STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हुन्डाईको नयाँ शोरुम नक्सालमा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ५, आइतबार

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपालको एकमात्र आधिकारिक बिक्रेता हुन्डाई मोटरद्वारा नक्साल, काठमाडौंमा नयाँ शोरुमको उद्घाटन भएको छ । सो शोरुमद्वारा ग्राहकहरूलाई पुनः परिभाषित बिक्री अनुभव सेवा प्रदान गरिनेछ । नेपाली मार्केटमा बढ्दै गरेको हुन्डाईको माग पूर्ति गर्नुको साथ–साथै प्रिमियम बिक्री सेवा प्रदान गर्नु सो डिस्प्ले शोरुम स्थापना गर्नुको मुख्य उद्देश्य रहेको जनाएको छ । नेपालका लागि द रिपब्लिक अफ कोरियाका राजदूत पार्क योङ–सिक, हुन्डाई मोटर कम्पनी, एसिया हेडक्वार्टर प्रमुख योङ सुकली तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ द्वारा संयुक्त रूपमा नक्साल सोरुम यही फागुन २ गते उद्घाटन गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरूका निम्ती उत्कृष्ट विक्री सेवा अनुभव दिन नक्सालको नयाँ सोरुमले थप मद्दत गर्नेछ । 
Categorized in बिजनेस