STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ८, बुधबार

टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उहाँले राजीनामा दिनुभएको संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ । “मैले पछिल्लो सात महिना प्रशन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा आयोजित बिदाई कार्यक्रममा उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “विभिन्न क्षेत्रका हाम्रा जनताको चाहनानुसार काम गर्न निर्वाचित सांसदहरूलाई मिलाउने र सहमत गराउने प्रयास मैले गरेँ ।” सभामुखबाट राजीनामा दिनु भएका बिनालीले सत्तारुढ दल न्याय र विकास पार्टी ९एकेपी०को तर्फबाट इस्तानबुल नगरको मेयरका लागि उम्मेदवारी दिने तयारी गर्नुभएको छ । उहाँले राजीनामा दिएपछि सभामुखका लागि फेरी निर्वाचन गर्नुपर्ने भएको छ । सम्भवतः यही फेब्रुअरी २४ वा २५ तारिखका दिन सभामुखको निर्वाचन हुने अनुमान गरिएको छ । सिन्ह्वा
Categorized in अन्तर्राष्ट्रिय