STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ भाद्र २४, मंगलबार

    सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न प्रधानमन्त्रीद्वारा अस्वीकार

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका एक मन्त्रीले जानकारी दिए । यसबारे...

  • २०८२ भाद्र २४, मंगलबार

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध आज देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन्। बैठकमा आजको आन्दोलन र समसामयिक विषयमा छलफल हुने जनाइएको छ। जेन जी पुस्ता सडकमा निस्किएपछि कांग्रेसले पनि यो निर्णय फिर्ता लिन सरकारमाथि दबाब बढाउँदैछ। यसबारेमा कांग्रेस सभापति...

  • २०८२ भाद्र २४, मंगलबार

    भदौ २४, २५ र २६ गते हुने स्नतक तहका परीक्षा स्थगित

    काठमाडौं - त्रिभुवन विश्वविद्यालयले यही भदौ २४, २५ र २६ का लागि तय गरिएका स्नतक तहका परीक्षा स्थगित गरेको छ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये उक्त दिन बिहान ७ देखि १० सम्म र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने परीक्षा स्थगित गरिएको हो।  त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले देशमा...

  • २०८२ भाद्र २४, मंगलबार

    गृहमन्त्री लेखकले दिए राजीनामा

    जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन्। सोमबार साँझ बसेको कांग्रेस पदाधिकारीहरूको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो। ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए। जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको...

  • २०८२ भाद्र २०, शुक्रबार

    अरुणा रुम्बाको ‘टाढा नजाउ’

    अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण चापागाईंको निर्देशन रहेको गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईंलाई फिचरिङ गरिएको छ । पंकज महराको छायांकन रहेको गीतको भिडियोमा धिरज अधिकारीको दृश्य सम्पादन एवम् कलर रहेको छ । प्रेमिल गीतमा...

  • २०८२ भाद्र १८, बुधबार

    पाठकमाझ आएको 'एक रातको बास’

    नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य-निबन्धसंग्रह ‘चिबे-नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरिसक्नुभएका साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति कथा संग्रह ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसका उहाँको नियात्रासंग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पनि आएको छ । २०८ पृष्ठमा फैलिएको यस संग्रहमा जम्मा १५ कथा समावेश छन् । ‘कोरली, नियतिको खेल, पोल्टाको...

  • २०८२ भाद्र १७, मंगलबार

    जलजगे नाग साधना पूजा : कीर्तिपुर देवढोकास्थित लक्ष्मी कुवामा

    कीर्तिपुर नगरपालिका २ वडा देवढोकास्थित न्याम्हासिमा परिसरमा रहेको मल्लकालीन प्राचीन लक्ष्मी बुंगाः अर्थात् लक्ष्मी कुवाःमा पानी सुकेको कारण जलजगे नाग साधना पूजा गरिएको छ । आज भाद्र १७ गते मंगलबारको दिन कीर्तिपुर २ वडा देवढोका न्याम्हासिमा परिसरमा रहेको लक्ष्मी कुवाःमा पानी जम्मा होस् भन्ने कामनाका साथ जलजगे नाग साधना पूजाका निम्ति देवढोकाका स्थानीय नाती महर्जन एवं त्यहाँका अग्रज ज्येष्ठ...

  • २०८२ भाद्र १७, मंगलबार

    गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियोबाट दर्शक उत्साहित

    नेपाली गीतसंगीत क्षेत्रका उदियमान हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गराएकी गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ´  सोमबार सार्वजनिक भएको छ । गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गीतमा शब्द राजेश नेपाल बबिनको रहेको छ भने सङ्गीत बिश्वास नेपालको रहेको छ । भिडियोको...

  • २०८२ भाद्र १६, सोमबार

    असोज ४ गते कीर्तिपुरमा “अन्तर मोन्टेसरी स्कूल नृत्य प्रतियोगिता” हुने

    कीर्तिपुर– विजयादशमी २०८२ को शुभ अवसरमा “अन्तर मोन्टेसरी स्कूल नृत्य प्रतियोगिता” हुने भएको छ । कीर्तिपुरको ट्यांगलाफाँटस्थित फर्स्ट स्टेप प्रि–लर्निङ स्कूलले कीर्तिपुर नगरपालिकाका १ देखि १० वडाभित्र रहेका मोन्टेसरी स्कूलहरुबीच प्रतियोगितात्मक नृत्य प्रतियोगिताको आयोजना गर्न लागेको हो ।  आयोजक उक्त फर्स्ट  स्टेप प्रि–लर्निङ स्कूलका इञ्चार्ज देबेन्द्र महर्जनका अनुसार “अन्तर मोन्टेसरी स्कूल नृत्य...

  • २०८२ भाद्र १६, सोमबार

    विश्व साहित्य मन्चमा नेपाली साहित्य गोष्ठी क्यानाडामा सम्पन्न

    क्यानाडाको क्वान्टलेन पोलिटेक्निकल विश्वविद्यालय, दक्षिण एशियाली साहित्य र अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा भएको 'विश्व साहित्य मञ्चमा नेपालको साहित्य' शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठी र कार्यशाला सम्पन्न भएको छ । नेपालको साहित्यका विविध पक्षमा कार्यपत्र प्रस्तुत गरिएको सो कार्यक्रममा  नेपालभाषाको दुई उपन्यासहरु 'सेष्टेम्बर १७' र 'कोरोनाया किचलय् 'लाई लिएर एक विशेष सत्रमा विचार विमर्श...

  • २०८२ भाद्र १५, आइतबार

    एकल नारीको कथामा टेलिसिरियल 'हिरा' ट्रेलर सार्वजनिक

    छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले निर्माण गरेको " हिरा" नामक  पतिवियोगमा परेकी एकल नारीको कथामा तयार भएको टेलिसिरियलको शनिबार  ट्रेलर सार्वजनिक गरेको छ ।  यहि भदौ १९ गतेबाट प्रशारणमा आउने भएको छ । एकल नारीले सामाजिक रूपमा भोग्नुपर्ने परिस्थिति, समाजमा व्याप्त जातीय भेदभाव, सामाजिक बहिष्कारमा आधारित रहेर पारिवारिक कथामा टेलिसिरियल 'हिरा' तयार भएको ट्रेलरले संकेत गर्छ । निर्माण कम्पनिले यो सिरियललाई...

  • २०८२ भाद्र १३, शुक्रबार

    शनिबार मच्छेगाउँमा लाखे नाच महोत्सव, भक्तपुरको नागचा नृत्य पनि प्रदर्शन हुने

    राष्ट्रिय लाखे नाच प्रदर्शन साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ भोलि शनिबार भाद्र १४ गते हुने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिरको आयोजनामा हुने उक्त कार्यक्रम चन्द्रागिरी नगरपालिका ९ वडा मच्छेगाउँ भलिबल ग्राउण्डमा हुने जानकारी आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरले दिएको छ । आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरका अनुसार उक्त राष्ट्रिय लाखे नाच प्रदर्शनीमा हालसम्म २५ वटा लाखे समूह...

Pages