-
२०७५ फाल्गुण २३, बिहिबार
अब नायिका आशिष्मा नकर्मी पनि विज्ञापनमा
नेपालभाषा तथा खस नेपाली चलचित्रका चर्चित नायिका आशिष्मा नकर्मी हिजोआज चलचित्रको अलावा विभिन्न उत्पादनका विज्ञापनहरुमा व्यस्त हुन थालेकी छिन्। नेपालभाषा चलचित्रका चर्चित नायिका बनिसकेकी नकर्मीले पछिल्लो पल्ट गोल्डेन डायमण्ड एण्ड ज्वेलरीको विज्ञापनमा मोडलिङ गरेकी छन् । सुन र डायमण्ड जनजीवनसंग सम्बन्धित महत्वलाई दर्शाउन र त्यसको आवश्यकतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने उदेश्य अनुरुप उक्त विज्ञापनमा...
-
२०७५ फाल्गुण २३, बिहिबार
चितुवाको आक्रमणबाट प्रहरी घाइते
चितुवाको आक्रमणबाट कैलालीमा एक प्रहरी घाइते भएका छन् । आज बिहान कैलालीको टीकापुर–१ ब्लक नं ९ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजीक चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल घाइते हुनुभएको हो । घाइते जवानको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । घाइते धिताल खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धिताललाई चितुवाले घाँटीको अघि र पछि, हात र ढाडमा गरी चार ठाउँमा...
-
२०७५ फाल्गुण २३, बिहिबार
बजेट अभावमा जनता आवास कार्यक्रम प्रभावित
–काशीराम शर्मा चैत वैशाखको गर्मीसँगै वर्षात्को समय नजिकिँदै जाँदा बाँके जानकी गाउँपालिका–३ इन्द्रपुरका फुला कुचवधियाको सुरक्षित घरमा बस्न पाउने रहर हराउँदै जान थालेको छ । वर्षौंदेखि हुरीबतास र वर्षात्जस्ता समस्या झेल्दै आएका लोपोन्मुख कुचवधिया समुदायमा यो साल पनि उसैगरी बित्ने हो कि भन्ने चिन्ता थपिएको छ । बाँकेको इन्द्रपुरमा रहेको कुचवधिया समुदायलाई जनता आवास कार्यक्रममार्फत सुरक्षित...
-
२०७५ फाल्गुण २३, बिहिबार
डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने
एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका लागि पनि पूर्णरुपमा डिजिटलमैत्री नेपाल बनाउनुपर्नेमा जोड दिनुभयो । विश्व...
-
२०७५ फाल्गुण २३, बिहिबार
डा. परियारलाई ‘महिला क्रियाशील पुरस्कार’
समाजसेवी डा. विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड ( महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा परियारले उक्त शहरमा अल्पसङ्ख्यक समुदायका लागि निरन्तर सक्रिय र सबल नेतृत्व प्रदान गर्दै उल्लेखनीय सामाजिक कार्य गरेको कदरस्वरूप बुधवार उक्त पुरस्कारद्वारा सम्मान गरिएको यूएस...
-
२०७५ फाल्गुण २३, बिहिबार
मख्खनगल्लीको आगलागीमा एक घाइते
काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ । मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । दिउँसो १२ः४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उहाँले जानकारी दिनुभयो । आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको...
-
२०७५ फाल्गुण २३, बिहिबार
दोहोरो अङ्कले बढ्यो शेयर बजार
लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको हो । नेप्से परिसूचक कूल १६ दशमलव शून्य एक बिन्दुले बढेर एक हजार १२७ दशमलव ७७ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४३ बिन्दुले बढेर २३९ दशमलव ७२ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७४ कम्पनीको ११ लाख ६८ हजार ३०४...
-
२०७५ फाल्गुण २३, बिहिबार
सीके राउतलाई थुनामुक्त गर्न आदेश
राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले साधारण तारेखमा रिहा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । जिल्ला अदालत रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो थियो उच्च अदालतले त्यसलाई सदर गरेको थियो । तर, निवेदकविरुद्ध किटानी जाहेरी नपरेको...
-
२०७५ फाल्गुण २३, बिहिबार
एक सय नवौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा सात महिला सम्मानित
चेम्बर अफ कमर्श पोखराले विभिन्न क्षेत्रका सात महिलालाई सम्मान गरेको छ । एक सय नवौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा पोखरा चेम्बरले पर्यटनबाट इन्दिरा बराल, शिक्षाबाट उमा लामिछाने, सहकारीबाट कमलादेवी गिरी, उद्यमशीलताबाट राजकुमारी पन्थी, सञ्चारबाट नरमाया रसाइली, कलाकारिताबाट मिलन शेरचन र यातायातबाट ट्याक्सी चालक विष्णु कुँवरलाई सम्मान गरेको थियो । सो अवसरमा गण्डकी प्रदेशका आर्थिक...
-
२०७५ फाल्गुण २२, बुधबार
छतबाट खसेर पुजारीको मृत्यु
बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी सहायक निरीक्षक कृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरसँगै रहेको गाउँपालिका कार्यालयको माथिल्लो तलामा पुजारी...
-
२०७५ फाल्गुण २२, बुधबार
युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउनुपर्ने माग
तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोर क्षेत्रमा युद्ध सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवन वा रोल्पामा युद्ध सङ्ग्रहालय बनाउने जनाएलगत्तै यहाँको स्थानीय तहले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिएको हो । तेस्रो डिभिजन रहेको ठाउँ हाल कालिका नगरपालिकामा पर्दछ । सो नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले...
-
२०७५ फाल्गुण २२, बुधबार
हतियारसहित चार पक्राउ
पाँच थान हतियारसहित चार जना पक्राउमा परेका छन् । रुपा गाउँपालिका–७ तालबेशी र तिलखोरियाबाट ५५ वर्षीय नारायणबहादुर गुरुङ, ४८ वर्षीय दिलबहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगरलाई पाँच थान हतियारसहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । उनीहरुको साथबाट भरुवा बन्दुक तीन, बोर राइफल लेन्ससहित एक र बोर राइफल (सर्ट गन) एक गरी पाँच थान हतियार बरामद...



