तिज लक्ष्यित नयाँ गीत सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण ६, मंगलबार
हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीतसंगीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा सञ्जु न्यौपाने र पुस्कल शर्माको स्वरमा ‘निलो आकशैमा बादलु’ बोलको तीज गीत दर्शक, श्रोता समक्ष आएको छ । रमेश परियारको शब्द, संगीत रहेको गीतको भिडियोमा लोमाश शर्मा, आशा भुसाल, सञ्जु न्यौपाने, सन्तोष पाण्डे लगायतका कलाकारको अभिनय छ ।
चक्रबहादुर बरालले खिचेको भिडियोमा सम्पादन, कलरिङ विष्णु खड्का, मेकअप कविता तोलाङ्गी, निर्देशन निरेन श्रेष्ठको रहेको छ । भिडियो गायिका सञ्जु न्यौपानेको अफिसियल युटूव च्यानलमा हेर्न सकिन्छ ।
https://www.youtube.com/watch?v=rP9wBRKZtNM&ab_channel=SanjuNeupane
Categorized in साहित्य-कला

