STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

शुरु भएन गुम्बाको पुनःनिर्माण

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १८, शनिबार

भूकम्प गएको करीब चार वर्ष हुनलाग्दासमेत काभ्रेपलाञ्चोकमा भूकम्पले क्षति पु¥याएका गुम्बाको पुनःनिर्माणको काम शुरु हुन सकेको छैन ।

विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षति पु¥याएको काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँमा रहेको रिओताला गुम्बाको अवस्था अहिले पनि उस्तै छ । भूकम्पले चर्केको भवन र देवताका मूर्ति अझै पुनःनिर्माण गर्न नसकेको गुम्बाका सानु लामाले बताउनुभयो । लामाले भन्नुभयो, “माथिबाट सहयोग आउँछ भनेर भने पनि केही सहयोग नपाएपछि आफ्नै पैसाले चर्केको भवन र देवताका मूर्ति प्लास्टर र टालटुल गरेर जसोतसो चलाइरहेका छौँ ।” जिल्लाको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा रहेको टासी कुन्सालिङ गुम्बा पूण क्षतिग्रस्त छ । भवन र देवताका मूर्ति क्षति भएपछि अहिले मूर्तिलाई नजिकै जस्ताको टहरा बनाएर राखेको गुम्बाका प्रमुख लामा सुमन लामाले बताउनुभयो । “भवन पूर्णरूपमा नै क्षति भएपछि त्यसलाई सम्याएर राखिएको छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट गुम्बा निर्माण गर्न बजेटसमेत परेको र पहिलो किस्ता निकासा हुने भनेपछि सबै कागजपत्र तयार गरेर काम थलानी गर्न लाग्दा माथिबाट पैसा पठाएको छैन भन्ने कुरा भएपछि त्यत्तिकै रोकेर बस्यौँ ।” अहिले त्यसको नजिकै टहरा बनाएर मूर्ति राखिएको छ । विसं १८९८ मा दर्ता भई स्थापना भएको सो गुम्बा २०३५ सालमा पुनःमर्मत गरी निरन्तर सञ्चालनमा आइरहेको थियो । भूकम्पले पूर्ण क्षति पु¥याएपछि अहिले टहरामा राख्नुपरेको प्रमुख लामाले बताउनुभयो । सो गुम्बा पूर्वको छ प्रसिद्ध घ्याङमध्येकै एक घ्याङको रूपमा परिचित छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीले भूकम्पले क्षति पु¥याएपछि ११२ गुम्बाको मूल्याङ्कन गरेर केन्द्रमा पठाए पनि पहिलोपटक आएको विषयमा थप पुष्टि गर्नुपर्ने आधार हुनुपर्ने भन्दै निर्माणको काम रोकेपछि अहिले अन्योलमा परेको बताउनुभयो । “पछिल्लो चरणमा मूल्याङ्कन गरेर पठाएको विवरणको कुनै पनि प्रतिक्रिया अहिलेसम्म आएको छैन”, उहाँले भन्नुभयो । पहिलोपटक पठाएको क्षतिको विवरणको आधारमा जिल्लाबाट ११२ गुम्बाको विवरण सङ्कलन गरी केन्द्रमा पठाएको थियो । त्यसकै आधारमा गुम्बाको क्षतिको प्रकृति हेरेर ४१, ५१, ६१, ७१, ८१ र ९१ लाखसम्म गरी चार फरकफरक विवरणमा रकमसमेत तोकेर आएको थियो । “तर, पछि प्राधिकरणले बजेट दिने दाताले पनि सबै प्रमाणित गर्न खोजेको र ‘स्टिमेट’ अनुसार खास कस्तो खालको क्षति हो त्यसको विवरण सङ्कलन गरौँ र त्यसपछि अगाडि बढौँ भनेर दुवैले मानेनन्”, प्रमुख रेग्मीले भन्नुभयो । शुरुमा आएको विवरण सङ्कलन गरी डिजाइन बनाउन रकम आएको र त्यहीअनुसार पठाएको भए पनि त्यसलाई थप पुष्टिसाथ योजना बनाउनुपर्ने भन्दै पुनःविवरण पठाउन भनेपछि केन्द्रमा पठाएको विवरणमा कुनै प्रतिक्रिया नआएको बताइएको छ । (रासस)

Categorized in राष्ट्रिय