्ट्रपति भण्डारीको घरमा आगो लगाइयो

    काठमाडौं - जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दिएको छ। यसबारे थप विवरण आउन बाँकी रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु देउवा राणामाथि आक्रमण भएको छ।  प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको घर जलाए यसैगरी जेनजी प्रदर्शनकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी गरेका छन्...

  • २०८२ भाद्र २४, मंगलबार

    राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षामा सरकारी निवास बालुवाटारबाट निस्केको सुरक्षा स्रोतले पुष्टि गरेको छ । अहिले प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू र केही शीर्ष नेता नेपाली सेनाको सुरक्षामा अज्ञात स्थानमा रहेको स्रोतले जनाएको छ । भैंसेपाटी निवासबाट हेलिकप्टरबाट उद्धार गरिएका उपप्रधानमन्त्री विष्णु पौडेलसहित अधिकांश मन्त्रीहरू सेनाकै सुरक्षामा छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर...

  • २०८२ भाद्र २४, मंगलबार

    प्रदर्शनकारीलाई घर फर्कन बालेनको अनुरोध

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालबाट जेन(जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन(जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’ उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’  

  • २०८२ भाद्र २४, मंगलबार

    सर्वोच्च अदालत जलेर तहसनहस

    काठमाडौं- जेनजीका प्रदर्शनकारीले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत र त्यहाँ रहेका कागजात पनि जलाइदिएका हुन् । उनीहरूले सिंहदरवारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयलगायतका अन्य मन्त्रालयहरूमा पनि आगजनी गरेका छन् । अहिले प्रदर्शन झनै उग्र बन्दै गइरहेको छ ।

  • २०८२ भाद्र २४, मंगलबार

    सिंहदरबार पूर्णरूपमा जेनजीको कब्जामा

    काठमाडौं- देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी युवाहरूले कब्जा गरेका छन् । आक्रोशित युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेका थिए । अहिले सिंहदबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीष नेताविरुद्ध नारावाजी गर्दै आक्रोश पोखिरहेका छन् । स्थिति अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारमा...

  • २०८२ भाद्र २४, मंगलबार

    आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते

    काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै, पार्टी कार्यालय र प्रहरी बिभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ । 

  • २०८२ भाद्र २४, मंगलबार

    प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

    काठमाडौं - प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

  • २०८२ भाद्र २४, मंगलबार

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ। हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए। उनको मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिएका थिए। २ दिनको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर तथा...

Pages