STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सङ्घीय समाजवादी नेवाः संघको पुनर्गठन

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २१, मंगलबार

सङ्घीय समाजवादी नेवाः संघ मूल समितिको बार्षिक सम्मेलन सहित पुनर्गठन कार्यक्रम हिजोृ सम्पन्न भएको छ । बार्षिक सम्मेलन लगतै उक प्रेस विज्ञप्ति प्रकाशित गदैू काठमाडौं ठमेल स्थित लिच्छविकालिन नेवाः बौद्ध समुदायको ऐतिहासिक सम्पदा कमलपोखरी अतिक्रमण गरेर छाँयादेवी कम्प्लेस प्रा.लि.द्वारा कंक्रिटको भवन निर्माण गरेकोले सो कम्प्लेस भत्काई कमलपोखरी पुनःस्थापित गर्नु पर्दछ भन्ने विषयमा हाल स्थानीय लगायत नेवाः राजनीतिक अभियान र विभिन्न मिडियाहरुले उठाइरहेको जायज आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ । सो कार्यक्रममा ससफोने केन्द्रिय समितिका सहअध्यक्ष राजेन्द्र श्रेष्ठद्वारा नेवाःसंघका इन्चार्ज शाक्य सुरेनबाट नयाँ समितिलाई सो कार्यक्रममा पेश गरेर शपथ ग्रहण गराउनु भयो । पुनर्गठित समितिमा पुरानै अध्यक्ष सत्यनारायण डगोल कायम गरी नयाँ सदस्यहरु सहित ४१ जनाको सर्वसहमतिमा पारित गरिएको छ । कार्यक्रममा पवित्र बज्राचाय, डा।पुष्पराज राजकर्णिकार, न्हूँछेलाल महर्जन, मनरत्न शाक्य, सिद्धि बहादुर जोशी, प्रेरणा शाक्य, नवीन श्रेष्ठबाट शुभकामना ब्यक्त गर्नुभएको थियो । त्यस्तै स्वागत मन्तब्य उपाध्यक्ष खगेन्द्र बहादुर जोशी, धन्यवाद ज्ञापन उपाध्यक्ष शेषनारायण महर्जन, आर्थिक प्रतिवेदन पूर्व कोषाध्यक्ष बेखामान अवाले र राजनीतिक प्रतिवेदन अध्यक्ष सत्यनारायण डंगोल बाट प्रस्तुत गर्नुभएको थियो ।
Categorized in राजनीति