“जाउॅंला कैलाशैमा” बोलको शिव भजनसार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण १, बिहिबार
शिव महिमागानकोलागि प्रख्यात साउन महिनाको आरम्भ संगै एउटा नयाँ शिव भजन प्रकाशमा आएको छ । “जाउॅंला कैलाशैमा” बोलको यो भजन हालैमात्र सार्वजनिक भएको हो ।
अहिलेका यूवा पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईको स्वर, सङ्गीत र एरेन्ज रहेको शिव भजनमा सामुहिक स्वर सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के।सी। र नितु पौडेलको रहेको छ । मनोज परियारको मिक्सिङ्ग माष्टरिङ्गमा ‘आफ्नो मन’ स्टुडीयोमा रेकर्ड भएको उक्त भजनमा पोसन घर्तीमगर र अनिस थापाको खैचडीरमादल र रत्न बिकको बासुरीको धुन सुन्न पाईन्छ।
उत्तम प्रसाद अधिकारीको निर्देशकीय भूमिका रहेको भजनको भिडियोमा राजेन्द्र बजगाई, भीष्मराज फुलारा, सुवास तिम्सिना, रबिन्द्र लामिछाने, प्रतिमा के।सी, राज टाईगर, हरि यादव र विनोद रसाईलीले भजनमा कलाकारको भूमिकामा साथ दिएका छन । उक्त भजनको भिडियोमा राजेश कुमारको सम्पादकिय भूमिका, सुविन गोदारको छायांकन, पुर्षोतम नेपालको सहायक छायांकन, भिडियो बैकको दृश्य निर्माण रहेको छ । द ल अफिस अप वासु डी फुलारा पी।सी।, अमेरिकाको सहकार्यमा उक्त भजन फुलारा इन्टरटेनमेन्ट नेटवर्क युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
साउन महिना हिन्दू धर्ममा खासगरी भगवान् शिवलाई समर्पित महिनाका रूपमा मनाइन्छ । साउन महिनामा ध्यान, जप, योग, उपवासजस्ता कार्यले आध्यात्मिक उन्नति हुने विश्वास गरिन्छ। यहि कुरालाई मध्य नजर गरि शिव भजन “जाउॅंला कैलाशैमा” सार्वजनिक गरिएको लेखक फुलाराको भनाइ छ ।
https://www.youtube.com/watch?v=t7RUpG-wrto&ab_channel=PhularaEntertainmentNetwork
Categorized in साहित्य-कला

