-
२०७५ फाल्गुण २२, बुधबार
अमेरिकाले भारतलाई दिइरहेको सहुलियत बन्द गर्ने घोषणा
संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिब ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । भारतका वाणिज्य सचिव अनुप वद्धवनका अनुसार अमेरिकी सहुलियत प्रणाली (जीएसपी) अन्तर्गत भारतबाट करिब ६ अर्ब डलर बराबरका सामान मात्र...
-
२०७५ फाल्गुण २२, बुधबार
‘सी’ डिभिजन लिग फुटबल आजदेखि
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा पाँच क्लब छन् । दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । समूह ‘ए’ मा स्वयम्भू क्लब, कशामदेवी प्लानिङ ब्वाइज युनाइटेड, ओएसिस...
-
२०७५ फाल्गुण २२, बुधबार
कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने
काठमाडौँ महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ । कामपाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म शुरु हुनसकेको छैन । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले निर्माणका लागि प्राविधिक छलफल भइरहेकाले शुरु गर्न अझै केही समय लाग्ने बताउनुभयो । केही समयअघि मात्रै कामपाले तत्काल दुई स्थान...
-
२०७५ फाल्गुण २२, बुधबार
प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागि अस्पतालमा
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालको मानमोहन कार्डिओथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । उनी बुधबार बिहान अस्पताल गएका हुन् । नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुपर्ने भएपनि समय नमिलेकाले अस्पताल गएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । उनले भने, अस्पताल भर्ना...
-
२०७५ फाल्गुण २२, बुधबार
टीकापुर प्रकरणः रेशम चौधरीलाई जन्मकैद, लक्ष्मण थारु रिहा
कैलाली जिल्ला अदालतले साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । थरुहट÷थारुवान राज्यको माग गर्दै टीकापुरमा भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको हिंसामा परी एक नाबालक र आठ प्रहरीको ज्यान गएको थियो । जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कठायतले टीकापुरको घटनासँग सम्बन्धित मुद्दामा अदालतले गरेको...
-
२०७५ फाल्गुण २२, बुधबार
कीर्तिपुरमा ‘होम स्टे’, सम्भव छ र ?
जनप्रतिनिधिहरुको आवागमनपछि कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिदेखि लिएर कर्मचारीहरु कीर्तिपुरमा ‘होम स्टे’ संचालन गर्ने मैदानमा सक्रियरुपमा दौडधूप गरिरहेका छन् । कीर्तिपुरको लागि सकारात्मक पाईलाको रुपमा लिन सकिन्छ यो दौडधूपलाई । कीर्तिपुर नगरपालिकाको संयोजनमा कीर्तिपुरमा ‘होम स्टे’ संचालनको लागि चित्लाङ, दामन, पालुङदेखि लिएर विभिन्न क्षेत्रमा भ्रमण तथा विभिन्न कार्यशाला गोष्ठी, सेमिनार इत्यादी...
-
२०७५ फाल्गुण २२, बुधबार
राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण वैशाखदेखि शुरु हुने
पुल्चोकस्थित राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण आगामी वैशाखदेखि शुरु हुने भएको छ । अहिले ठेक्का सम्झौताको प्रक्रिया भइरहेकाले दुई महीनाभित्र निर्माण कार्य शुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । स्थानीय पूर्वाधार विभाग (पहिले विभागलाई स्थानीय पूर्वाधार विकास र कृषि सडक विभाग, डोलिडार भनिन्थ्यो...
-
२०७५ फाल्गुण २२, बुधबार
गल्तीहरुको मनोविज्ञान
हामी अब सिद्धान्तहरुको बदला एक प्रमाणिका तरिकाले आफ्नो कुराकानी सुरु गर्दछौँ । यसको लागि हामी केही यस्ता घट्नाहरु दिन्छौ जो धेरै घटिरहेका हुन्छन्, जसलाई हामी सधैं देख्दछौ र विश्वास पनि गर्दछौ र यस्ता घटनाहरु कुनै रोगका कारण हुँदैनन् किनकि प्रत्येक्ष स्वस्थ मान्छेमा ती समस्याहरु देखिन्छन् । मेरो मतलब ती गल्तीहरुसँग सम्बन्धित छन्, जो प्रत्येक मान्छेले अनुभूत गर्छ र केही भन्न चाहन्छ तर गलत शब्द...
-
२०७५ फाल्गुण २२, बुधबार
गायत्री महायज्ञ सम्पन्न
वीरगञ्जस्थित आर्दशनगर रङ्गशालामा सञ्चालित ‘अश्वमेध गायत्री महायज्ञ’ आज विधिवत्रुपमा सम्पन्न भयो । चार दिने सो महायज्ञमा ६० हजार श्रद्धालु भक्तजनले हवन गरेका थिए । महायज्ञमा २५१ यज्ञशाला निर्माण गरी भव्यरुपमा गायत्री पूजा गरेका थिए । अखिल विश्व गायत्री परिवारको तत्वाधानमा शुरु भएको सो महायज्ञमा भारतको शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकले वैदिक मन्त्रका साथ हबन यज्ञादी गरेका थिए ।...
-
२०७५ फाल्गुण २२, बुधबार
कण्डम निःशुल्क हुने तर, स्यानिटरी प्याड किन निःशुल्क नहुने ?
– रीता लामा पुरुषको आवश्यकतासँग जोडिएको कण्डम निःशुल्क हुने तर, महिलाका लागि नभै नहुने स्यानिटरी प्याड किन निःशुल्क नहुने ? अहिले यो विषयले चर्चा पाएको छ । धेरैजसो अधिकारकर्मी तथा नारी समानताका लागि काम गर्दैआएका सङ्घसंस्थाले यो विषयलाई महत्वका साथ उठाइरहेका छन् । एक महिलाले किशोरी अवस्थामा प्रवेश (११ देखि १५ वर्ष) गरेदेखि करीब ५०÷५२ वर्षको उमेरसम्म मासिक धर्म अर्थात् महिनावारीलाई...
-
२०७५ फाल्गुण २२, बुधबार
मिथिलाञ्चलमा मिथिला परिक्रमा
–अजयकुमार साह मिथिला परिक्रमा आजदेखि विधिवत रुपमा शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको उक्त परिक्रमा १५ दिनसम्म चल्नेछ । एक सय ३३ किलोमिटर लामो सो पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहनेछ । प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट...
-
२०७५ फाल्गुण २२, बुधबार
चौधरीलाई जन्मकैदको फैसाला गरेपछि राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिए
सरकारलाई दिएको समर्थन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फिर्ता लिएको छ । कैलाली जिल्ला अदालतले आफ्ना पार्टीका नेता रेशम चौधरीलाई जन्मकैदको फैसाला गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो ।


