पुष्कर र सुनिताको मायाँमा
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण ४, आइतबार
मेलिना राइको चर्चित गीत मैले सुनें तिम्रो खबर गीतका संगीत संयोजक चर्चित गायक तथा संगीतकार पुष्कर सुनुवारले सुनिता राईसंग गाउनु भएको नयाँ आधुनिक गीत ‘तिम्रो मायामा’ हालै सार्वजनिक भएको छ ।
देवेन्द्र बरालको शब्द, पुष्कर सुनुवारको संगीत र एरेञ्ज रहेको यस गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीको रहेको छ ।
यस गीतको भिडियोमा छायांकन मरुभूमि नारायण, सम्पादन मोहन सुनुवारको छ भने सुनिता राई र पुष्कर सुनुवारले नै भिडियोमा अभिनय गर्नुभएको छ । यसको पोस्ट प्रोडक्सन मेलोडी नेपाल अनामनगरमा भएको हो ।
https://youtu.be/piuMkXr7z9I?si=BbXr-ZE8ThccSn9g
Categorized in साहित्य-कला

