STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण २२, बुधबार

    ‘प्रदेशसभा सदस्यको घरमा जबर्जस्ती छापा मार्नु निन्दनीय’

     प्रदेश नं ५ प्रदेशसभाका सदस्यहरुले बर्दियाका प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीको घरमा प्रहरीले जबर्जस्ती छापा मारेको भन्दै आपत्ति जनाएका छन् । प्रदेशसभाको आज बुटवलमा बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले रातिको समयमा घरमा प्रदेशसभा सदस्य चौधरीकी श्रीमती एक्लै रहेका बेला छापा मारेर सशङ्कीत बनाउने काम गरेको आरोप लगाए । बैठकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले गए राति प्रदेशसभा सदस्य चौधरीको...

  • २०७५ फाल्गुण २१, मंगलबार

    आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते

    तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हँुदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिनुभयो । आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार...

  • २०७५ फाल्गुण २१, मंगलबार

    बाहिनी भगतपुर ब्यारेकभित्रै जवानद्वारा आत्महत्या

    कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताउनुभयो । “आत्महत्या गर्न प्रयोग गरिएको...

  • २०७५ फाल्गुण २१, मंगलबार

    पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

    नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको...

  • २०७५ फाल्गुण २१, मंगलबार

    ‘स्पेशल ओलम्पिक टोलीको बिदाइ

    संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको आज बिहान यहाँ आयोजित कार्यक्रममा बिदाइ गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि गर्न सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । युएईमा हुने...

  • २०७५ फाल्गुण २१, मंगलबार

    होलीमा भन्दा हिले जात्रा यौनत्तैजक

    गाउँ घरमा कामको साथै मनोरञ्जन हुने गरी रोपाई गर्ने प्रथा नै रोपाई जात्रा हो, जसलाई हिले जात्रा पनि भनिन्छ । यो पनि होलीकै एक रुप मान्न सकिन्छ । सो रोपाई जात्रामा बेठी लगाउने पनि गरिन्छ । बेठी भनेको नौमती बाजाको सुर र तालमा गीत गाउँदै नाच्दै धान रोप्ने चलन हो । घुँडामाथि साडी सुर्केर (हिजोआज हाफ पाइण्ट नै लगाएर) धान राप्ने तरुणी रोपाहारहरु कोही त्यही नौमतीको सुर र तालमा गाउँदै नाच्दै रोपाई गर्ने...

  • २०७५ फाल्गुण २१, मंगलबार

    सङ्घीय समाजवादी नेवाः संघको पुनर्गठन

    सङ्घीय समाजवादी नेवाः संघ मूल समितिको बार्षिक सम्मेलन सहित पुनर्गठन कार्यक्रम हिजोृ सम्पन्न भएको छ । बार्षिक सम्मेलन लगतै उक प्रेस विज्ञप्ति प्रकाशित गदैू काठमाडौं ठमेल स्थित लिच्छविकालिन नेवाः बौद्ध समुदायको ऐतिहासिक सम्पदा कमलपोखरी अतिक्रमण गरेर छाँयादेवी कम्प्लेस प्रा.लि.द्वारा कंक्रिटको भवन निर्माण गरेकोले सो कम्प्लेस भत्काई कमलपोखरी पुनःस्थापित गर्नु पर्दछ भन्ने विषयमा हाल स्थानीय लगायत...

  • २०७५ फाल्गुण २१, मंगलबार

    प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे बाट भोजमा खर्च गर्ने रकम सामाजिक कार्यमा सहयोग

    साँखु, प्रदेशसभा सदस्यले भोजमा खर्च हुने रकम सामाजिक कार्यका लागि सहयोग गरेका छन् । प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा र उनकी धर्मपत्नी अनु प्रसाईं लामाले आफ्नो सुपुत्रको अन्नप्राशन (पास्नी) मा लाग्ने खर्च गोकर्णेश्वर नगरपालिका–५ मा सञ्चालित नयाँ जीवन नेपाल नामक संस्थालाई सहयोगस्वरुप रु चार लाख प्रदान गर्नुभयो । सो संस्थामा अपाङ्गता भएका २५ जना बालबालिका आश्रय लिइरहेका छन् । सो संस्थामा...

  • २०७५ फाल्गुण २१, मंगलबार

    ‘व्यवहारतः सिण्डिकेट कायमै’

    सरकारले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अन्त्य भइसकेको घोषणा गरे पनि यातायत क्षेत्रको व्यवसायीले निर्वाधरुपमा देशभर यातायात सञ्चालन गर्न अझै कठिन रहेको गुनासो गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आज यहाँ आयोजना गरेका ‘नेपालमा सिण्डिकेटरहित यातायत सेवाको आवश्यकता र चुनौती’ विषयको अन्तक्र्रियामा सहभागी व्यावसायीले व्यवहारतः अहिले पनि सिण्डिकेट कायम रहेको जिकिर गरे ।...

  • २०७५ फाल्गुण २१, मंगलबार

    घटेन बाल विवाह

      – हिक्मतबहादुर नेपाली कलिलै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी छ भनेर विगतमा धेरै चर्चा हुन्थ्यो । हरेक सार्वजनिक कार्यक्रममा बहस हुन्थ्यो । सरकारी तथा गैरसरकारी निकाय र प्रजनन् स्वास्थ्य क्षेत्रमा काम गर्ने निकाय यसबारे सा¥है चिन्ता लिन्थे । बेला–बेला बाल विवाह र कलिलै उमेरमा गर्भवती हुनेको सङ्ख्या कम गर्ने भनेर अभियान पनि चलाइन्थ्यो । एकथरीले त्यस्ता अभियानको सत्तो सराप गर्थे । अखबारमा...

  • २०७५ फाल्गुण २०, सोमबार

    महाशिवरात्रि शिवालयमा दर्शनार्थीको भीड

    फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा आज बिहानैदेखि पोखरा र आसपासका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । विशेषतः वैदिक सनातन हिन्दू धर्मावलम्बी आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन् । आज विहानैदेखि पोखरा र आसपासका केदारेश्वर मणि महादेव, गुप्तेश्वर महादेव,...

  • २०७५ फाल्गुण २०, सोमबार

    कौशल्टारमा भीषण आगलागी, रु छ करोडको क्षति

    मध्यपुरथिमि नगरपालिका  कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी...

Pages