STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण ६, सोमबार

    उत्तर र दक्षिण अफगानिस्तानमा तालिबान कमाण्डरसहित ३१ लडाकूको मृत्यु

    अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिनु भएको छ । सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकूका कमाण्डर मवलावी इस्माट इस्माटयारसहित १७ तालिबान लडाकूको घटनास्थलमा मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका रेजाईले सिन्ह्वा...

  • २०७५ फाल्गुण ५, आइतबार

    सः छगू फरक अभिब्यक्तिमा मथुरा साय्मि

    सः छगू फरक अभिव्यक्ति अन्तर्गत मथुरा साय्मिको प्रस्तुतिको रुपमा तेश्रो नेपालभाषा साहित्य गोष्ठी हालै सम्पन्न भयो । शनिबार पाटनमा भएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कथाकार मथुरा साय्मिले एकल कथा वाचन गरिएको थियो । लेखक साय्मिले बाध्यात्मक रुपमा चली आएको कुसंस्कारलाई नाग्न नसकेर आफ्नी मातालाई औषधीमुलो गर्न नसकेर बचाउन नसकेको गरिबको मनमा वाण हान्ने खालको कथा, विकासको नाममा सरकारले...

  • २०७५ फाल्गुण ५, आइतबार

    चट्याङ लागेर एकको मृत्यु १० घाइते

    शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश गरिएको छ । पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा...

  • २०७५ फाल्गुण ५, आइतबार

    ‘माय् औसं च्वनेगु’

    प्रा. वीणा पौड्याल  सनातन धर्मावलम्बीका विभिन्न पुराण फरक–फरक समयमा लिपिबद्ध भएका छन् । स्वस्थानी व्रतकथा संस्कृत र नेपाली भाषासँंगै नेपाल भाषा (नेवारी भाषा) मा पनि श्रवण गर्न सकिने भएकाले काठमाडौंमा यस पुस्तकको महत्त्व विशेष छ । स्वस्थानी १४ औंर१५ औं शताब्दीमा लेखिएको पुराण हो । स्वस्थानी व्रतकथालाई साहित्यिक दृष्टिकोणबाट विश्लेषण गर्दा यसका धेरै प्रसङ्ग महिलामैत्री छैनन् । देव, दानव र मानव...

  • २०७५ फाल्गुण ५, आइतबार

    सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

    सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवं प्रदेशमार्फत सिफारिशबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको हो । सुदूरपश्चिमका सात स्थानीय तहको केन्द्र, दुई तहको नाम र...

  • २०७५ फाल्गुण ५, आइतबार

    बादी समुदायको जीवन कष्टकर

    जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षालय नजिक बस्दै आएका बादी समुदायको दिनचर्या कष्टकर बन्दै गएको छ । केआइसिंह राजमार्गको सडकछेउमै बस्दै आएका बादी समुदायको पक्की भवन नहुँदा वर्षौँदेखि उनीहरू पालको टहरामुनि बस्दै आएका छन् । यही सडकखण्ड भएर दिनहुँजसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । तर आफूहरूको पीडाका बारेमा हालसम्म कसैले पनि चासो नदेखाएको सो बस्तीका तेज बादीले...

  • २०७५ फाल्गुण ५, आइतबार

    मन्दिरमा बालविवाह रोक्दै पुजारी

    पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् । तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी बुद्धिराम...

  • २०७५ फाल्गुण ५, आइतबार

    असन, कोथुननी संरक्षणको निम्ति कानूनी सघर्ष थाल्ने

    आदिवासी नेवाः सम्पदा बचाउनको लागि काठमाडौंको असनस्थित कोथुननी संरक्षणको निम्ति कानूनी पाईलासंगै सघर्ष गर्ने घोषणा गरेको छ । काठमाडौं महानगरपालिका २७ वडा असनस्थित कोथुननी संरक्षणको लागि असन कोथुननी बचाऊ अभियानद्वारा कानूनी पाईलासंगै संघर्ष गर्ने निर्णय गरेको हो । असन कोथुननी अभियानको शनिबार काठमाडौंको प्रदीप्त पुस्तकालयमा रहेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा गुथि संस्थानले काठमाडौंको असनको...

  • २०७५ फाल्गुण ५, आइतबार

    सोमबारदेखि पुनः वर्षा र हिमपात दोहोरिने

    पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन ः प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिँदैछ ।...

  • २०७५ फाल्गुण ५, आइतबार

    अफगानिस्तान झडप, २४ घण्टामा ५० को मृत्यु

    अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन् । तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफोजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबा छ लडाकूको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद नादिरले...

  • २०७५ फाल्गुण ५, आइतबार

    हुन्डाईको नयाँ शोरुम नक्सालमा

    लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपालको एकमात्र आधिकारिक बिक्रेता हुन्डाई मोटरद्वारा नक्साल, काठमाडौंमा नयाँ शोरुमको उद्घाटन भएको छ । सो शोरुमद्वारा ग्राहकहरूलाई पुनः परिभाषित बिक्री अनुभव सेवा प्रदान गरिनेछ । नेपाली मार्केटमा बढ्दै गरेको हुन्डाईको माग पूर्ति गर्नुको साथ–साथै प्रिमियम बिक्री सेवा प्रदान गर्नु सो डिस्प्ले शोरुम स्थापना गर्नुको मुख्य उद्देश्य रहेको जनाएको छ । नेपालका लागि द...

  • २०७५ फाल्गुण ५, आइतबार

    सात सय वर्ष पुराना शालिग्राम चोरी

    पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलको रूपमा चिनिएको मोदीवेणीधामबाट शनिबार राति शालिग्राम चोरी भएका छन् । मोदीवेणीधामस्थित नृसिंह मन्दिरमा रहेका झण्डै ५० शालिग्राममध्ये ४७ वटा चोरी भएको नृसिंह मन्दिर धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । मन्दिरमा रहेको मुख्य शालिग्रामसहित अरु साना शालिग्राम पनि चोरी भएका हुन् । अज्ञात समूहले मन्दिरको ढोका फुटाएर...

Pages