relans
ni new 83
nib 2082 5

पशुपतिनाथमा अराजक समूह पुगेपछि खटियो सेना

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २४, मंगलबार

काठमाडौं - पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ।

सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको अनलाइनखबरसँग पुष्टि गरे। जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्।

एक जेनजी प्रदर्शनकारीले भने, ‘खासमा यति धेरै आगजनी राति अबेरसम्म यस्तो स्थिति बनाउने हाम्रो योजना नै होइन, हाम्रो माग अनुसार नै परिस्थिति अघि बढिरहेका बेला केही अराजक जथ्थाले मन्दिरमा पुगेका रहेछन्।’

Categorized in राष्ट्रिय
ppp 2