विकास बोर्डले प्रदान गर्यो छात्रवृत्ति र दक्षता प्रमाण पत्र
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण १५, बिहिबार
चलचित्र विकास बोर्डको आयोजनामा भएको "ड्रोन दक्षता प्रमाणपत्र तथा छात्रवृत्ति वितरण समारोह २०८२" विहिबार सम्पन्न भएको छ । उक्त समारोहमा ड्रोन क्यामेरा सम्बन्धी कार्यशालामा सहभागी भएका २५ जनालाई दक्षता प्रमाणपत्र प्रदान गरियो।
त्यसैगरी, चलचित्र अध्ययनरत अन्य २२ जना विद्यार्थीहरूलाई पनि प्रति विद्यार्थी रु ५०,०००।– का दरले जम्मा ११ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरियो।
सो समारोहमा दक्षता प्रमाण पत्र हासिल गर्ने ड्रोन कार्यशाला सहभागीहरू सुशील डांगी, वीरेन्द्र भट्ट, शान्ता नेपाली, तप्त बहादुर मल्ल, वीरेन्द्र लामा, , शालिग्राम दुलाल, सौस्थभ भट्टराई, सुजन खतिवडा, सुशील सैनजु, कुबेर डंगोल, नहकुल खड्का, रोशन पोखरेल, राजभाइ सुवाल, नवीन बिसुन्के, उद्धव रसाइली, सचिन दाहाल, गणेश खत्री, प्रशान्त ढकाल, अनुरोध अधिकारी, मान कृष्ण महर्जन, प्रशान्त परियार, निरज कँडेल, प्रधुम्न मिश्र, आभास बुढाथोकी, प्रशान्त लामा रहेका छन् ।
यस्तै गरी छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा प्रभाव शाही, बिरेन्द्र लामा, एन्जिला चौधरी, सागरनाथ भण्डारी, निमेश गुरागाईँ, शेखर कार्की, गणेश उपाध्याय, रोश्नी घले, समिर झा, प्रदिप पाण्डे, दिवश राज भट्टराई, दिपिका थापा, मन्जुश्री नेपाली, अमृत चौहान, दिपेन्द्र शाही, गोपाल थापा, मनोज तामाङ, एलिना भट्टराई, प्रान्जल पाण्डे, निकिता गुरुङ, निलम मगर, रमेश महतो रहेका छन् ।
Categorized in साहित्य-कला

