-
२०७५ फाल्गुण १५, बुधबार
नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रमका पाँच कार्यकर्ता पक्राउ
इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका केबी लिम्बू छन् । मङ्गलबार शहीद परिवारलाई सम्मान गर्न भन्दै विद्यालयको खेलमैदानमा चन्द समूहले आयोजना गरेको एक...
-
२०७५ फाल्गुण १५, बुधबार
शान्ति खोज्दै लुम्बिनीमा
–नीरा गौतम म्यान्माका भिक्षु प्रज्ञाश्री हरेक वर्ष लुम्बिनी आउनुहुन्छ । बुद्ध जन्मस्थल आउँदा उहाँलाई साक्षात बुद्धकै दर्शन गरेर पवित्र भएको अनुभूति हुन्छ । म्यान्मास्थित मोगोकमा जन्मिनुभएका भिक्षु प्रज्ञाश्री नेपाली मूलका बर्मेली हुनुहुन्छ । उहाँका जिजुबुबा छविलाल भट्टराई नेपालबाट मोगोकमा बसाइँ सर्नुभएको थियो तर उहाँलार्ई नेपाल र लुम्बिनीप्रति अथाह स्नेह छ । “म बर्मामा भए पनि बुद्धको देश सधैँ...
-
२०७५ फाल्गुण १५, बुधबार
पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना
पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीबाट प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले अनलाइनखबरसँग भने, ‘पाथीभराबाट चुहानडाँडा जाँदा हेलिकोप्टर क्र्यास...
-
२०७५ फाल्गुण १५, बुधबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।
-
२०७५ फाल्गुण १५, बुधबार
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको आकस्मिक बैठक आमन्त्रण गर्नुभएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरिएको छ । ताप्लेजुङको दारेढुङ्गामा आज सो हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी भएको अवस्थामा भेटिएको...
-
२०७५ फाल्गुण १४, मंगलबार
पाकिस्तानी सीमाभित्र भारतको हवाई आक्रमण
भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिनुभयो । उहाँले पाकिस्तानी सैनिक विमानले तत्काल उक्त क्षेत्रमा उडान भर्नासाथ भारतीय सैनिक विमान...
-
२०७५ फाल्गुण १४, मंगलबार
सुदूर पहाडमा हिमपात
मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोड्पे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी...
-
२०७५ फाल्गुण १४, मंगलबार
भरतपुर महानगर प्रमुखले समन्वय नगरेको उपप्रमुखको आरोप
भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुखले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाउनुभएको छ । उपप्रमुख ठकुरीले आज यहाँ पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा...
-
२०७५ फाल्गुण १४, मंगलबार
उत्कृष्ट चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ लाई
दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आज यहाँ सम्पन्न भयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट शुरु भएको महोत्सवमा उत्कृष्ट कथा चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ ९निब्दो मैनवत्ती० ले हात पारेको छ । नरेशकुमार केसीद्वारा निर्देशित उक्त चलचित्रलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नगद रु ५० हजारसहित उक्त अवार्ड प्रदान गर्नुभएको हो । यसैगरी केसीले नै...
-
२०७५ फाल्गुण १४, मंगलबार
प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग
नेपाल पत्रकार महासङ्घले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै सञ्चारसम्बन्धी कानून र संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग गरेको छ । महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न केन्द्रीय साधारणसभाबाट पारित प्रस्तावका बारेमा जानकारी गराउँदै प्रेस स्वतन्त्रता सङ्कुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानून, नियमावली, निर्देशिका र संरचना नबनाउन...
-
२०७५ फाल्गुण १४, मंगलबार
देवघाटनमा शिवको मूर्ति बनाउन पशुपतिमा धातु सङ्कल
चितवन, तनहुँ र नवलपरासीको सङ्गम त्रिवेणीस्थित मुख्य तीर्थस्थल देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुको ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलन गरिने भएको छ । आठ प्रकारका धातु सङ्कलनका लागि आगामी वैशाख १ देखि १० गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हङ्समण्डपमा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आयोजना गर्न लागिएको हो ।...
-
२०७५ फाल्गुण १४, मंगलबार
कीर्तिपुरको ठमेल बजारै हो त ‘नेवाः लहना’ !
नेवाः लहना अर्थात् नेवाः सभ्यता । १२ बर्षमा प्रवेश गरिसकेको नेवाः लहना, कीर्तिपुर १ वडास्थित थांबहाः टोलमा रहेको छ । जबदेखि उक्त टोलमा नेवाः लहना स्थापना भयो, स्थापनासंगै नेवाः लहना बिस्तारै चर्चित हुँदै आयो । कीर्तिपुर बाहिरका अधिकांश ग्राहकहरु नेवाः लहनाको ‘फ्यान’ हुँदै आकर्षित हुन थाल्यो नेवाः लहना । यो एक आर्थिक समृद्धिको सिलसिलमा नेवाः लहनाको लागि राम्रो पक्ष हो । नेवाः लहना आउने बाटाका...


