STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘डब्ल्यू एन ओ’को तेस्रो सम्मेलनको निम्ति बृहत छलफल

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १२, आइतबार

वर्ल्ड नेवाः अर्गनाइजेशन (WNO)को तेस्रो सम्मेलन भव्यताकासाथ सम्पन्न गर्नको निम्ति शनिबार ललितपुरको कुपण्डोलस्थित साटोआकी भवनमा बृहत छलफल कार्यक्रमको आयोजना गरियो ।

उक्त छलफल कार्यक्रममा नेपालभाषाका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अर्गनाइजेशनको नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनको अध्यक्षतामा उक्त छलफल कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा नेपाल संवत् ११३९ चिल्लागा अस्तमि (मार्च २८) बिहिबारदेखि चिल्लागा दसमि (मार्च ३०) शनिबारसम्म तीन दिनसम्म हुने सम्मेलन भव्यताकासाथ सम्पन्न गर्न नेपालभाषा क्षेत्रका साहित्यिक, सांस्कृतिक, सांगितिक, शैक्षिक, बौद्धिक व्यक्तित्वहरुको सहयोगको अपेक्षा पनि गरिएको थियो ।

यस्तै, उक्त छलफल कार्यक्रममा संचार माध्यमहरुको सहयोगबाट मात्र उक्त सम्मेलन भव्यताकासाथ सम्पन्न गर्न सकिने आयोजक संस्था वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरका संयोजक पुष्कर माथेमाले जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा सहभागी प्रतिनिधिहरुले विश्वमा नेवाः समुदायको एकता प्रदर्शनको निम्ति आआफ्नो संघसंस्था भित्र छलफल गरी सक्दो सहयोग हुने प्रतिबद्धता पनि जाहेर गरेको छ ।

छलफलबाट भएको निर्णयलाई अर्गनाइजेशनको सम्मेलनसम्म पु¥याउने बचन पनि अर्गनाइजेशनका प्रतिनिधिहरुले उक्त कार्यक्रममा दिएका थिए ।

नेपालका आदिवासी नेवाः समुदायलाई सरकारले गरिरहेको बिभिन्न खाले दमनलाई दबाब दिने गरी प्रस्ताव सम्मेलनबाट पास गर्नुपर्ने पक्षलाई प्रमुख प्राथमिकताकासाथ लिएका थिए ।

Categorized in अन्तर्राष्ट्रिय