STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १७, शुक्रबार

ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । बिहीबार अचानक अस्वस्थ भएपछि उहाँ उपचारार्थ नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । उहाँका स्वकीय सचिव दुर्गा चापागाईंका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले शनिबार बिहानसम्म घर फिर्ता पठाइनेछ । उहाँको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न हुनुहुन्छ । मन्त्री पुन अस्पताल भर्ना हुनभएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै उक्त अस्पताल पुगेर स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको थियो । यस्तै आज पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका नेताहरुले मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । ( रासस )
Categorized in राष्ट्रिय