STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ फाल्गुण १०, शुक्रबार

    काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीमाथि कार्वाही शुरु

    काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई कार्वाही अघि बढाएको हो । कामपाका सहकारी विभाग प्रमुख नबराज ढकालका अनुसार अनुगमनका क्रममा अहिले सम्म १५ सहकारी कार्वाहीमा परेका छन् । ती सहकारीलाई कार्वाहीस्वरुप बचतकर्ताको रकम फिर्ता गर्न लिखित सहमति गरी समय...

  • २०७५ फाल्गुण १०, शुक्रबार

    ‘प्रथम जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता सम्पन्न

    काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले ‘प्रथम जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार विजयी विद्यार्थी तथा टिमलाई पुरस्कृत गर्दै प्रतियोगिता सम्पन्न गरेको हो । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) का केन्द्रिय महासचिव सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा गरिएको उक्त...

  • २०७५ फाल्गुण ८, बुधबार

    स्वस्थानी ब्रत स्थलबाटै चन्दा बाकस गायब

    भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको प्रसिद्ध हनुमन्ते नदी किनारमा माधवनारायण ब्रत बस्नेहरुका लागि खुल्ला रुपमा चन्दा स्वरुप चन्दा बाकस राखी संकलन गरिएको दान बाकस ब्रतको अन्तिम दिन राती अज्ञात व्यक्तिले फुटाएर त्यसमा रहेको नगद चारी गरेका छन् । माधवनारायण ब्रत धलं सेवा समितिका सचिव लक्ष्मीप्रसाद रंजितले दिनु भएको जानकारी अनुसार सोमबार राती १० बजेसम्म सुरक्षित रहेको सो चन्दा बाकस रातको समयमा...

  • २०७५ फाल्गुण ८, बुधबार

    दुर्घटनामा दुई जनाको मृत्यु

    विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान...

  • २०७५ फाल्गुण ८, बुधबार

    स्वस्थानी व्रत सम्पन्न

    हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासमा एक महीना लामो र कठिन यो व्रत रात्रिको...

  • २०७५ फाल्गुण ८, बुधबार

    मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

    टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उहाँले राजीनामा दिनुभएको संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ । “मैले पछिल्लो सात महिना प्रशन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा आयोजित बिदाई कार्यक्रममा उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “विभिन्न क्षेत्रका हाम्रा...

  • २०७५ फाल्गुण ८, बुधबार

    बङ्लादेशमा २० हजार अश्लील वेबसाइट बन्द

    बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो । “मैले बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन...

  • २०७५ फाल्गुण ८, बुधबार

    विवादमा तानिँदै ‘छाया सेन्टर’

     पर्यटकीय क्षेत्र ठमेलमा हालै सञ्चालनमा आएको ‘छाया सेन्टर’ स्थानीयवासीको विरोधपछि विवादमा तानिएको छ । करीब ३० व्यवसायीको रु पाँच अर्बभन्दा बढी लगानी रहेको सो भवनलाई स्थानीयवासीले आक्रमणको निशाना बनाएको सेन्टरका सञ्चालकको आरोप छ । ठमेलभित्रको ठूलो परियोजना सरकारी निकायले पूरा गर्नुपर्ने भन्दै सबै प्रक्रिया सकेर निर्माण गरिएको छाया सेन्टरलाई स्थानीयवासीले अनर्गल प्रचार गरी आक्रमणको निशाना बनाएको...

  • २०७५ फाल्गुण ८, बुधबार

    मगर महोत्सव शुरु

    लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गर्नुभएको छ । प्रदेशलाई समृद्ध बनाउन चालू आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमसमेत...

  • २०७५ फाल्गुण ७, मंगलबार

    एकतन्त्रीय राणा शासन विरूद्ध सुरू २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा नेपाल प्रजा परिषद् नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए। नेपाली कांग्रेसको नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा...

  • २०७५ फाल्गुण ७, मंगलबार

    ‘श्रीमतीले उजुरी गर्दा कारवाहीमा परेंँ, अब मदिरा खान्नँ’

    –होम साउद अछाम, मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उहाँकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गर्नुभयो । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले रु तीन हजार जरिवाना तिर्नुभयो । आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न छाडिदिएको हर्क बताउँछन् । कारवाही पर्नुअघि दिनभर मदिरामा लठ्ठिरहने उहाँ दुई...

  • २०७५ फाल्गुण ७, मंगलबार

    राष्ट्रिय समाचार समितिको ५८औँ वार्षिकोत्सव मनाइँदै

    मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति ९रासस० स्थापनाको ५८औँ वार्षिकोत्सव आज मनाइँदैछ । विसं २०१७ फागुन ७ गते ९१८ फेब्रुअरी १९६२० मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ भने उहाँको अध्यक्षतामा गठन भएको समितिमा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा...

Pages