STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जम्मु काश्मिरमा तीन जना लडाकू मारिए

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २७, सोमबार

सुरक्षा फौजको कारबाहीमा आइतबार पुलवामा जिल्लाको ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकूहरु मारिएका छन् । घटनास्थलबाट दुई वटा एके–४७ राइफल र एउटा पिस्तोल बरामद भएको छ । खोजी कार्य जारी रहेको सेनाले जनाएको छ । आतङ्कवादी कृयाकलापमा संलग्न व्यक्तिहरु रहेको आशंकामा सेनाले घेरा हाली खानतलासी शुरु गरेपछि केही समय भिडन्त भएको अधिकारीहरुले बताएका छन् । गत मार्च ७ तारिखमा पनि सुरक्षा फौजको कारबाहीमा एक जना लडाकू हन्दवारामा मारिएका थिए । राज्य प्रहरीका अनुसार मारिएका उक्त व्यक्ति पाकिस्तानी नागरिक रहेका र प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदसँग आबद्ध रहेका थिए ।
Categorized in अन्तर्राष्ट्रिय