-
२०७५ फाल्गुण २७, सोमबार
खतराप्रति सतर्क रहन सरकारलाई आग्रह
नेकपा ( माले ) को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकले उक्त समूहले आफ्नो माग ( मधेश स्वतन्त्र देश ) बारे ‘जनमत सङ्ग्रह’ गर्न सरकार राजी भएको प्रचार गर्न थालेकाले सो विषयमा सरकारले अविलम्ब आफ्नो राय सार्वजनिक गर्नुपर्ने निणर्य गरेको छ ।...
-
२०७५ फाल्गुण २७, सोमबार
मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र सुन चाँदीसहित भारतीय पक्राउ
मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउपर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमार महतो सुडी र सोही ठाउँका...
-
२०७५ फाल्गुण २७, सोमबार
कापी कलमबिना नै विद्यालय आउँछन् चेपाङ
चितवन इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थीहरु प्रायः नियमित आउने गरेका छैनन् । विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थीहरु नियमित नआउने गरेका हुन् । कक्षा ३ सम्म पढाई हुने श्री सूर्यज्योति राष्ट्रिय आधारभूत विद्यालयमा ३५ जना विद्यार्थी भर्ना भएका छन् । तर नियमित रुपमा भने २० जनाको हाराहारीमा विद्यालय आउँछन् । अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा...
-
२०७५ फाल्गुण २७, सोमबार
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन– अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताउनुभयो । पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म...
-
२०७५ फाल्गुण २७, सोमबार
३६० केजी चरेससहित तीन भारतीय पक्राउ
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । काठमाडाँैबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीस्थित प्रहरी जाँच गर्दा एसआर५५एम ९४८४ नंको भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताउनुभयो । भारतीय ट्रकलाई...
-
२०७५ फाल्गुण २७, सोमबार
आलु किसान चिन्तित
लागतअनुसाको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित भएका छन् । दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि उहाँले चिन्ता व्यक्त गर्नुभयो । भन्नुभयो, “एक कठ्ठा आलु रोप्नका लागि सबै मिलाएर पाँच हजारको हाराहारीमा खर्च भएको छ । अझ आफ्नो मेहनेत र लगानीको फाइदा त परै जाओस् ।” “स्थानीय बजार पनि व्यवस्थित छैन्,...
-
२०७५ फाल्गुण २७, सोमबार
आमा म छाउघर जानै पन्र्या हो
पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा म छाउघर जानै पन्र्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन ।’’ पर्दामा आमाछोरीबीच यो कुराकानी हुँदा दर्शक दीर्घामा बसेका भने यसपछिको नाटकको शृङ्खला हेर्न आतुर देखिन्थे । छाउगोठमै रिना बलात्कार...
-
२०७५ फाल्गुण २७, सोमबार
इथियोपिया विमान दुर्घटनाः मृत्यु हुनेमा नेपाली महिला एकता अधिकारीसहित राष्ट्रसङ्घका १९ कर्मचारी
इथियोपिया विमान दुर्घटनाः मृत्यु हुनेमा एक नेपाली महिलासहित राष्ट्रसङ्घका १९ कर्मचारी इथियोपियामा आइतवार भएको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीमा कार्यरत नेपालकी एकता अधिकारीसहित संयुक्त राष्ट्रसङ्घका १९ कर्मचारी रहेको पुष्टि भएको छ। राष्ट्रसङ्घको केन्यास्थित सुरक्षा विभागले तीमध्ये डब्ल्यूएफपीका सात, शरणार्थी निकाय यूनएचसीआरका दुई, इन्टर्न्याश्नल...
-
२०७५ फाल्गुण २७, सोमबार
सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन
भूकम्पबाट क्षतिग्रस्त छ सम्पदा बस्ती अध्ययनका लागि रु एक करोड २० लाख र पुनःनिर्माणका लागि रु ३० करोड बजेट विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ सम्पदा बस्ती अध्ययन गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन० ले जनाएको छ । प्रत्येक बस्तीका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको एकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले बताउनुभयो ।...
-
२०७५ फाल्गुण २७, सोमबार
वल्र्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराउनुभयो । वल्र्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।...
-
२०७५ फाल्गुण २७, सोमबार
प्रमुख विद्यासुन्दर शाक्यको निर्देशन ः क्षतिको विवरण सङ्कलन गर्नू
काठमाडौँ महानरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार मख्खनटोलमा भएको आगलागी घटनाको क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको छ । आगलागीको क्षति बुझ्न र पीडितको कुरा सुन्न आज विहान घटनाको स्थलगत अवलोकन गर्दै प्रमुख शाक्यले विपद् व्यवस्थापन विभागलाई घटनाको सम्पूर्ण विवरणबारे आफूलाई जानकारी गराउन निर्देशन दिनुभएको हो । महानगरपालिका–२४ स्थित मख्खनटोलमा गत बिहीबार मध्याह्न १२ बजे सल्किएको...
-
२०७५ फाल्गुण २७, सोमबार
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न आठ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै उक्त रकम उपलब्ध गराउन अमेरिकी कङ्ग्रेस समक्ष आग्रह गर्नुभएको छ । यो बजेट मागसँगै राष्ट्रपति ट्रम्प र कङ्ग्रेसबीच पुनः सङ्घर्ष चर्किने खतरा बढेको छ । सोमबार सार्वजनिक गरिने सन् २०२० को बजेटमा गत वर्ष माग गरिएको ५ अर्ब ७० करोड डलरभन्दा यो निकै बढी हुनेछ । पर्खाल निर्माणका...


