STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण २६, आइतबार

    वर्ल्ड नेवाः अर्गनाइजेशनद्वारा विभिन्न संघसंस्थासंग छलफल

    नेपालमा हुनलागेको वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो बृहत सम्मेलन भब्य रुपमा सम्पन्न गर्नको निम्ति विभिन्न संघसंस्थासंग शनिबार ललितपुरमा छलफल कार्यक्रमको आयोजना गरेको छ । वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनको अध्यक्षतामा सुदय शिलाकारले संचालन गर्नुभएको उक्त छलफल कार्यक्रममा सुरेन्द्रभक्त श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा अतिथिको रुपमा समाजसेवी, धर्मसेवी...

  • २०७५ फाल्गुण २६, आइतबार

    कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधार

    कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ । चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बतउनुभयो । आकाशेपुल निर्माणको काम अहिले भइरहेको छ भने...

  • २०७५ फाल्गुण २६, आइतबार

    विकास प्रयासमा मित्र राष्ट्रको सहयोग चाहिएको छ ः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताउनुभएको छ । नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आज यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा उहाँले भन्नुभयो, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा...

  • २०७५ फाल्गुण २६, आइतबार

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अरनिको स्मृति दिवस मनाउँदै

    – कृष्णराज गौतम नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सोमबार पहिलो स्मृति दिवस मनाउँदैछ । अरनिको निधन भएको दिन पारेर प्रतिष्ठानले मार्च ११ तारिखमा विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष उहाँको स्मृति दिवस मनाउने तयारी गरेको छ । सन् १३०६ मार्च ११ तारिख ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको थियो । तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा...

  • २०७५ फाल्गुण २६, आइतबार

    इथियोपियन एयरलाइन्स विमान दुर्घटना , ९० जनाको ज्यान गयो

    इथियोपियाको आदिस अबाबाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ। एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेको बुझिएको छ। उडेको ६ मिनेटपछि स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा विमान दुर्घटना भएको एयरलाइन्सका एकजना प्रवक्ताले बताएका छन्। दुर्घटनाको कारण थाहा हुन सकेको छैन। एयरलाइन्सका अनुसार विमानमा विभिन्न ३३...

  • २०७५ फाल्गुण २६, आइतबार

    ओरेण्टल को–अपरेटिभ लिमिटेडले तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा ओरेण्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले रु १६ अर्ब एक करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने देखिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको सो समितिले लामो समय लगाएर गरेको अध्ययनअनुसार भुक्तानी गर्नुपर्ने दायित्वको तुलनामा असाध्यै न्यून मात्रै रकम बैंकमा मौज्दात रहेको पाइएको छ । समितिका...

  • २०७५ फाल्गुण २५, शनिबार

    ‘एक्काइसौँ शताब्दीअनुसारको विकास खाँचो छ !’ –प्रधानमन्त्री ओली

    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अब हरेक घरलाई एक्काइसौँ शताब्दीको दृष्टिअनुसार विकास गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । रौतहट जिल्लाको गरूडामा शनिबार नेकपाद्वारा आयोजित प्रदेश नं २ स्तरीय आमसभालाई सम्बोधन गर्दै उहाँले हरेक घरलाई एक्काइसौँ दृष्टिले विकास गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को गन्तव्य निहित गराइने बताउनुभयो । तराई मधेशको विकास गर्न सरकारले...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा राष्ट्रपति सरिक

    राष्ट्रपति विद्यादेवी भण्डारी १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा सरिक हुनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा यहाँ आज आयोजित सो कार्यक्रम‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार’ भन्ने नाराका साथ मनाइँदै छ ।

  • २०७५ फाल्गुण २४, शुक्रबार

    श्रीमती चाहिने छोरी नचाहिने ?

    निर्मला शर्मा धनगढीको एउटा गैरसरकारी संस्थामा काम गर्ने एकजना महिलाको परिवार सुखी थियो । दुई मात्र सन्तान इश्वरका वरदान थिए । १४ र १० वर्षे छोरी हुर्केपछि उनी घर बाहिरको काम समेत भ्याउन थालेकी थिइन् । तेस्रो सन्तानको त कल्पना पनि थिएन । सासू ससुरा र कतिपय आफन्तले बेलाबेला ‘छोरा नभएको घर’ भन्दा मन चसक्क भएपनि उनले यस्ता लाञ्छनाहरु पचाइसकेकी थिइन । तर, प्रविधिले पेटमा रहेको भ्रुणको पहिचान गरिदिने...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    पुरुष सरह काम गर्ने महिलाहरु

    – नवीन नेपाली घोराहीकी पुनम नेपाली तुलसीपुर चौकमा जुत्ता सिलाउँछिन् । छ वर्षीय छोराकी आमा पुनमले जुत्ता सिलाउन थालेको ४÷५ वर्ष भैसकेको छ । उनी २९ वर्षकी हुन् र श्रीमान्को मृत्युपछि छोरोको पालनपोषण र शिक्षादीक्षा उनको काँधमा आइप¥यो । श्रीमान्सँग काम गर्दागर्दै जुत्ता सिलाउन सिकेकी पुनमले श्रीमान्को मृत्युपछि तुलसीपुर चौकमा ढेब्ली पसलमा बसेर ग्राहकहरुको सेवा गर्दैआएकी छन् । उनले दैनिक ३÷४ सयदेखि...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    दर्ता नगरी ‘खानी’ सञ्चालन

    जिल्लामा दर्ता नगरी अवैधानिकरुपमा वर्षौंदेखि चार वटा क्रसर उद्योगले रोडा–ढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार वटा खानी दर्ताबिना सञ्चालन भएको जनाएको छ । क्रसर उद्योग मात्रै दर्ता गरेकाले रोडा–ढुङ्गाको खानी दर्ता नगरी सञ्चालन गर्दै आएका हुन् । उपसमितिका अनुसार नमोबुद्ध नगरपालिका–४ मा पशुपति रोडा–ढुङ्गा उद्योगले नजिकै...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    निर्मला हत्या प्रकरणमा आठविरुद्ध मुद्दा

    बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ । गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले भाइ दिलीपलाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित...

Pages