-
२०७५ फाल्गुण १८, शनिबार
पेरूमा ७.० म्याग्निच्युडको भूकम्प
पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहरू खसेर आवागमनलाई प्रभावित पारेको बताइएको छ । यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु पेरूको अजाङगारो शहरबाट करिब २७ किलोमिटर उत्तरपूर्वमा २५७ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।...
-
२०७५ फाल्गुण १७, शुक्रबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीरवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो ।...
-
२०७५ फाल्गुण १७, शुक्रबार
विकास भनेकै बाटो
दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित थिए टाकुरावासी । तर, स्थानीय सरकार गठन भएपछि पहिलो प्राथमिकता सडक निर्माणले पायो । अहिले टाकुरा गाउँमा पहिलो पटक गाडी पुगेको छ । घोराही स्यूजा सडक खण्डको पुरुङछेडाबाट करीब पाँच किलोमिटर सडक बनाई टाकुरा गाउँको...
-
२०७५ फाल्गुण १७, शुक्रबार
मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने
हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो । मन्त्री बस्नेतका अनुसार नेता...
-
२०७५ फाल्गुण १७, शुक्रबार
शनिबारदेखि पुनः वर्षा दोहोरिने
गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का...
-
२०७५ फाल्गुण १७, शुक्रबार
सात महीनामा १५जबर्जस्ती करणीको उजुरी
चालू आर्थिक वर्ष २०७५/७६ को माघ मसान्तसम्ममा स्याङ्जा जिल्लामा १५ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न समयमा बालिका तथा किशोरीलाई जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगमा संलग्न रहेकाप्रति प्रहरीमा उजुरी परेपश्चात प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको छ । बलात्कृत हुने उमेर...
-
२०७५ फाल्गुण १७, शुक्रबार
बी’ डिभिजन लिगको अन्तिम चरणका खेल आजदेखि
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जारी ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिमचरणको खेल आजदेखि हुँदैछ । बाह्र ‘बि’ डिभिजन क्लब सहभागी उक्त प्रतियोगिताअन्तर्गत दुबै समूहका विजेता र उपविजेता अन्तिम चरणमा छनोट भएपछि एन्फाले अन्तिम चरणका खेलतालिका सार्वजनिक गरेसँग अन्तिम चरणक खेल आजदेखि एन्फा मैदानमा शुरु हुँदैछ । पहिलो चरणमा सहभागी १२ क्लबलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइएको थियो । त्यसपछि...
-
२०७५ फाल्गुण १७, शुक्रबार
शहरीकरण र संरक्षणको अभावमा लोप भए पँधेरा र ढुङ्गेधारा
धु्रवसागर शर्मा गलेश्वर, १७ फागुन ९रासस० ः ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधाराहरु गाउँघरबाट नै लोप हुन थालेका छन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता पँधेरा र ढुङ्गेधाराहरू दिन–प्रतिदिन हराउँदै जान थालेका हुन् । बढ्दो जनसङ्ख्या र अव्यवस्थित वस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका पँधेरा र ढुङ्गेधाराहरू...
-
२०७५ फाल्गुण १७, शुक्रबार
ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार
ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । बिहीबार अचानक अस्वस्थ भएपछि उहाँ उपचारार्थ नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । उहाँका स्वकीय सचिव दुर्गा चापागाईंका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले शनिबार बिहानसम्म घर फिर्ता पठाइनेछ । उहाँको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न हुनुहुन्छ । मन्त्री पुन अस्पताल भर्ना हुनभएको खबर...
-
२०७५ फाल्गुण १७, शुक्रबार
जनमत सङ्ग्रहमार्फत नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छः महामन्त्री कोइराला
नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले धर्मको विषय जनमत सङ्ग्रहबाट टुङ्ग्याइनुपर्ने बताउनुभएको छ । गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित महेन्द्र आदर्श माविको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको पाँचौँ दिनको कार्यक्रमको उद्घाटन गर्दै डा कोइरालाले सनातन वैदिक धर्मको भूमि भएकाले नेपाल धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो...
-
२०७५ फाल्गुण १६, बिहिबार
हेलिकप्टर दुर्घटना प्रकरणः शव परीक्षणका लागि काठमाडौँ पठाइने
सुकेटार, दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौँतर्फ पठाउन ढिलाइ भइरहेको छ । ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले...
-
२०७५ फाल्गुण १६, बिहिबार
भक्तपुरलगायत उपत्यकामा हिमपात
भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौँ र ललितपुरमा समेत...


