STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण १९, आइतबार

    बज्राचार्र्य मूल चक्रेश्वराभिषेक

    मैत्रीपुर महाविहारका चक्रेश्वर धूपरत्न बज्राचार्यले आजदेखि बज्रयान बौद्धधर्मको सर्वोच्च पद मूल चक्रेश्वराभिषक हुनुभएको छ । काठमाडौँका विभिन्न १८ वटा बज्रयान बौद्धधर्मसँग सम्बन्धित महाविहार तथा १६ वटा बहीका ज्येष्ठ चक्रेश्वरलाई यो पद दिइने परम्परा रहेको छ । नेपाल परम्परागत बौद्धधर्म सङ्घ, मैत्रीपुर महाविहार, फ्रेण्डस् अफ शान्तिपुरको संयुक्त तत्वाबधानमा आज भएको यो मूल चक्रेश्वराभिषेकको परम्परा...

  • २०७५ फाल्गुण १९, आइतबार

    बलात्कार आरोपमा एक पक्राउ

    बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ । छिमेकी १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । गत शुक्रबार बेलुका...

  • २०७५ फाल्गुण १९, आइतबार

    प्रविधिमैत्री बन्दै स्थानीय सरकार

    – काशीराम शर्मा   बाँकेका स्थानीय सरकारहरुले मोबाइल एप्समार्फत सेवा दिन थालेपछि सेवाग्राहीहरु अब सहज र शीघ्र काम सम्पन्न हुनेमा आशावादी देखिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मोबाइल एप्समार्फत खुला स्थानीय सरकारको अवधारणा अनुसार मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । सेवाग्राहीले सञ्चालनमा आएको उक्त एप्लिकेशन डाउनलोड गरेर उपमहानगरका योजना, बजेट र कार्यक्रमबारे मोबाइलमै हेरेर जानकारी लिन थालेका...

  • २०७५ फाल्गुण १९, आइतबार

    मैथिली विकास कोषद्वारा मैथिली भाषा–साहित्यको संरक्षणमा जोड

    मैथिली भाषाप्रति अपनत्व बोध गरेमा मानक सम्बन्धमा विद्यमान द्विविधाको अन्त्य हुन सकिने धारणा विज्ञले व्यक्त गर्नुभएको छ । मैथिली विकास कोषद्वारा आज यहाँ आयोजित ‘मैथिली भाषा–साहित्य संरक्षणमा चुनौती र निदान’ विषयक विमर्श कार्यक्रममा उहाँहरूले परस्परमा बोलिने र अभिव्यक्ति गरिनेमा बोधगम्यता छ भने भाषाप्रति द्विविधाको कुनै प्रश्नै आउँदैन भन्नुभयो । मैथिली बोलिरहेको अवस्थामा पनि कुन भाषा बोलिरहेको छु,...

  • २०७५ फाल्गुण १९, आइतबार

    सेना दिवसमा शस्त्राभ्यास हुँदै

    –नारायण न्यौपाने   सोमबार महाशिवरात्रि तथा सेना दिवस देशरभर मनाइँदै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टँुडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने कार्यक्रम तय गरेको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सोमबार आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी...

  • २०७५ फाल्गुण १९, आइतबार

    श्रीमतीलाई गोली प्रहार गर्ने पक्राउ

     बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई घर्तीले गोली हानी घाइते बनाएका थिए । घटनापछि लुकेका घर्तीलाई उनकै घरबाट पक्राउ गरिएको भीमगिठे प्रहरी...

  • २०७५ फाल्गुण १९, आइतबार

    नेपाल लाइफ इन्स्योरेन्सले ४८ प्रतिशत लाभांश दिने

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८।५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३।५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब तीन करोड ३२ लाख ७८ हजार २३२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र...

  • २०७५ फाल्गुण १९, आइतबार

    फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट

    सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गरी मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीइटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी टिप्पणीसमेत गरिएको सम्बन्धमा गम्भीर...

  • २०७५ फाल्गुण १८, शनिबार

    विवाहको खर्चबाट अक्षयकोष

    छोराको विवाहमा लाग्ने खर्चवापतको रकमबाट पाल्पा रामपुरका एक परिवारले विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन् । रामपुर नगरपालिका–३ रजघरा बस्ने टङ्कनाथ घिमिरेको परिवारले छोरा पुरुषोत्तम घिमिरेको विवाहमा लाग्ने खर्च कटाएर जनविकास माध्यमिक विद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष खडा गरिदिएका छन् । “विवाहमा हुनेले खर्च गर्छ, नहुनेले ऋण काढेर भए पनि धुमधामका साथ खर्च गर्नुपर्ने स्थिति...

  • २०७५ फाल्गुण १८, शनिबार

    शुरु भएन गुम्बाको पुनःनिर्माण

    भूकम्प गएको करीब चार वर्ष हुनलाग्दासमेत काभ्रेपलाञ्चोकमा भूकम्पले क्षति पु¥याएका गुम्बाको पुनःनिर्माणको काम शुरु हुन सकेको छैन । विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षति पु¥याएको काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँमा रहेको रिओताला गुम्बाको अवस्था अहिले पनि उस्तै छ । भूकम्पले चर्केको भवन र देवताका मूर्ति अझै पुनःनिर्माण गर्न नसकेको गुम्बाका सानु लामाले बताउनुभयो ।...

  • २०७५ फाल्गुण १८, शनिबार

    राष्ट्रपति भण्डारीद्वारा नेता भरतमोहन अधिकारीको स्वास्थ्यबारे जानकारी

    राष्ट्रपति भण्डारीद्वारा नेता भरतमोहन अधिकारीको स्वास्थ्यबारे जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रपति भण्डारी  अस्पताल पुगेर अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी...

  • २०७५ फाल्गुण १८, शनिबार

    ५२ ट्याक्सी चालक ट्याक्सी चालक कारवाहीमा

     महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ । भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो । वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी दिनुभयो । “...

Pages