-
२०७५ फाल्गुण २७, सोमबार
जम्मु काश्मिरमा तीन जना लडाकू मारिए
सुरक्षा फौजको कारबाहीमा आइतबार पुलवामा जिल्लाको ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकूहरु मारिएका छन् । घटनास्थलबाट दुई वटा एके–४७ राइफल र एउटा पिस्तोल बरामद भएको छ । खोजी कार्य जारी रहेको सेनाले जनाएको छ । आतङ्कवादी कृयाकलापमा संलग्न व्यक्तिहरु रहेको आशंकामा सेनाले घेरा हाली खानतलासी शुरु गरेपछि केही समय भिडन्त भएको अधिकारीहरुले बताएका छन् । गत मार्च ७ तारिखमा पनि सुरक्षा फौजको कारबाहीमा...
-
२०७५ फाल्गुण २७, सोमबार
एक्काइस वर्ष पुरानो दमकलको भरमा महानगर
भरतपुर महानगरपालिकाको एक्काइस वर्ष पुरानो दमकलले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन् । महानगरपालिकाअन्तर्गतका दुई वटा दमकल निकै पुरानो भइसकेका छन् । जसमध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएर काम नलाग्ने अवस्थामा छ । एक्काइस वर्ष पुरानो चार हजार लिटर क्षमताको दमकलको भरमा आगलागी नियन्त्रण गर्न दौडाउनुपर्छ । तत्कालीन भरतपुर नगरपालिकाले विसं २०५४ मा किनेको भारतीय कम्पनीको दमकल मात्र काम लाग्ने...
-
२०७५ फाल्गुण २७, सोमबार
पार्कर खेलाडी सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्दै
पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक ९ह्याट्रिक० वल्र्ड रेकर्ड राख्ने तयारी गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलबाट दुईपटक ‘गिनिज बुक अफ...
-
२०७५ फाल्गुण २७, सोमबार
सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामा जनमतसङ्ग्रह हुन सक्दैन ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन समाप्त भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य हुनु मुलुकको शान्तिसुरक्षामा महत्वपूर्ण र सकारात्मक उपलब्धि हो भन्नुभयो । सरकार र मधेशमा विभिन्न माग राखेर आन्दोलन...
-
२०७५ फाल्गुण २७, सोमबार
दोहोरो अङ्कले बढ्यो शेयर
आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४।२८ विन्दुले बढेर एक हजार १४२।९३ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।१३ विन्दुले बढेर २४३।२६ विन्दुमा पुगेको छ । कूल १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर रु ४० करोड २८ लाख ४० हजार २१३ मा...
-
२०७५ फाल्गुण २७, सोमबार
बेहुलाले मदिरा सेवन गरेपछि बेहुलीले गरिन् बिहे अस्वीकृत
भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । छोरीका बाबु त्रिभुवन साहले भन्नुभयो, “बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न...
-
२०७५ फाल्गुण २७, सोमबार
शोक होइन, उत्सव
स्वामी आनन्द अरुण मृत्यु एक नटर्ने यर्थाथ हो । कुनै पनि व्यक्तिबारे अरु कुनै भविष्यवाणी ठोस रुपले गर्न सकिन्न जति उसको मृत्यु एक दिन अवश्य हुन्छ भनेर ठोकुवा गर्न सकिन्छ । हामी यति सुनिश्चित कुरा पनि पूर्णतः बिर्सिएर बेहोसीमा बाँचिरहेको हुन्छौ । सामान्यतः कसैमा यो गहिरो बोध देखिँदैन, हामीले एक दिन अवश्यै मर्नुपर्छ । जो व्यक्तिमा मृत्युको सतत् स्मरण हुनछ, उसबाट अधर्म सम्भव हुँदैन, उसको जीवन पूर्ण...
-
२०७५ फाल्गुण २७, सोमबार
अरनिकोको शालिक निर्माण गरिने
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकाको शालिक निर्माण गर्ने भएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज प्रतिमाको शिलान्यास गर्नुभयो । अरनिकोको स्मृति दिवशको सन्दर्भमा नाफाले परिसरभित्र प्रतिमा निर्माण गर्न लागेको हो । रु ५० लाखको लागतमा १७ फिट अग्लो प्रतिमा निर्माण गरिनेछ । शताब्दी पुरुष जोशीले तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा प्रचार गरेका अरनिकोको...
-
२०७५ फाल्गुण २७, सोमबार
आदिवासी महोत्सवमा रु डेढ करोडको कारोवार
प्रथम नुवाकोट आदिवासी महोत्सव रु डेढ करोडभन्दा बढीको कारोवार भई सम्पन्न भएको छ । बट्टारमा ‘भाषा, कला, संस्कृतिको संरक्षण आदिवासी अभियान–स्थानीय उत्पादन, कृषि पर्यटन र व्यापार प्रवद्र्दन’ नारासहित सञ्चालन भएको महोत्सवले सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माणाधीन भवनलाई पूरा गराउन आर्थिक स्रोत समेत जुटाउने उद्देश्य राखेको आयोजक समितिका संयोजक भगवान राना मगरले बताउनुभयो ।...
-
२०७५ फाल्गुण २६, आइतबार
१०५ केजी चरेससहित तीन पक्राउ
धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय...
-
२०७५ फाल्गुण २६, आइतबार
जनजातिको परिभाषा के हो ?
जनजाति भनेको के हो ? भन्ने प्रश्नको जवाफ दिनु अत्यन्तै असहज छ र यस विषयमा जान्नु पनि त्यत्तिकै आवश्यक छ । असहज यस मानेमा छ कि ककसलाई जनजातिमा गणना गर्ने ? असहज यस मानेमा पनि छ कि कसरी जनजातिको सर्वमान्य परिभाषा गर्ने । जनजातिको परिभाषा मानवशास्त्रीहरुले थुप्रै गरेका छन् । नेपालका जनजाति र अन्य मुलुकका जनजातिको परिभाषा एउटै हुन सक्दैन । भारतका जनजाति लागि गरिएको परिभाषाले यहाँका जनजातिलाई समेट्न...
-
२०७५ फाल्गुण २६, आइतबार
घरमै पानी आएपछि स्थानीयवासी हर्षित
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन् । खानेपानी अभावमा घण्टाँै हिँडेर खानेपानी जोहो गर्नुपर्ने यस ठाउँका बासिन्दा घरमै पानी आएपछि हर्षित भएका हुन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको सहकार्यमा ढोरफिर्दी खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै खानेपानीको जोहोमा घण्टाँै खर्चिनुपर्ने बाध्यता हटेको स्थानीय तुलमाया लम्सालले बताउनुभयो ।...


