-
२०७५ फाल्गुण १६, बिहिबार
राष्ट्रिय शोकको कारण प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने
आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगन भएको जानकारी दिनुभयो । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले...
-
२०७५ फाल्गुण १६, बिहिबार
बुढेसकालमा मुग्लानकै भर
शेरबहादुर सिंह भीमदत्तनगर, निधारमा रातो टीका, पिठ्युँमा झोला र मलिन अनुहार लिएर दुई दिनअघि पश्चिमी नाका गड्डाचौकीबाट मजदुरीका लागि भारत जाँदै गरेका ५८ वर्षीय वृद्ध मनोरथ प्याकुरेल चार दशक परिश्रम गर्न घर बाहिर नै रहनुभयो । कैलालीको लम्कीचुहा नगरपालिका–१ का प्याकुरेल विसं २०३६ मा मजदुरीका लागि पहिलो पटक भारत जानुभयो । विपन्नताले च्यापेपछि कलिलो उमेरमै भारतका विभिन्न शहरमा मजदुरीमा होमिनुभएका...
-
२०७५ फाल्गुण १६, बिहिबार
ललितपुरमा आकाशेपुल अभाव
गाबहालका सृजन महर्जन कुपण्डोलमा बाटो काट्नकै लागि दैनिक १५÷२० मिनेटसम्म कुर्ने गर्नुहुन्छ । सवारीको साधनको अत्यधिक चाप भएको यस ठाउँमा ‘जेब्राक्रसिङ’ बाट बाटो काट्न कठिन भएको उहाँ बताउनुहुन्छ । कुपण्डोलकै एउटा सहकारीमा कार्यरत उहाँ कहिलेकाहीँ हतारिएर बाटो काट्ने गर्नुहुन्छ । यसरी बाटो काट्दा कति पटक सवारीसाधनसंग ठोक्किनु भएका महर्जन भन्नुहुन्छ, “अहिलेसम्म ठूलो दुर्घटना भने भएको छैन ।” एक दशकयता...
-
२०७५ फाल्गुण १६, बिहिबार
चार विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कै
–लक्ष्मीप्रसाद सापकोटा आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो । विगत एक वर्षदेखि सात वर्षीया दुई बालिका, १० वर्षीया एक...
-
२०७५ फाल्गुण १६, बिहिबार
अधिकारीको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने गण्डकीका सबै जिल्लामा शोकसभा
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने नेकपाका...
-
२०७५ फाल्गुण १६, बिहिबार
गर्भपतन गराउने बढ्दै
सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । परिवारनियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । गर्भ निरोधकका अस्थायी साधान डिपो, कपर टी, पिल्स, इमप्लान्ट, ढाललगायत साधन प्रयोग गर्न झन्झट मान्ने गरेका कारण गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी एवं नर्सिङ इञ्चार्ज जमुनादेवी शर्मा वाग्लेले...
-
२०७५ फाल्गुण १६, बिहिबार
‘नाटक हेर्छ पोखरा’
गैह्रापाटनस्थित पोखरा थियटरको गन्धर्व नाट्यघरमा बुधबारदेखि शुरु भएको पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव जारी छ । महोत्सवको पहिलो दिन वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठद्धारा लिखित ‘निरमाया’ नाटक प्रस्तुत गरिएको थियो । ‘नाटक हेर्छ पोखरा’ भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले महोत्सव उद्घाटन गर्नुभएको थियो । उहाँले गण्डकी प्रदेश प्रज्ञा –प्रतिष्ठान चाँडै गठन गर्ने तयारी रहेकोे...
-
२०७५ फाल्गुण १६, बिहिबार
विकासका लागि हातेमालो गर्न महानगर तयार ः चिरिबाबु
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभएको छ । महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो २० महीनाको कार्यकालमा ६४ वटा बैठक सञ्चालन भइसके ।...
-
२०७५ फाल्गुण १६, बिहिबार
१२ वर्षमै बिहे !
– हिक्मत बहादुर नेपाली सलल बगेको भेरी नदीको आवाजले एकछिन अडिन बाध्य बनाउँछ । नदी किनारको बालुवामा खेल्दै गरेका र सरसफाइमा व्यस्त भएका बालबालिकाको झुण्डले एकपटक त्यो दृश्य नहेरी फर्कनै सकिँदैन । झुण्ड झुण्डमा रहेका अरु बालबालिका कोही बालुवामा चित्र बनाउँदैछन्, कोही हात समातेर खेल्दैछन् । कोही सरसफाइमा व्यस्त । बालबालिका र तिनका अभिभावक नुहाइधुवाइका लागि पनि प्रायःजसो नदीमा पुग्छन् । नदीको परतिर...
-
२०७५ फाल्गुण १६, बिहिबार
रवीन्द्र स्मृति उद्यान नामकरण
पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअध्यक्ष एवं वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पोखरा–५...
-
२०७५ फाल्गुण १६, बिहिबार
श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित
टुँडिखेलमा हुने भनिएको श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएकोले लि विहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।
-
२०७५ फाल्गुण १६, बिहिबार
बालक बेपत्ता हुने क्रम वृद्धि
सिरहाको नवराजपुर–२ मझौराका ११ वर्षीय आशुतोषकुमार यादव फागुन १० गते बेपत्ता भए । लिट्टिल स्टार बोर्डिङ स्कूलमा अध्ययनरत उनी बिहान ६ बजे ट्युसन पढ्न गएका र त्यसपछि अहिलेसम्म घर फिर्ता नआएको आशुतोषका काका शैलेन्द्रप्रसाद यादवले बताउनुभयो । लहानबाट करीब एक महीनाअघि बेपत्ता भएका सप्तरीको बलानविहुल–२ घर निवासी सन्तोष साहका १४ वर्षीय छोरा लीलाकान्त साह अझै सम्पर्कमा आउन नसकेको उनको पारिवारिक स्रोतले...


