-
२०७५ फाल्गुण १२, आइतबार
सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ४८ हजार चालकलाई प्रशिक्षण
काठमाडौँ, १२ फागुन ९रासस० स् नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७÷८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै उक्त...
-
२०७५ फाल्गुण १२, आइतबार
आसाममा विषाक्त मदिरा सेवनबाट एक सयभन्दा बढीको मृत्यु , करिब २०० विरामी
आसाम, भारत, एएफपीःभारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ । विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको...
-
२०७५ फाल्गुण १२, आइतबार
‘डब्ल्यू एन ओ’को तेस्रो सम्मेलनको निम्ति बृहत छलफल
वर्ल्ड नेवाः अर्गनाइजेशन (WNO)को तेस्रो सम्मेलन भव्यताकासाथ सम्पन्न गर्नको निम्ति शनिबार ललितपुरको कुपण्डोलस्थित साटोआकी भवनमा बृहत छलफल कार्यक्रमको आयोजना गरियो । उक्त छलफल कार्यक्रममा नेपालभाषाका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अर्गनाइजेशनको नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनको अध्यक्षतामा उक्त छलफल कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा नेपाल संवत् ११३९ चिल्लागा...
-
२०७५ फाल्गुण १२, आइतबार
अनौठो सोखः झापाका यी व्यक्ति किन अन्यत्रबाट सर्प समातेर घर ल्याउँछन्
उमाकान्त खनाल झापाको अर्जुनधारा नगरपालिकाका ६६ वर्षे श्यामकुमार प्रधानको घरमा हालैको एक साँझ पुग्दा त्यहाँ खोरमा राखिएका दुईवटा सर्प थिए । एउटा विषालु गोमन र अर्को करिब सात फिट लामो धामन। ती दुईवटै सर्प उनले हालै विर्तामोडको जात्रुबाडी र अर्जुनधाराका फरक फरक घरबाट समातेर ल्याएका थिए। प्रधान व्यावसायिक सपेरो नभए पनि सजिलैसँग सर्प समाउँछन्। र, तिनलाई कतै जंगलमा लगेर छोड्ने गरेका छन्। उनले यस भेगमा...
-
२०७५ फाल्गुण १२, आइतबार
महिला विश्वकप छनोट
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आइसिसी ) महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । टस जितेपछि हङकङले पहिले ब्याटिङ गर्दैछ । त्यस्तै हङकङविरुद्ध नेपाल जीत निकाल्ने र अङ्क तालिकामा तेस्रो स्थानमा...
-
२०७५ फाल्गुण ११, शनिबार
अपाङ्गता भएकी युवती बलात्कृत
बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ । ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रतीक...
-
२०७५ फाल्गुण ११, शनिबार
साताको शेयर बजार स् अर्ब पनि पुगेन कारोवार
धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोवार भएको छ । स्टकका अनुसार यस साता कारोवार मापक नेप्से परिसूचक ३।३४ विन्दुले बढेको छ । साताभरको कारोवारमा बजार घटबढको अवस्थामा...
-
२०७५ फाल्गुण ११, शनिबार
साँखुमा चोरीका मोबाइलसहित चार पक्राउ
महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबाइलसहित चार्जर, मल्टिपलक, एयरफोनलगायतका सामग्री बरामद गरेको थियो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक गरी १८ वर्ष मुनिका चार रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब...
-
२०७५ फाल्गुण ११, शनिबार
गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान
– रमेश लम्साल रासस सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले...
-
२०७५ फाल्गुण ११, शनिबार
नेपाल पत्रकार महासङ्घको विधान संशोधन ऐतिहासिकः महासङ्घ
नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ । महासङ्घको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी विधानमा व्यवस्था गरिनु ऐतिहासिक भएको र यसबाट महासङ्घको जीवनमा दूरगामी महत्व रहने महासङ्घले जनाएको छ । विधान अधिवेशनबाट पारित विशेष प्रस्ताव तथा निर्णय सार्वजनिक गर्न आज पोखरामा आयोजित पत्रकार भेटघाटमा...
-
२०७५ फाल्गुण ११, शनिबार
सांसद वलीको अन्तिम दाहसंस्कार
दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सांसद ओलीको गत शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँको दाङ दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो । सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं–५ का...
-
२०७५ फाल्गुण ११, शनिबार
नख्खुमा बम विष्फोट एकजनाको मृत्यु
ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । बम विष्फोटमा घाइते प्रतिक्षा खड्कालाई अल्का अस्पताल जावलाखेल, आयुषा मानन्धरलाई बिएण्डबी अस्पताल र सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पताल नख्खुमा उपचारका लागि...


